काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट १९ केजी भन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाइ दुबईबाट आएका सुडानी नागरिक १९ किलो बढी सुनसहित पक्राउ परेका हुन् । त्रिभुवन विमानस्थाल सुरक्षा प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले १९ केजी सुनसहित पक्राउ परेको बताए ।
Author: Saru Shrestha
काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई बुँदे पत्र पठाउँदै नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारी दिँदाको विषयलाई स्पष्ट पार्न आग्रह गरेको छ । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले देउवालाई पत्र दिँदै नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया सन्चालन गर्ने क्रममा केही विषयहरू अस्पष्ट भई समस्या उत्पन्न भएकोले र भावी दिनमा समेत थप जटिलता उत्पन्न हुने हुँदा स्पष्ट पारिदिन आग्रह गरेका हुन् । पत्रको पूर्णपाठ: श्री सभापति ज्युनेपाली कांग्रेस केन्द्रीय कार्यसमिति,सानेपा ललितपुर । विषय : स्पष्ट गरिदिनु हुन सम्बन्धमा । उपरोक्त सम्बन्धमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ आफ्नो १२ श्री महाधिवेशनको प्रक्रियामा रहेको व्यहोरा…
काठमाडौँ – प्रतिनिधिसभा सदस्यको शपथ लिएसँगै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले पाँच मन्त्रालयलाई पत्र काट्दै पाँच बुँदे माग राखेका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित डा. राउतले सप्तरीको शिक्षा, स्वास्थ्य, उद्योगसहितका क्षेत्रको विषयमा ध्यानाकर्षण गराएका हुन्। डा.राउतले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक र साल्ट ट्रेङिड कर्पोरेसन लिमिटेडका प्रबन्ध सञ्चालकलाई पत्र पठाएका छन्।
काठमाडौ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन यादवलाई आग्रह गरेका थिए । उनले समाजवादी शक्ति निर्माण गर्दै सरकारमा सहभागी हुन यादवलाई प्रस्तावसमेत गरेका थिए ।
मुगु – हिमाली जिल्ला मुगुमा आजभोली स्याउ कृषकलाई विरुवा काँटछाँट गर्न चटारो छ कार्य सुरु भएको छ । हिउँदको समयमा स्याउका विरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदको समयमा स्याउका बोट काँटछाँट गर्ने गरेका छन् । हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनु अगावै स्याउका बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्यक देखिएका हाँगा काट्नु पर्ने भएकाले स्याउ किसान बिरुवाको काँटछाँटमा लागेका हुन् । स्याउका विरुवा काँटछाँट नगरेमा बोट पनि अस्वभाविक हुने, बढि फलेर साना दाना लाग्ने, लाई किरा, धमिरा जस्ता किरा लाग्ने तथा अन्य रोगको प्रकोपसमेत फैलन सक्ने भएकाले कृषकले स्याउका बगैचामा रहेको…
काठमाडौँ – नेकपा एमालेले सत्ता गठबन्धन छाडेर आएको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने सङ्केत गरेको छ । प्रतिनिधिसभा सदस्यहरूको शपथकै दिन बिहीबार एमालेको सचिवालय बैठक बसेको थियो, जसमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । एक पदाधिकारीका अनुसार ओलीले सत्ता गठबन्धन कायम रहँदासम्म एमालेले कुनै विकल्पमा पहल लिन सक्ने अवस्था नभएको बताए । तर सबै पक्षसँग संवाद भइरहेको भन्दै उनले यसलाई थप गति दिनुपर्नेमा जोड दिएका छन् । ओलीले एमालेको तीन वटा चासो रहेको बताए । ओलीले पहिलो राजनीतिक स्थायित्व, दोस्रो ओरालो लागेको अर्थतन्त्रलाई लयमा फर्काउने र तेस्रो राष्ट्रिय एकतालाई बलियो बनाउनेबारे चासो दिएको ती नेताको…
दार्चुला – अपि नाम्पा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ बार्षिक साधारण सभाबाट ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सम्मानित भएका छन । विहिबार संस्थाको १३ औँ बार्षिक साधारण सभाबाट ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई संस्थाले सम्मान गरेको हो । ब्याडमिन्टन खेलतर्फ नेपालको राष्ट्रिय च्याम्पियन विश्व ब्याडमिन्टन महासंघको पुरुष एकल खेलाडी तर्फ नेपालको प्रतिनिधित्व गदै राष्ट्रिय च्याम्पियन बनेको भन्दै संस्थाले सम्मान गरेको संस्थाका अध्यक्ष शुक्लावती बुढाथोकीले जानकारी दिनु भएको छ । संस्थाको १३ औँ बार्षिक साधारण सभाबाट राष्ट्रिय च्याम्पियन बनेका प्रिन्स दाहाललाई नगद रु ५ हजार ५५५ रुपैँया सहित सम्मान गरिएको संस्थाका अध्यक्ष बुढाथोकीले जानकारी दिए। राष्ट्रको गौरवका रुपमा हेरिएका प्रिन्सलाई…
काठमाडौँ – सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक(पटक झडप भएपछि दुवै देशका सेनाको उच्च नेतृत्वबीच वार्ता भएको बीबीसी हिन्दीले जनाएको छ । वार्तापछि संयुक्त वक्तव्य जारी गरेर दुवै देशले वार्ताबाट सबै समस्याको हल खोज्ने सहमति भएको उल्लेख गरेका छन् । सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्नका लागि सैन्य र राजनीतिक तहमा वार्ता जारी राख्न दुवै देश सहमत भएको वक्तव्यमा उल्लेख छ । भारत(चीन सीमा क्षेत्र रहेको अरुणाञ्चल राज्यमा यही डिसेम्बरको ९ तारिखमा भएको झडपमा दुवै देशका केही सैनिक घाइते भएका छन् ।…
काठमार्डौँ – खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन्। प्रदेश १ सरकारका मन्त्री राईले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई राजीनामा पत्र बुझाएका हुन्। २०७९ माघ २३ गते दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दा उनी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त भएका थिए। मन्त्री राई गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
कपिलवस्तु – कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशंका गरिएको छ । नदीको रामघाट पुलबाट हाम फालेर डुबेको आशंकामा प्रहरीले खोजतलास सुरु गरेको छ । कपिलवस्तु नगरपालिका १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माले हाम फालेको आशंकामा खोजतलास थालिएको हो । बर्मा बुधबार बिहान ९ बजेदेखि बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फोन लोकेसन ट्रयाक गर्दा रामघाट पुल देखिएपछि अनुसन्धान जारी गरेको थियो । प्रहरीले बर्माले प्रयोग गर्दैआएको एउटा फोन पुल माथि फेला पारेको छ । फोन भेटिएपछि नदीमा हामफालेको आशंका गरिएको हो ।