Author: Saru Shrestha

चितवन – चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जना भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। वीरगन्जबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारमा ठूलो परिमाणमा लागुऔषध भेटिएपछि चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको एसपी नवराज अधिकारीले जानकारी दिए। एसपी अधिकारीकाअनुसार भारतीय नम्बर प्लेटको कारमा लागुऔषध ओसारपोसार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले निगरानी बढाएको थियो। शुक्रबार विहान भरतपुर–१० स्थित बसपार्क चोकमा डिएल ७ सिएम १५७६ नम्बरको भारतीय कारमा खानतलासी गर्दा एक हजार एम्पुल डाइजापाम, एक हजार एम्पुल व्युप्रोनर्फिन, एक हजार एम्पुल फेनारगन र ५२ ग्राम १४० मिलिग्राम खैरो हेरोइन भेटिएको अधिकारीले…

Read More

काठमाडौँ – चितवनबाटै सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा लिन बाटो खुलेको छ । बुधबार सर्वोच्च अदालतले यसअघि प्रक्रिया अगाडि नबढाउन दिएको आफ्नै अन्तरिम आदेश खारेज गरेसँगै लाइसेन्स वितरणको बाटो खुलेको हो । यातायात व्यवस्था कार्यालय, चितवन र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमतीले लाइसेन्स परीक्षाका लागि आवश्यक प्रयोगात्मक परीक्षास्थल छनोटको मापदण्डमा कुनै व्यक्ति वा संस्थालाई फाइदा पुग्ने गरी मापदण्ड बनाएको भन्दै त्यसविरुद्ध चितवन ड्राइभिङ सेन्टर सर्वोच्च अदालत गएको थियो । कानुन विपरीतको मापदण्ड तयार पारी महालक्ष्मी ट्रायल सेन्टरलाई प्रत्यक्ष फाइदा पुग्ने गरी मापदण्ड तयार पारिएको र प्रतिस्पर्धा सीमित गरिएको भन्दै चितवन ड्राइभिङ सेन्टरको तर्फबाट राजन क्षेत्रीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को निर्णय तत्काल…

Read More

सशस्त्र प्रहरी बलमा गणपतिको कमजोरी ढाकछोप गर्न हवल्दारलाई जन्मकैद गराउने चलखेल विशेष अदालतबाट खारेज भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका तत्कालिन गणपति तथा एसपी त्रिभुवन बिष्टले रासनमा गर्दै आएको घोटालाको सूचना मिडियासम्म पुगेपछि राज्यविरुद्धको अपराध गरेको भन्दै वरिष्ठ हवल्दार नरेशसिंह शाहुमाथि झठो मुद्दा लगाइएको थियो। हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको भन्दै जन्मकैदको मागदाबीसहित मुद्दा खेपिरहेका शाहुले बुधबार मात्रै सशस्त्र प्रहरीको विशेष अदालतबाट सफाइ पाइसकेका छन्।शाहुले रासनमा गरेको अनियमिताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको थियो। सशस्त्र प्रहरीले गठन गरेको विशेष इजलाशले साहुमाथि हातहतियारको सूचना…

Read More

काठमाडौँ – पशुपतिनाथमा भक्तजनहरूले चढाएका सामग्रीहरूको विक्री सुरु गरिएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरूले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरूलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो। कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरु गर्न थालेको जनाएको छ। मन्दिरमा सङ्कलन भएका विभिन्न ३१ प्रकारका सामग्रीहरूलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखाले जनाएको छ । भक्तजनले श्रद्धाले चढाएका सामग्रीहरूलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीहरूलाई आम्दानीको रूपमा दाखिला गरिने र सोही सामग्रीहरू बिक्री कक्षमार्फत बिक्री गरिने महाशाखाको भनाई छ । उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको…

Read More

काठमाडौँ – धोबीखोला र बागमतीको दोभान थापाथलीस्थित रुद्रेश्वर मन्दिरमा वरपर निर्माण भएका संरचनामा शुक्रबार काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सम्झौता गरेर त्यस क्षेत्रमा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरुले पार्क बनाएका थिए । तर कतिपयले सम्झौता विपरीत संरचना बनाएपछि समितिले काठमाडौँ महानगरपालिकाको सहयोग लिएर ती संरचनामा डोजर चलाएको हो । समितिका सुपरभाइजर सागर कटुवालका अनुसार पूर्व सूचना गरेर महानगर प्रहरीको सहयोगमा रुद्रेश्वर मन्दिरले बनाएको भजन हल, क्रियापुत्री भवन लगायतको संरचना हटाएको हो । समितिले बागमती किनार नजिकै निर्माण भएको सत्य साई बाबा ध्यान केन्द्र पनि हटाएको छ । बागमती कोरिडोरमै थापाथलीदेखि युएन पार्कको…

Read More

काठमाडौँ – बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र काँग्रेस बैठकको खर्च काँग्रेसको कोषबाटै तिरिने भएको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको काँग्रेस कार्यसम्पादन बैठकमा महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले सहमति जनाएका हुन्।

Read More

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई कारबाही गरेको छ । पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएको भन्दै पार्टीले दुई जनालाई कारबाही गरेको हो । पार्टीले विद्रोह गरेर मंसिर ४ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनालाई कारबाही गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार एक प्रेस विज्ञप्ती जारी कैलाली–१ प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार सन्तोष कठरिया र प्रदेश (ख) का उम्मेदवार गणेश चौधरीलाई कारबाही गरिएको बताएकी छन् । कठरिया नागरिक उन्मुक्ति पार्टीका कर्णाली प्रदेस सह–संयोजक हुन् भने चौधरी स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट वडा नं. १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण चौधरीका छोरा हुन् । ‘नागरिक उन्मुक्ति…

Read More

काठमाडौं – बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ । किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।

Read More

धनगढी – सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका ७ जना उम्मेदवारलाई कारबाही गरिएको छ। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका ७ जना कारबाहीमा परेका हुन्। कैलाली निर्वाचन क्षेत्र नम्बर २ (२) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका राजेन्द्र साउदविरुद्ध उम्मेदवारी दर्ता गराएका भरत शाहीलाई कारबाही गरिएको छ। निर्वाचन क्षेत्र नं.३ बाट गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीविरुद्ध उम्मेदवारी दिएका नवीन बोहरालाई पनि कारवाही गरिएको नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए। निर्वाचन क्षेत्र नं. ३ (२) बाट गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अमर साउदका विरुद्ध उम्मेदवारी दिएका नेपाली काँग्रेसका गोविन्दराज…

Read More

धनगढी – नेकपा एमालेका सचिव तथा सुदूरश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीमबहादुर रावलले पार्टीको धज्जी उडाएको आरोप लगाएका छन्। गत बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी एमाले नेता भीम रावलले आसन्न निर्वाचनमा टिकट नपाएको विषयलाई लिएर दिएको अभिव्यक्ती पश्चात शुक्रबार कैलाली क्षेत्र नम्बर ४ स्थित एक चुनावी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘हाम्रो भीम रावल कमरेडले पत्रकार सम्मेलन गरेर पुरै पार्टीको धज्जी उडाउनुभयो। नेतृत्वको धज्जी उडाउनुभयो। र, म कुनै नेतालाई जिताउन चुनाव प्रचारमा जान्छु। मन नपरेकालाई हराउने हो भन्ने आशय व्यक्त गर्नुभयो। पार्टी भित्रै यो खालका प्रवृत्तिहरु हुँदाखेरी नेतृत्वले काम गर्न सकेन।’ पार्टीभित्र अन्तरघात नभए नेतृत्वले सक्रिय…

Read More