Author: Saru Shrestha

धनगढी – नवनिर्वाचित सांसदहरूको स्वागतमा सुदूरपश्चिमको प्रदेशसभा भवन व्यवस्थापनको काम यतिबेला तीब्र रुपमा भईरहेको छ । भवनको बाहिर देखि लिएर भित्र सम्म नै अघिल्ला सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ माइक राखिएका छन् भने पुराना टेबल थन्काएर नयाँ टेबल फेरिएका छन् । प्रदेशसभा सदस्यको लागि मात्र होइन सभामुख र सचिव बस्ने स्थानलाई पनि चिटिक्क पारिँएको छ । प्रदेश सभा सचिवालयका कर्मचारीहरू यो काममा खटिएको भएपनि यसको खर्च भने प्रदेश सभा वा प्रदेश सरकारले गरिरहेको छैन । नीति निर्माण गर्ने स्थानको व्यवस्थापनमा अहिले दाता निकायले खर्च गरिरहेको छ ।  युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित संसद् सहयोग परियोजनामार्फत प्रदेश सभामा धमाधम व्यवस्थापनको काम…

Read More

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेट गतिको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले सातवटै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्ने जनाको छ । प्राधिकरणले सातै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्न भन्दै आशयपत्र आह्वान गरेको छ । इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेटको गुणस्तरमा गुनासो आइरहेको छ । प्राधिकरणले इन्टरनेटको गुणस्तर परीक्षण गर्ने लक्ष्यसहित यसको अध्ययनका लागि आशयपत्र आह्वान गरेको हो । आवेदकले पुस ६ गतेसम्म आशयपत्र दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

Read More

दार्चुला – कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कार २०७९ लिम्पियाधुरा राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाशक ,सम्पादक एवम अन्नपुर्ण पोष्ट दैनिक दार्चुलाका सम्बाददाता तथानेपाल पत्रकार महासंघ दार्चुलाशाखाका सचिब सुन्दर सिह धामीलाई प्रदान गरिएको छ । मिडिया विकास समाज नेपालले दार्चुला जिल्लामा क्रियाशिल पत्रकार मध्ये सृजनशिल पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक बर्ष कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कर वितरण गर्ने गरेको छ । मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैठकले यस बर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज नेपालका अध्यक्ष पदन बडालले जानकारी दिए । सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको…

Read More

तनहुँ – जिल्लाको म्याग्दे गाउँपालिका–६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । चालक नरबहादुर लामासहित १८ जना घाइतेहरुको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा काँग्रेसबाट जीवन परियार (कास्की), शान्ति परियार (चितवन), रुपा विक (कपिलवस्तु), सीता मिजार (नुवाकोट) र आशा विक (बाँके)सहित दलित समुदायबाट पाँच जना निर्वाचित भएका हुन् । नेकपा (एमाले) बाट ईश्वरबहादुर रिजाल (दोलखा), प्रभु हजरा दुसाध (पर्सा), चन्द्र विश्वकर्मा (रुकुमपश्चिम), रुक्मणि राना बराइली (काभ्रेपलाञ्चोक) र हर्कमाया विश्वकर्मा (झापा) समानुपातिकमा निर्वाचित भएका हुन् । एमालेले समानुपातिकतर्फ प्राप्त गरेको सिट ३४ मध्ये पाँचजना दलित समुदायबाट छन् । नेकपा (माओवादी केन्द्र)बाट भने रणेन्द्र बराइली (चितवन) र सुशीला श्रीपाइली (अर्घाखाँची) निर्वाचित भएका छन्…

Read More

काठमाडौँ – न्याय परिषद्ले मेलमिलाप परिषद्को अध्यक्षमा न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई अध्यक्षमा नियुक्त गरेको छ। सोमबार बसेको परिषद् बैठकको निर्णयानुसार खतिवडा नियुक्त भएका हुन्। यसैगरी, उक्त दिनको बैठकले राजविराज उच्च अदालतका दुई न्यायाधीशको पनि सरुवा गरेको छ। परिषद् प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश कुलप्रसाद शर्मालाई उच्च अदालत विराटनगर, इलाम इजलासमा सरुवा गरिएको छ। यसैगरी, उच्चका अर्का न्यायाधीश मदन पोखरेललाई परिषदमै काजमा तानिएको प्रवक्ता कार्कीले बताए।

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कर्णालीका दुर्गम जिल्लामा नियमित हवाई सेवा सुरु गर्नेबारे कर्णाली प्रदेशका पर्यटनमन्त्री सहित सरोकारवालाहरूसँग छलफल गरेका छन् । बुधवार मन्त्रालयमा भएको छलफलमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीर बहादुर शाही, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूसँग कर्णालीका दुर्गम जिल्लामा हवाई उडानलाई नियमित बनाउन गरिरहेको प्रयासबारे जानकारी दिए । मन्त्री श्रेष्ठले आन्तरिक वायुसेवा कम्पनीलाई दुर्गम क्षेत्रको उडानमा हुने घाटा पूर्तिका लागि ‘दुर्गम क्षेत्र हवाई सेवा कोष’ प्रभावकारी सञ्चालन गरिने बताए । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कोष सुरुवात…

Read More

बुटवल – लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको २७ महिनापछि बल्ल कार्यान्वयनमा आएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो । राप्ती उपत्यका दाङको देउखुरीबाट बुधवार विशेष समारोहका बीच प्रदेश राजधानीको शुभारम्भ गरिएको हो ।  समारोहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको झण्डोत्तोलनसमेत गरिएको थियो । राजधानी शुभारम्भसँगै प्रदेश सरकारका कामकारबाही पनि अव स्थायी राजधानी देउखुरीबाटै शुभारम्भ भएका छन् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्दै राजधानीको उदघाटन गरेका हुन् भने मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती उपत्यकाबाटै कामकाज सुरु भएको घोषणा गरेका हुन् । त्यस अवसरमा प्रदेश प्रमुख शेरचनले स्थायी राजधानी सरेसंगै देउखुरीको विकासले फड्को मार्ने…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले मंगलवार एकैपटक ८ हजार ४८८ जना जवानको सरुवा गरेको छ । सरुवा प्रयोजनका लागि केही समयअघि मात्र देशभरका जवानहरूलाई प्राथमिकता अनुसार ३ वटा युनिटको नाम लेखाएर फाराम नै भराइएको थियो । सोहीअनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको छ । सीमावर्ती ईलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानलाई सीमा ईलाकाबाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाका लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको थियो । मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ…

Read More

धनगढी – सुदूरपश्चिममा नेकपा एमाले प्रतिनिधि सभातर्फ ७ जिल्ला र प्रदेश सभातर्फ ६ जिल्लामा निल भएको छ । मंसिर–४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा एमालेले प्रदेशतर्फ तीन र प्रतिनिधि सभातर्फ दुई जिल्लामा मात्रै जित हाँशील गर्न सकेको हो । प्रदेशका ९ जिल्ला मध्य नेकपा एमालले प्रतिनिधि सभातर्फ कञ्चनपुर क्षेत्र नम्बर–१ र बैतडीमा मात्रै सफलता पाएको हो । कञ्चनपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तारालामा तामाङ र बैतडीबाट दामोदर भण्डारी विजयी भएका हुन् । प्रत्यक्षतर्फका १६ मध्य १५ स्थानमा उम्मेदवारी दिएको एमालले १३ स्थानमा पराजय व्यहोरेको हो, भने ७ जिल्लाबाट नै निल भएको हो । नेकपा एमाल…

Read More