काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को मृत्युप्रति दु:ख व्यक्त गरेको छ । महामन्त्री डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा पार्टी निर्माणमा थापाको पनि योगदान रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा चालक थापाको उपचारका क्रममा निधन भएको र उनको देहावसानबाट पार्टी परिवार स्तब्ध भएको बताइएको छ ।
Author: Saru Shrestha
धनगढी – दार्चुलाको हिमाली क्षेत्रमा आएको हिमपहिरोमा परेका सात जनाको उद्धार गरिएको छ। हिमपहिरोमा परेका ५ जना भने अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले जानकारी दिए। उनका अनुसार यसअघि ४ जना बेपत्ता भनिएकोमा अहिले सुरक्षा निकायको टोली सोही स्थानमा पुगेर बुझ्दा ५ जना अझै बेपत्ता रहेको खुलेको छ। मंगलबार जिल्लाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो आएको थियो। त्यहाँ यार्सागुम्बा संकलन गर्न गएका मानिसहरु बेपत्ता भएका हुन्। मान्छे बेपत्ता भएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो। अहिले सो टोली त्यहाँ पुगेर उद्धारमा जुटेको छ। यार्सा संकलन गर्न नाम्पा…
काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने काम भइरहेको बताएकी हुन् । ‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेकी छन्, ‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ । तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गाली गलौज र लाञ्छना लगाउने अधिकार छैन ।’ प्रतिनिधिसभा सदस्य…
काठमाडौं – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । हत्या अभियोग लागेका सांसद कोइरी प्रतिनिधि सभा सदस्य कोइरी लगातार १० वटा भन्दा बढी संससद बैठकमा अनपसिथत भएपछि निलम्बित भएका छन् हुन् । आज (मंगलबार) सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । सभा सञ्चालन नभएको अवस्थामा सभामुख घिमिरेले सूचना टाँस गरेर सांसद कोइरीलाई निलम्बन गरेका हुन् । सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको…
दार्चुलामा मंगलबार हिमपहिरो गएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो। हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ। सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले बताए। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नजिकैको चौकीबाट असईको कमान्डमा टोली खटिएको छ। यद्यपि हिँडेर नै उक्त स्थानमा पुग्न अन्दाजी ३ घण्टा लाग्ने उनले…
कञ्चनपुर – नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित एमरेड परियोजना नदी कटानी रोकथाम तथा नियन्त्रणमा सक्रियताका साथ लागिपरेको छ। सोमबार एमरेड परियोजना र पुनर्वास नगरपालिकाको साझेदारीमा दोदा नदी कटानी रोकथाम तथा न्यूनिकरणका लागि ५०० मिटर जैविक तटबन्ध निर्माण कार्यको शुभारम्भ गरिएको छ। यसपूर्व एमरेड परियोजनाको सक्रियतामा शुक्लाफाँटा नगरपालिकामा सुनवरा नदीबाट हुने कटानी रोकथाम तथा न्यूनिकरणका लागि १७५ मिटर जैविक तटबन्ध निर्माण कार्य गरिएको थियो। आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर पुनर्वास नगरपालिका-९ स्थित सितावस्तीमा ५०० मिटर जैविक तटबन्ध निर्माण कार्यको शुभारम्भ गरिएको हो। पुनर्वास नगरपालिकाका नगर उप-प्रमुख भुलिया कुमारी राना र वडा नम्बर ९ का…
धनगढी – धनगढीमा १२ जना जुवाडे प्रहरीको फन्दामा परेका छन्। धनगढी उपमहानगरपालिका–२ बैयावेहडीका ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरीसहित १२ जना पक्राउ परेका हुन्। आइतबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र ५ थान ताससहित पक्राउ गरेको बताइएको छ।
धनगढी – बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ गढी टुडीखेलमा निर्माणाधीनसभाहलको काम अलपत्र पारेर ठेकेदार गायब भएका छन्। सभाहल निर्माणको ठेक्का लिएका ठेकेदार दावा शेर्पा काम अलपत्र पारेर सम्पर्कविहीन बनेका हुन्। सभाहल निर्माण सुरु भएको ६ वर्ष बित्यो तर काम भने सम्पन्न नभएको बताइएको छ। सभाहल सहरी विकास मन्त्रालयको बजेटमा सहरी विकास तथा भवन निर्माण विभाग डोटीले हेर्ने गरी २०७४ मा सुरु गरिएको थियो। खामपाते शेर्पा निर्माण सेवा कम्पनीसँग २ करोड २३ लाख १४ हजार लागतमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो। २०७४ साल पुस १८ गते सम्झौता भएर २०७६ असार १७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।…
काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थको मुल्य लिटरमा चार रुपैयाँभन्दा बढी घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै आइओसीले निगमलाई पठाउने मूल्य घटेर आएको हो । यसअघि आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य बढेर आएको थियो । उक्त समय पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजल लिटरमा डेढ रुपैयाँ बढेर आएको थियो । यसरी मूल्य बढेर आउँदा समेत निगमलाई गएको १५ दिनमा ६० करोड बढी धेरै नाफा रहेको निगमले जनाएको छ…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिहरू उल्टाउने कोसिस भइरहेको दाबी गरेका छन् । अब उपलब्धि रक्षाका लागि सबै क्रान्तिकारीहरू सशक्त आन्दोलित हुनुपर्ने उनले बताएका हुन् । माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै दाहालले आफूहरू नजाग्दा स्यालहरू गर्जिरहेको टिप्पणी गरे । ‘नेपाली जनताका धेरै संघर्षमार्फत प्राप्त उपलब्धिहरू उल्ट्याउने कोसिस भइरहेको छ । हिजो जनयुद्ध, जनआन्दोलनका क्रममा गरिएका बलिदानका असीमित कीर्तिमानप्रति धेरै ठूलो प्रहार हुन खोजेको छ । अहिले हेर्ने हो भने हरेक उपलब्धि उल्टाउन खोज्ने प्रवृत्तिलाई बढावा दिने काम भएको छ । राष्ट्रिय रूपमा अहिले हामी सबै यो प्रतिक्रान्ति र…