Author: Saru Shrestha

भक्तपुर – मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो । बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भए । दिउँसो २ बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिस हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतैतिर केन्द्रित भयो । बीचमा थिए, जिब्रो छेड्न तयार भएका २७ वर्षीय सुजन श्रेष्ठ । उहाँ सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै आइपुगे । सुजनको आगमनसँगै बोडेका…

Read More

दाङ – दाङमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन यात्रु घाइते भएका छन्। शनिबार दिउँसो पौने १ बजे घोराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनी बस घुम्तीमा ठोक्किएको थियो। बस मसोटको तेस्रो घुम्तीमा ब्रेक फेल भई पल्टिन लागेको बसबाट हाम फाल्दा बंगलाचुली गाउँपालिका–६ लापे निवासी ३० वर्षीया यमी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन् । उपचुनावअघि साउद परराष्ट्र मन्त्री बन्ने भएको स्रोतले बतायो । उनले भोलि दिउँसो ३ बजे शपथ लिने तय भएको छ ।

Read More

काठमाडौँ – नेकपा (एमाले)का नेता महेश बस्नेतले रास्वपाका सभापति रवि लामिछानेले चुनाव हार्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेका चितवनका जनताले चुनावमा हराउने बताएका हुन् । उनले भने, चितवन २ का जनता नक्कली राष्ट्रवाद, अवसरवादी चरित्र, पब्लिक कन्जम्शनका लागि गरिने कुराबाट चितवन २ मुक्त हुन्छ। त्यहाँ नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुन्छ। युवाहरूबीच पपुलर व्यक्ति रामप्रसाद न्यौपानेलाई हामीले उठाएका छौँ। युवाहरूलाई राजनीतिमा ल्याउनु पर्छ भन्ने मान्यता छ। चितवनका जनताले रविलाई जिताउँदैनन्।’ रविले मयूरको प्वाँख लगाएर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको उनको भनाइ थियो । उक्त निर्वाचनमा आफ्ना…

Read More

काठमाडौं – सरकारले विभूषण तयार गर्न तीन वर्षमा ३४ करोड ५८ लाख खर्चिएको छ । मानपदवी, अलंकार र पदक तयार गर्न तीन वर्षमा सो रकम खर्च भएको महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई विभूषित गर्न तीन वर्षको अवधिमा चार प्रकारका १२ श्रेणीका मानपदवी, ९ प्रकारका अलंकार र १३ प्रकारका पदक तयार पारिएको हो । मन्त्रिपरिषदबाट २०७६/७७ मा ६३३ जना , २०७७/०८८ मा ५९३ जना र २०७९ मा ८८७ जनालाई विभूषित गर्ने निर्यण गरेको थियो । यसैगरी २०७९/८०मा ९८२ जनालाई विभूषित गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो । घोषणा गरेका विभूषण तयार गर्न…

Read More

काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने घोषणा गरेका छन् । योग र ध्यानले सही ढंगले काम अघि बढाउन मद्दत गर्ने भन्दै उनले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा त्यसलाई संचालनमा ल्याउने र नियमित गर्नका लागि पहल गर्ने बताएका हुन् । श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रबार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले ध्यान र योगले फाईदा गर्ने भएकाले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललगातका नेताहरुलाई पनि केही समय यसलाई दिन भन्ने गरेको बताए । आफूमा योग र ध्यानको आशक्ति रहेको र दुई…

Read More

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षण गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमणबाट मुक्त हुँदा ४०१ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार ३२ जना संस्थागत आइशोलेशनमा, ११ जना आइसियु र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

Read More

नयाँदिल्ली – भ्रष्टाचारविरुद्ध कारबाही गर्ने संस्था ईडीले बेलायती मीडिया कम्पनी ‘बीबीसी’विरुद्ध करछलीको मुद्दा दर्ता गरेको छ। आयकर विभागले फेब्रुअरीमा दिल्लीमा बीबीसीको कार्यालय परिसरको छापा मारेको थियो। बीबीसीका एक अधिकारी ईडीमा उपस्थित भएका छन्।अधिकारीहरूले संघीय जाँच एजेन्सी ईडीले कागजातहरू र कम्पनीका केही अधिकारीको बयानको रेकर्डिङ माग गरेको जानकारी दिए। कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उल्लङ्घन गरेको आरोपमा छानबिन भइरहेको छ। यो वर्षको फेब्रुअरी १४ मा आयकर विभागले करछलीको अनुसन्धानका क्रममा दिल्ली र मुम्बईका साथै अन्य दुई सम्बन्धित ठाउँमा बीबीसी कार्यालयमा अपरेशन चलाएको थियो। आयकर विभागको प्रशासनिक निकाय सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी) ले त्यतिवेला बीबीसीका भारतमा सञ्चालित विभिन्न संस्थाले देखाएको…

Read More

काठमाडौँ – नयाँ वर्ष २०८० सालको पहिलो दिन नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आफ्ना पार्टीका मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने निर्णय गरेको छ । कार्यतालिका बनाएर प्रधानमन्त्री ‘प्रचण्ड’सहित माओवादी केन्द्रका मन्त्रीहरू पार्टी कार्यालयमा पुगेर नेता कार्यकर्तासहित सर्वसाधारण जनतालाई भेट्ने निर्णय भएको हो । कार्यतालिका बनाएर माओवादी केन्द्रका मन्त्रीहरूले पार्टी कार्यालयमै नेता–कार्यकर्तासहित सर्वसाधारणलाई भेट्ने गरी व्यवस्था गरिएको पार्टीले जनाएको छ । नयाँ वर्षको पहिलो दिन शुभकामना दिँदै आफू पनि पार्टी कार्यालय जाने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डको छ । कार्यतालिका बमोजिम आइतबार ४ बजेदेखि ६ बजेसम्म ऊर्जा मन्त्री पार्टी कार्यालय पुग्ने भएका छन् । सोमबार पर्यटन मन्त्री, मङ्गलवार सञ्चारमन्त्री, बुधबार प्रशासन…

Read More

धनगढी = धनगढी हाफ म्याराथन २०२३ को उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले हात पारेका छन् ।  नयाँ वर्षको अवसरमा शुक्रबार भएको म्याराथनमा पालले १ घण्टा ४ मिनेट ४८ सेकेन्डमा २१.१ किलोमिटर पार गरेर उपाधि हात पारेका हुन् । उनले नगद ५५ हजार ५५५ प्राप्त गरेका छन् । म्याराथनमा द्वितीय भएका नरेन्द्रसिंह रावलले १ घण्टा ७ मिनेट २३ सेकेन्डमा २१.१ किलोमिटर पार गर्दा सन्तोषविक्रम विष्टले तृतीय स्थान हासिल गरे । म्याराथनमा द्वितीय भएका रावलले ३३ हजार ३३३ र तृतीय विष्टले २२ हजार २२२ नगद पुरस्कार प्राप्त गरेका छन् ।

Read More