काठमाडौँ – बाग्लुङको ताराखोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार दिने भएको छ । बाँझो जमिन खेतीपाती गर्न कृषकलाई प्रोत्साहन स्वरूप प्रति रोपनी २ हजार दिने भएको हो । ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती योग्य जमिन बाझिँदै गएको र उत्पादन घट्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि सो कार्यक्रम अघि ल्याएको हो । यसैगरी, पालिकाले मिनिटेलर, धान गहुँ, कोदो चुटुनो थे्रेसर मेसिन पनि किसानलाई वितरण गर्दैछ ।
Author: Saru Shrestha
काठमाडौँ – भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे १९ भदौमा ५ दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउने भएका छन् । नेपाल(भारत दुवै मुलुकका सेना प्रमुखलाई एक(अर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा छ । त्यसैका लागि उनी काठमाडौँ आउन लागेका हुन् । पाण्डेको नेपाल भ्रमण पाँच दिने हुने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए । यसअघि २० कात्तिक २०७७ मा पाण्डे अघिका भारतीय सेनाध्यतक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए । पाण्डे अब नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औँ भारतीय सैन्य अधिकारी बन्नेछन् । पाण्डेले नेपाल भ्रमणका बेला काठमाडौँका ऐतिहासिक सम्पादा र पशुपतिनाथको…
काठमाडौं – राष्ट्रिय भूमी आयोग जिल्ला समिति दार्चुलाले जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकामा सम्झौता गरिसकेको जनाएको छ । कार्यालयले आफ्नो कामलाई तीव्रता दिने उद्देश्यले मंगलबार कार्यालयमा गरेको पत्रकार भेटघाटका क्रममा राष्ट्रिय भूमी आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लाल सिह धामीले सबै स्थानीय तहसंग सम्झौता गर्ने काम सकिएको बताए । जिल्लाका ९ वटै पालिकाहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेपछि अब काम अघि बढ्ने उनले बताए । पालिकाहरुमा रहेका अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमीहिनहरुको तथ्यांक संकलनका लागि पालिकाहरुले आयोगसंग सम्झौता गरेको अध्यक्ष धामीले बताए । जिल्लाको महाकाली शैल्यशिखर नगरपालिका ,मालिकार्जुन लेकम नौगाड दुहुँ अपि हिमाल मार्मा व्यासँ गाउँपालिकासंग आयोगको सम्झौता…
काठमाडौं – नेकपा (एमाले) ले आफ्नो मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘हामी चुनौती सामाना गरेर एक्लै चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो । यस क्रममा जो–जोसँग एजेण्डा मिल्छ सोही पार्टीसँग चुनावी तालमेल गर्ने छौँ ।’ आजको बैठकबाट यही भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरिएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुने निर्णय…
काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले १ महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले आर्थिक वर्ष २०७९र८० को पहिलो साउन महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले साउन १ गतेदेखि ३१ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र जरिवाना तोकिएका ८८ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको जानकारी दिए । पक्राउ परेकासँग अदालतले ११ वर्ष ७ महिना २८ दिन कैद भुक्तान र ४१ लाख ९१ हजार ३२२ रुपैयाँ जरिवाना असूल गरेको छ ।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हाल नेपाल भ्रमणमा रहेका ‘ग्लोबल काउन्सिल फर टलरेन्स एण्ड पिस’ संस्थाका अध्यक्ष अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज राष्ट्रपति भवन, महाराजगञ्जमा शिष्टाचार भेट गरेको छ । उक्त अवसरमा प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठी, प्रतिनिधिमण्डका विभिन्न आठ देशका संस्थासँग आबद्ध सदस्य तथा सांसदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति थियो ।
काठमाडौँ- काठमाडौँमा हैजा संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ६४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै ३२ जना तथा काठमाडौँ जिल्लाका नौ पालिकामा गरी ५३ जनामा हैजा पुष्टि भएको छ । ललितपुरका दुई पालिकामा ६ र भक्तपुरका ३ पालिकामा ३ जनामा हैजा पुष्टि भएको छ । त्यस्तै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा एक एकजनामा हैजा पुष्टि भएको छ । हालसम्म परीक्षण गरिएकामा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध…
काठमाडौँ- कर्मचारी समायोजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि लोक सेवा आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोकसेवा आयोगलाई परीक्षा रोक्नु भन्ने माग भएको रिट निवेदन खारेज गरेसँगै आयोगका परीक्षाहरू सञ्चालन गर्ने बाटो खुलेको हो । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले संघीय निजामती सेवामा नै आउन पाउनुपर्ने माग गर्दै दायर गरेको ९८ रिटमा संवैधानिक इजलासले मङ्गलवार फैसला सुनाएको हो ।
जुम्ला – हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सर्वसाधारणलाई यातायात सुविधाको समेत व्यवस्था गर्न थालेको छ । सुरक्षा भत्ता बुझ्न जान र आउन सहज होस् भनेर उनीहरूलाई यातायतको सुबिधा दिन थालेको हो । यहाँबाट बैंकसम्म जान एक दिन लाग्ने भएकाले वडा कार्यालयले नै यातायात सुविधा दिएको वडाध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने, ‘प्रत्येक पटक सामाजिक सुरक्षाभत्ता बुझ्न जाने नागरिकका लागि यो सुबिधा दिइनेछ ।’ वडाध्यक्ष शाहीका अनुसार चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरिएको हो । बैंकले त्रैमासिक रुपमा भत्ता प्रदान गर्दै आएका छन् ।
काठमाडौं – सर्वोच्च अदालतले कर्मचारी समायोजन मुद्दामा फैसला सुनाएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला मंगलबार फैसला सुनाएको हो। ९८ थान रिटमध्ये सर्वोच्चले १३ थान रिटमा परमादेश जारी गर्दै अन्यलाई खारेज गरेको छ । सरकारले निजामती कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय सेवामा समायोजन गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो। सर्वोच्चले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भन्दै संवैधानिक इजलासमा पठाएको थियो। अब रिट खारेज भएका मुद्दाका निवेदक कर्मचारीहरु अहिले बहाल भएकै स्थानमा काम गर्नुपर्नेछ भने रिट जारी भएका मुद्दाका निवेदक कर्मचारीहरुको समायोजन बदर भएको छ ।