काठमाडौं – नेपालगन्ज विमानस्थल सुरक्षा गणका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रेम भण्डारीको मृत्यु भएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको भीआईपी कक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान कुरिरहेका थिए । कर्णालीको सभा सकेर हेलिकोप्टरमा नेपालगन्ज आएका प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष बुद्ध एयरमा काठमाडौं फर्किँदै थिए ।यहीबीचमा भीआईपीको व्यवस्थापनमा खटिएका वरिष्ठ सई भण्डारी अचानक भीआईपी कक्ष बाहिर ढले । तत्काल अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । भण्डारी लामो सयमदेखि मिर्गौलाको समस्याले पीडित थिए । मंगलबार ड्युटीमा रहेका भण्डारीको ‘हर्ट अट्याक’का कारण निधन भएको एसपी अधिकारीले जानकारी…
Author: Saru Shrestha
नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थल जोलजिवीमा सयौ वर्ष पहिलेदेखि लाग्दै आएको मेला यो वर्ष पनि शुरु हुने भएको छ । सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला, महोत्सव नेपालतर्फ विहिबारदेखि विधिवत रुपमा शुरु गर्ने तयारी भएको मालिकार्जुन गाउँपलिकाले जनाएको छ । गाउँपालिकाले मंगलबार एक सुचना सार्वजनिक गदै ऐतिहासिक जोलजीवी मेला हाम्रो सान कला सस्कृति र पर्यटन प्रबद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ विहिबार देखि मेला सुरु हुने गाउँपालिका अध्यक्ष हिरा सिह धामीले जानकारी दिए । स्थानीय सरकार गठन भएपछि ऐतिहासिक संस्कृति संरक्षण र धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि मंसिर १ गते देखि मंसिर १०…
डडेल्धुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधवार गृह जिल्ला आउने भएका छन् । बुधवार डडेल्धुरा आएर उनी गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधवार बिहान गृहजिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ । यसअघि कात्तिक १७ गते गृहजिल्ला पुगेका देउवा ४ दिन बसेका थिए । सो क्रममा उनले ७ पालिकाका ७ वटा चुनावी सभालाई सम्बोधन…
काठमाडौं – नेपालको पश्चिम क्षेत्रमा मंगलबार पुनः भूकम्पको धक्का महसुस भएको छ। अछाम केन्द्रविन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो। साँझ ६ बजेर ८ मिनेट भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। थप विवरण आउन बाँकी छ।
काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी मंगलबारको चुनावी सभामा दुई जना प्रदेशसभा सदस्य उम्मेदवार उपस्थित नभएको पाइएको छ । नवलपरासीको क्षेत्र नं.१ मा आयोजना गरेको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनको लागि आज देउवा र प्रचण्ड बर्दघाटको चौपाता पुगेका थिए । तर त्यहाँ क्षेत्र नम्बर १ को प्रदेश सभा २ का उम्मेदवार उपस्थित भएका थिएनन्। सत्ता गठबन्धन केन्द्रको निर्णय अनुसार क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेपाली काँग्रेस र २ मा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउने सहमति भएको थियो। तर माओवादीले पाएको क्षेत्रमा पनि काँग्रेसले उम्मेदवार उठाएपछि दुई पार्टीबीच…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले कानूनी व्यवस्था अनुसार चितवन–२ को निर्वाचन अधिकृतको कार्यालयमा उक्त उजुरीबारे जानकारी गराएको बताए । निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।
बागलुङ – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का १३ नेता कार्यकर्तालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट पार्टी पोलिटब्युरो सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङका एसपी दयानिधी ज्ञवालीका अनुसार कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्री नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका नेता-कार्यकर्ताको साथबाट निर्वाचन विरोधी पर्चा बरामद भएको ज्ञावालीले बताए । पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ५३…
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निःशुल्क विदेश पठाउँछु नभनी आफूले नेपाल सरकारकै फ्री भिसा फ्री टिकटको नियमबारे जानकारी दिएको बताएका छन् । अध्यक्ष नेपालले रौतहटबाट वैदेशिक रोजगारीमा जानेहरूले लाखौँ रुपैयाँ तिर्न परेको गुनासो आफू समक्ष आएपछि सार्वजनिक रूपमै आफूले वैदेशिक रोजगारीमा जानका लागि पैसा तिर्न पर्दैन फ्री भिसा फ्री टिकट पाइन्छ भनेर जानकारी दिएको बताएका हुन् । ‘रौतहटमा म्यानपावरको नाममा मानिसलाई ठग्ने काम भएको र लाखौँ रुपैयाँ लिएर विदेश पठाउने गरेको जानकारी मलाई आयो, यता सरकारले फ्री भिसा फ्री टिकटको नियम नै बनाएको छ, यही नियमबारे मैले नागरिकलाई प्रस्ट पारेको हुँ’ उनले भने ‘यसोभन्दा प्रलोभनमा पारेको हुन्छ…
धनगढी – आइतबार कैलाली निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेश सभा क्षेत्र ख का उम्मेदवार अमरबहादुर साउँदले प्रयोग गरेको गाडी तोडफोड भएको समाचार आयो । चुनावी प्रचार–प्रसारका क्रममा साउँदले प्रयोग गरेको से १ च १५९० नम्बरको गाडी घोडाघोडि नगरपालिका–५ मा पार्किङ गरेर राखेको बेला अज्ञात समूहले तोडफोड गरेको उम्मेदवारको भनाइ छ । २३ कात्तिकमा धनगढी–१७ डुमलियामा नागरिक उन्मुक्ति पार्टीले चुनावी प्रचार–प्रसारमा प्रयोग गरिएको बा ११ च ५८६० नम्बरको कारमा पनि अज्ञात समूहले तोडफोड गरेको थियो । तर, सो सवारी हालसम्म कसले र किन तोडफोड गरेको हो भन्ने खुलेको छैन । निर्वाचनको मिति नजिकिँदै गर्दा कैलाली लगायत सुदूरपश्चिममा आपराधिक गतिविधि पनि बढ्न थालेका माथिका दुई उदाहरण हुन्…
काठमाडौं – नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सनकोषको ४० करोड रुपैयाँ मुद्दती निक्षेप गर्ने भएको छ । मंगलबार सूचना निकालेर राष्ट्र बैंकले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी बैंक तथा वित्तिय संस्थाहरुलाई १ मंसिर साँझ ७ बजेभित्र प्रस्ताव गर्न भनेको छ । यसैगरी, सबैभन्दा धेरै ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड रुपैयाँ मुद्दती निक्षेप लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तिय संस्था सञ्चालनको करिब २ वर्ष पूरा गरेको, पुँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जाभन्दा सापटी कर्जाको ५ प्रतिशतभन्दा कम…