दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा दुई जना घाइते भएका छन्। नौगाड गाउँपालिका– ६ स्थित खेडमा प्रचारप्रसारमा खटिएका सत्तागठबन्धन दलका कार्यकर्ता र नौगाडको जामिरमा आमसभामा गरिरहेका एमाले कायर्कर्ताबीच झडप भएको हो। झडपमा परी नौगाड गाउँपालिका– ६ का गठबन्धनका ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका– ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। ‘दिउँसो चुनावी प्रचारप्रसारको क्रममा गठबन्धन र एमालेका कार्यकर्ताबीच सामान्य झडप भएको हो,’ उनले भने, ‘ठगुन्नालाई सामान्य चोटपटक लागेको छ भने धामीलाई धनगढी रिफर गरिएको सूचना आएको छ।’एमालेको चुनावी सभालाई अवरोध गर्ने…
Author: Saru Shrestha
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन भएको बताएका छन् । जिल्लाको व्यास नगरपालिका–९ मा आज आयोजित कार्यकर्ता भेटघाटमा उनले पाँच दलीय गठबन्धन अपरिहार्य रहेको, देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको विकासमा हिजो सत्तामा रहँदा र नरहँदा देश र जिल्लाको विकासमा लाग्दै आएको र आउँदा दिनमा पनि काम गर्ने स्पष्ट पारे । कहीँ कतै बिचलित नभई गठबन्धन शक्तिलाई जिताउनुपर्नेमा उनले जोड दिए । उनले भने, “अधूरा काम पूरा गर्नेछु, जनता सामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्ने बाचा गर्छु…
धनगढी – आसन्न निर्वाचनका लागि गरिएको चुनावीसभाका क्रममा मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्साको स्वामित्व ग्रहण गर्न तछाडमछाड नै गरेका छन्। सर्वसम्मत रूपमा प्रतिनिधिसभाबाट नयाँ नक्सा अनुमोदन भएता पनि तीनै दलका शीर्ष नेताहरूले त्यसको श्रेय लिन अग्रसर भएका हुन्। उक्त नक्सालाई तीनै दलका शीर्ष नेताहरूले चुनावी एजेन्डा बनाएका छन्। जुन विषयले विभिन्न दलका शीर्ष नेताको ध्यान तानेको छ। -आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आएका सत्तागठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्साको प्रसंग जोडतोडले उठाए। सत्तागठबन्धनको चुनावीसभामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले…
बैतडी – २१ भदौ ०६५ मा नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो । शुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका ६० हजार हलिया मुक्त भएको भनिए पनि उनीहरूकाे माग अझै सम्बोधन हुन सकेकाे छैन । त्यसबेला करिब १४ हजार हलियालाई पुनर्स्थापना गरिए पनि ४५ हजारभन्दा बढी अझै अलपत्र छन् । उतिबेला सरकारले मुक्त हलिया पुर्नस्थापनाका लागि सहमति गरेको थियो । घरजग्गा नभएकालाई घरजग्गा उपलब्ध गराउने, जग्गा मात्रै भएकाको घर बनाइदिने तथा घर जिर्ण भएकाको मर्मत गरिदिने सम्झौता भएका थिए । हालसम्म मुक्त हलियामध्ये १४ हजार दुई सयको पुर्नस्थापना भए पनि अन्यको विषयमा सरकार मौन देखिन्छ । निर्वाचनकाे बेला उनीहरूकाे मागमाथि नेताहरूले चर्चा गर्ने गरे…
भैरहवा – राप्रपा, नेकपा एमाले र जसपा पार्टीका साझा उम्मेदवार दीपक बोहराले भाषा, साहित्य, कला,सङ्गीत र लोकसंस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । राप्रपाका वरिष्ठ नेता बोहराले रुपन्देही जिल्ला त्यसमा पनि क्षेत्र नम्बर ३ मा जन्म थलो तथा कर्म थलो रहेका धेरै साहित्यकार, कलाकार, संगितकारहरुको भाषा साहित्यको संरक्षणमा ठूलो योगदान रहेको बताए । उनले भने, ‘नेपालको कला संस्कृति र भाषा साहित्यको संरक्षण र प्रबद्र्धनमा यस क्षेत्रका धेरै विद्यानहरू जस्तो कि बूँद राना, कपिलदेव लामिछाने, बालकृष्ण सर, वनमाली निराकार, उमेशचन्द्र रिजाल, मोदनाथ शास्त्री, रुद्र ज्ञवाली, डिबी पुन, उन्नती बोहरा, हेमन्त शर्मा लगायत सयौँ बिद्धानको योगदानलाई कसैले भुल्न सक्दैन ।’ राप्रपा, एमाले र…
डडेल्धुरा – डडेलधुरामा चितुवा मृत भेटिएको छ । जिल्लाको अजयमेरु गाउँपालिका–६ मा चितुवा मृत भेटिएको डडेल्धुरा प्रहरीले बताएको छ । डडल्धुरा प्रहरीका अनुसार देवल माध्यामिक विद्यालय जजिक बाटोमा चितुवा मरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरी टोली घटनास्थलमा खटाइएको र वन कार्यालयको टोली पनि त्यसतर्फ गएको बताए ।
काठमाडौं – मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो । बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधनका लागि अनुमित लिनु नपर्ने आयोगले जनाएको छ । यस्तै सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको…
विराटनगर – आसन्न निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आज सम्पन्न भएको छ । भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीको आइसिपीमा सम्पन्न बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने, राष्ट्रिय अनुन्धानका उपनिर्देशक वासुदेव सिग्देल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईं तथा भारतका तर्फबाट अररियाका डिएम इनायक खानसहित एसपी र सीमाका एसएसपी प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकमा मंसिर ४ गते नेपालमा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा…
बारा – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धरसिंह जैसवारलाई रु २५ हजार जरिवाना गरेको छ । वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो । आयोगले उक्त नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्च बाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखेर पठाएको छ । आयोगले काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार पुकार बमलाई रु पाँच हजार जरिवाना गरेको छ । उनले निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको आयोगले जनाएको छ । राजनीतिक गतिविधि तथा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले…
रूपन्देही – आचारसंहिता उल्लघन गर्दै मर्चवारमा सत्ता गठबन्धनको आमसभा सम्पन्न भएको छ । रुपन्देहीको कोटहीमाई मझगावामा भएको आमसभामा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट दर्जन बढी बस आएका छन् । बसमा पार्टीका झण्डा गाडिएको छ । पोल-पोलमा पार्टीका झण्डा गाड्नुका साथै आमसभामा बालबालिकाको प्रयोग भएको छ ।