धनगढी – धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालीका-८ घर धनगढी-१ जोशी टाकिज नजिक कोठा गरी बस्ने २० वर्षीया एलिसा चौधरीको कोठाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका ३ बस्ने २६ वर्षीय बिक्रम चौधरी र वडा नम्बर ४ बस्ने ३८ वर्षीय किसन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । उनीहरूको साथबाट खैरो हेरोइन ५ ग्राम ३०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
Author: Saru Shrestha
ललित सामन्त, दार्चुला – आसन्न मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि दार्चुला जिल्लामा मात्र २हजार जति सुरक्षाकर्मी परिचालन गरिने भएको छ । चुनावका लागि जनपथ प्रहरी, म्यादी, सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्येक मतदान केन्द्रमा खटाउने तयारी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । चुनावका लागि राष्ट्रिय योजना अनुसार नै पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र मतदान स्थलवरपर गरेर तेस्रो घेरामा नेपाली सेना खटाइने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । चुनावमा सबैभन्दा धेरै म्यादी प्रहरी ८२९जना जनपथ प्रहरी ५ सय जना सशस्त्र प्रहरी २०८ जना तथा नेपाली सेना ३५० तथा…
अछाम – नेकपा माओवादी केन्द्रका बरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कार्तिक २६ अर्थात भोली अछाम आउने भएका छन । गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न बरिष्ट उपाध्यक्ष श्रेष्ठ अछाम आउन लागेको नेकपा माओवादी केन्द्रका सुुदुुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष अक्कल बहादुुर रावलले जानकारी दिए । रावलका अनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्तिक २६ अर्थात भोली जिल्लाको कमलबजारमा चुनावी सभाको आयोजना गरिएको छ । उक्त सभामा बरिष्ट उपाध्यक्ष श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम तयार भएको छ ।अछाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्त रुपमा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् । गठबन्धनको संयुक्त चुनावी सभामा जिल्ला…
अछाम – निर्वाचन आयोगले कैदीबन्दीहरुलाई पनि मतदान गर्ने व्यवस्था गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न जिल्ला कारागारका कैदी बन्दीले पहिलो पटक मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अछाम कारागारका ७ कैदी बन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने जिल्ला कारागार अछामका कार्यालय प्रमुख उष्म बहादुर थापाले जानकारी दिए। हाल जिल्ला कारागार अछाममा ८५ जना कैदी बन्दी रहेका छन् । जसमा पुरुष ८०,महिला ४ र आश्रित १ जना रहेका छन् । उनका अनुसार कैदी बन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्रै मताधिकार प्रयोग गर्ने छन् ।कार्यालयमा रहेका कतिपयको मतदाता नामावली घरमा छुटेको पाइएको छ भने…
धादिङ – गुण्डा नाइके राधा कृष्ण भण्डारी ‘राधे’ जेल चलान भएका छन् । खुकुरी प्रहार गरेको आरोपमा जिल्ला अदालत धादिङका न्यायाधीश स्विकृती पराजुलीको इजलासले राधेसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । धादिङ बेसीस्थित बीच बजारमा अशोक गुरुङलाई खुकुरी प्रहार गरेका थिए । गत कात्तिक १ गते निलकण्ठ नगरपालिका वडा नम्बर ४ घर भएका भिम गुरुङमाथि राधेले खुकुरी प्रहार गरेका हुन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका उपाध्यक्ष समेत रहेका राधे र उनको समूहले धादिङका विभिन्न स्थानमा आतंक नै मच्चाउँदै आएको छ ।
धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देश दौडाहमा रहेका ओली भोलि (कार्तिक २६) गते सुदूरपश्चिम आउन लागेका हुन्। ओली भोलि बिहान ७ बजे सुदूरपश्चिम आउने र ३ चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओलीले भोलि बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। अस्तिमात्रै अध्यक्ष ओली सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजित चुनावी सभालाइ सम्बोधन गरेर फर्किएका थिए।
धनगढी – डोटी भूकम्पको तेस्रो दिन शुक्रबार पनि लगातार परकम्प गइरहेका छन्। डोटी, बाजुरा, बझाङ केन्द्रबिन्दु भएर परकम्प गइरहेका हुन्। आज दिउँसो साढे ३ बजेसम्म सुदूरपश्चिमका विभिन्न जिल्ला केन्द्रबिन्दु भएर चार सय दुई परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। २२ कात्तिक राति दुईवटा ९राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७, राति नै ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ म्याग्निच्युड० र बुधबार बिहान दुई बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। बिहानको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको ज्यान गएको थियो। त्यसयता हरेक दिन परकम्प गइरहेको बताइएको छ। बिहीबार…
धनगढी – कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको टीकापुर नगरपालिका ६ सत्ती कर्णाली सामुदायिक वनमा उनी मृत फेला परेका हुन्। हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौं – नेपाली कांग्रेसले बारा ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार इच्छाबहादुर वाग्लेमाथि कारबाही गर्ने भएको छ । कांग्रेसको केन्द्रीय अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले वाग्लेको क्रियाशील सदस्यता पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । आगामी ४ मंसिरमा हुने निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारबाही गर्ने निर्णयअनुसार शुक्रबार कांग्रेसले वाग्लेको क्रियाशील सदस्यता पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको हो । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच (पाँच) वर्षका लागि क्रियाशील सदस्यता हटाइएको जनाएको छ ।
बेलबारी, मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले ’पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने’ भन्दै मतदातालाई प्रश्न गरेकी छन् । शुक्रवार थापाले घरदैलो कार्यक्रमको २५ औँ दिन बेलबारी २ पुगेर यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन्, ’पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सति जानुहुन्छ ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो । आफ्नो सन्तान बचाउन नसक्ने तपाइको महान् पार्टी कहिलेसम्म जोगाइदिने ? कस्कोलागी जोगाइदिने ? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ ?’ थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गरेकी…