काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री दाहाल मध्यान्ह साढे १२ बजे शीतल निवास पुगेका हुन् । राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच दिउँसो १ बजेसम्म कुराकानी भएको बताइन्छ । राष्ट्रपति भारतको राजधानी नयाँ दिल्लीमा उपचार गरेर फर्केपछि पहिलो पटक प्रधानमन्त्री शीतल निवास पुगेका हुन् ।
Author: Saru Shrestha
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा दुई सचिव नियुक्त गरेका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरिएको हो । सभामुख र अध्यक्षको सिफारिस अनुसार राष्ट्रपति पौडेलले पाण्डेय र अर्याललाई नियुक्त गरेको र दुवैलाई नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयबाट संघीय संसद् सचिवालयलाई प्राप्त भएको संसद्का महासचिव भारतराज गौतमले जानकारी दिए । पाण्डेय र अर्याललाई यही वैशाख १७ गते नियुक्ति सिफारिस गरिएको थियो । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो । दुवैको कार्यकाल सकिएपछि…
काठमाडौँ – प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले इलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय उद्घाटन गरेका छन्। उनले बिहीबार आयोजित एक कार्यक्रमबीच प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको संयुक्त उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुर्याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कारसमेत प्रदान गरेका छन्। उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा सङ्गठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध र…
काठमाडैँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले गरेको प्रस्ताव बहुमतले पारित भएको हो। मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न गण्डकी प्रदेश सभा नियमावली २०७४ को नियम १४३ बमोजिम आफ्नो वक्तव्य सहित प्रस्ताव पेस गरेका थिए। पाण्डेलाई मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसका २७, माओवादीका सात र एकीकृत समाजवादी को एक गरी ३५ जनाको पक्षमा मत जाहेर गर्दा एमालेका २२ जनाले विपक्षमा र राप्रपाका दुई जनाले तटस्थमा मत जाहेर गरेका थिए। संविधानको धारा १६८ को (२) अनुसार पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले…
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशालाका लागि यही वर्षदेखि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणको थालनी गरिने उनले बताए। एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई पराजित गरी एसिया कपमा छनोट भएपछि नेपाली टोलीलाई सामाजिक सञ्जालबाट बधाई ज्ञापन गर्दै मुख्यमन्त्री पाण्डेले क्रिकेट खेलका आवश्यक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । कमजोर खेल पूर्वाधारका बीचमा नेपाली टोलीले उच्चस्तरीय प्रदर्शन गरेकामा उनले टिमका सबै खेलाडीलाई बधाई ज्ञापन गरे । मुख्यमन्त्री पाण्डेले भने, “नेपालको जीत सारा नेपालीको भावनासँग…
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ । जेलमा रहेका चौधरीसँग कुराकानी गर्न महासचिव विप्लव सदरखोर डिल्लीबजार पुगेका हुन् । भेटमा उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे केहीबेर छलफल भएको बताइएको छ । चौधरीले राज्यले आफूमाथि अन्याय गरेको र सत्ताधारी राजनीतिक दलका प्रवृत्तिका कारण मुलुक संकटमा फसेको उल्लेख गरेका थिए । जवाफमा विप्लवले चौधरीमाथिको राज्यको रवैया गैरन्यायिक भएकाले आफ्नो पार्टीले उनको रिहाईको निम्ति पहल गर्ने उल्लेख गरेको स्रोतको दाबी छ । उनीहरुबीच दुई पार्टीका साझा विषयमा सहकार्य गरेर अघि बढ्न सकिने विषयमा पनि छलफल भएको विप्लव सचिवालयले जनाएको…
काठमाडौं – सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । मङ्गलवार सिंहदरवारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष मिटरब्याज पीडितको समस्या समाधान गर्न त्यससँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज नै पठाउने निर्णय भएको बताईन् । मन्त्री शर्माले बैठकमा नेपाल ऐनलगायत केही ऐन संशोधन गर्ने विषयको बारेमा पनि छलफल भएको बताईन् ।
धनगढी – दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुस्थित बोलिनमा अहिले पनि हिमपात जारी छ। अस्तीदेखि सुरु भएको हिमपात आज पनि निरन्तर भैरहेको हो। हिमपातकै कारण बोलिनमा आज (मंगलबार) दिउँसो २ बजेर ४५ मिनेटमा हिमपहिरो पनि गएको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले हिमपहिरोमा परेर ५ जना बेपत्ता रहेको जानकारी दिए। उनले भने, ‘अहिले पनि हिमपात जारी छ, घटनास्थलमा प्रहरी पनि जान सकिने अवस्था छैन। करिब ५ फिट हिउँ जमेको छ। उद्धारमा खटिएको टोली पनि अँध्यारो भएर कठिनाइ भएपछि फर्किने अवस्थामा छ।’ यस्तै उनले बेपत्ताहरुमध्ये ३ जना महिला डोटीको बुडरका रहेको र एक पुरुष दार्चुलाकै दुँहु गाउँपालिका–पोक्सीका भएको खुलेको बताए।उनीहरुको पूर्ण…
कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा डुबेर एक जनाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका–१० का ७५ वर्षीय रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको हो । सोमबार रातिदेखि बेपत्ता नाथ मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनी बिहान मृत अवस्थामा नदीमा तैरिरहेको अवस्थामा फेला परेका हुन् । उनको पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ ।
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायब सुब्बा लेखनाथ भट्टराईसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । पर्साको साविक अलौ गाविस वडा नम्बर ५ को कित्ता नम्बर ९२ को सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएको अभियोगपत्रमा उल्लेख छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ज्याउल हक र एसानुल हक राकीले सार्वजनिक जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात बेगर राजीनामा लिखत…