काठमाडौँ – सुडानबाट उद्धार गरिएका १३ जना नेपाली काठमाडौँ आइपुगेका छन् । आन्तरिक द्वन्द्वले ग्रस्त मुलुक सुडानबाट साउदी अरेबिया र चीनको सहयोगमा उद्धार गरिएका १३ जना नेपाली काठमाडौँ आइपुगेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार इजिप्टको राजधानी कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा आएका ३१ जना नेपालीमध्ये १९ जना साउदी अरेबियाको जेद्दा पुगेका थिए । जेद्दा पुगेका १९ जनामध्ये ६ जनाले आफ्नै इच्छाले रोजगारदाता कम्पनीको युएईको दुबईमा रहेको शाखामा स्थानान्तरण भएर उतै बसेका छन् । बाँकी रहेका ९ जनालाई भारतको सहयोगमा पोर्ट सुडानबाट भारतको अहमदाबाद ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । चिनियाँ कम्पनीमा कार्यरत एक नेपालीको यसअघि नै उद्धार भइसकेको थियो । साथै,…
Author: Saru Shrestha
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरूका लागि चुनौतीपूर्ण रहेको बताएका छन् । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्रमा सङ्कुचन देखिएको बताए । अध्यक्ष ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसके उद्योगी व्यवसायीहरूको लागि चुनौतीपूर्ण रहेको बताए । पछिल्लो समय उद्योगी व्यवसायीहरूको आत्मबल बढ्न नसकेको भन्दै उनले सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरू ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउन आवश्यक रहेको बताए । सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरूको…
काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्ने बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले यस्तो बताएका हुन् । उनले गैरकानुनी रूपमा आर्थिक अनियमितता गर्ने जोकोहीलाई पनि सरकारले नछाड्ने बताए । सरकारले भ्रष्टाचार, अनियमितता र गैरकानुनी काम गर्नेलाई नछाड्ने बताएका हुन् । कसैप्रति राजनीतिक प्रतिशोध नराखिएको भन्दै उनले कानुनको नजरमा दोषी देखिए कारबाही हुने बताए । ‘कसैप्रति राजनीति प्रतिसोध वा अन्य कुनै नियत राखिएको छैन । कानुनको नजरमा दोषी देखिए कारबाही हुन्छ । भ्रष्टाचार र अनियमितताको यो सुरुवात मात्रै हो अझ ठुला भ्रष्टाचार अनियमितताको पोल…
काठमाडौँ – सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूले तत्कालका लागि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले वार्ता समिति गठन भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिए पनि वार्तामार्फत आफूहरूको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए । वार्ता समितिले आजै आन्दोलनरत निजामती कर्मचारीसँग वार्ता गर्ने तय गरेको छ । सङ्घीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीले आज सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका थिए ।
काठमाडौँ – नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउन सकारात्मक भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी पदाधिकारीहरूको अनौपचारिक बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भएको हो । बैठकमा सहभागी माओवादी केन्द्रका सचिव गणेश शाहले रास्वपा र जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भएको बताए । सचिव शाहका अनुसार एक पक्ष रास्वपालाई सरकारमा ल्याउनु पर्छ भन्ने छ भने अर्को पक्ष सरकारमा ल्याउनु हुन्न भन्ने पक्षमा छ । ‘रवि जीलाई सरकारमा ल्याउन छलफल भएको छ । एउटा पक्ष सरकारमा ल्याउनु हुन्न भन्ने र अर्को पक्ष ल्याउनु पर्छ भन्ने छ,’ बैठकपछि शाहले भने, ‘उहाँहरु सरकारमा आउन खोज्नु भएको छ…
काठमाडाैं – भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा दूतावासका प्रथम सचिव करुण वंशल र फाउन्डेसनका निर्देशक सुशीला ठाकुरले हस्ताक्षर गरेका थिए । भारत सरकारले उक्त फाउन्डेसनलाई उपलब्ध गराएको करिब रु पाँच करोड अनुदानबाट महोत्तरी जिल्लाका पाँच नगरपालिकाका झन्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवार लाभान्वित हुने कुरा सो सम्झौतामा उल्लेख छ । दाउरा, कोइला, गुँइठाजस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका…
काठमाडौँ – मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एक सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण सुरु हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको…
काठमाडौँ – सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ । “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी–परीक्षण भन्सार विन्दुमा नै गरेर मात्र पैठारी गर्नेसम्बन्धी मिति २०७६/३/२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरूमा प्रयोगशाला स्थापना गर्नू”, आदेशमा भनिएको छ, “त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुनसक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनू ।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट…
काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको हो । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका विषयमा पार्टी नेताहरूको सुझाव लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक छलफल गरेको नेता डोरप्रसाद उपाध्यायले बताए । ‘प्रधानमन्त्री ज्यूले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा पार्टीबाट सुझाव लिन अनौपचारिक पदाधिकारी बैठक बोलाउनु भएको हो । पार्टीका नेताहरूले प्रधानमन्त्री ज्यूलाई सुझाव दिनु हुने छ’ उपाध्यायले भने, ‘रास्वपालाई सरकार ल्याउने कि नल्यायाउने, ल्याएपनि कसरी ल्याएर सरकारमा व्यवस्थापन गर्ने विषयमा छलफल हुने छ ।’ पछिल्लो नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी एको विषयमा समेत छलफल…
धनगढी – नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवासँग हिजो भेट गरे। हिजो धनगढीमा उनीहरुले भेटवार्ता गरेका हुन्। प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासबारे छलफल भएको मन्त्रालयले जनाएको छ। राजदूत थम्पसनले अन्तरप्रदेशको सम्बन्ध, सुदूरपश्चिम विकासमा पछाडि पर्नुको कारणबारे चासो राखेको बताइएको छ।