काठमाडौँ – सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति निर्वाचनसँगै सरकार सञ्चालनका लागि बनेको काँग्रेस-माओवादी केन्द्र नेतृत्वको १० दलीय गठबन्धनले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गरी सार्वजनिक गरेका हुन् । हेर्नुहोस् यस्तो छ पूर्णपाठ : Final-CMP-of-Coalition-Govt-2079Download
Author: Saru Shrestha
काठमाडौँ – लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले नेपाल न्याय सेवा, प्रशासन सेवा, लेखापरीक्षण सेवा र संघीय संसद सेवाको आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन गरेको हो । हेर्नुहोस् सूचि :
काठमाडौँ – पाँच जना सहसचिवको सरुवा गरिएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । सरुवा हुनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव भुपाल बराल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री र राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीको अर्थ मन्त्रालयमा सरुवा भएको छ । त्यसै गरी अर्थका झक्क आचार्य पुनः श्रम मन्त्रालयमै फर्काइएको छ भने सुमन दाहाल राष्ट्रिय योजना आयोग पुगेका छन् ।
काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समिति सदस्य चयन गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले समिति सदस्यको नाम अनुमोदन गरेको छ । बुधबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको थियो । जसअनुसार बिहीबार बसेको बैठकमा प्रस्तुत गरिएको सदस्यहरुको नामलाई अनुमोदन गरिएको हो । अनुमोदन गरिएको नामहरुमा अजय कुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदिप यादव, महेश कुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाही…
काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दुई सातायता कोरोना संक्रमण बढ्दै गएको छ । स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण पुष्टि हुन थालेको छ । काठमाडौंका ठूला अस्पतालमा नै स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेको छ । मीनभवनस्थित सिभिल सर्भिस अस्पतालमा पछिल्लो दुई सातायता २० जनाभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएका अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले बताए । चिकित्सकसहित विभिन्न विभागका कर्मचारी संक्रमित भएपछि ईसीजी, आईसीयूलगायतका सेवा प्रभावित भएका छन् । संक्रमित कर्मचारीलाई पालैपालो होम आइसोलेसनमा राखेर ड्युटी मिलाइएको डा. पौडेलले बताए । अस्पतालको आईसीयूमा भर्ना भएका तीनजना बिरामीमा पनि कोरोना संक्रमण देखिएपछि केही दिनअघि मात्रै वीर अस्पताल रिफर गरिएको…
बझाङ – बझाङमा एक मजदुरको हत्या भएको छ। जाजरकोट, भेरी नगरपालिका ४ घर भइ छबिसपाथिभेरा ४ ब्याँसीमा सडकमा मजदुर काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको मंगलबार राति हत्या भएको हो । विकको सोही ठाउँका उदिप भन्ने रोहन सुनारले मदिरा सेवन गरी सामान्य विवादका क्रममा हत्या गरेको बझाङ प्रहरी प्रमुख तथा डीएसपी जागेश्वर भण्डारीले बताए। पक्राउ परेका सुनारलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारी र रैकवारबाट खटीएको प्रहरी गस्ती टोलीले कृष्णपुर नगपालिका ७ कलुवापुरका गणेश पाण्डेय र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका ४० वर्षीय तिर्थ फुलारालाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन् । पाण्डेयले चलाएको सु.प.प्र.०१–०११ प.२२४६ नम्बरको मोटरसाइकल र सोही मोटर साईकलमा पछाडी सवार फुलारालाई शंकालागी चेक जाँज गर्दा उनीहरूको साथबाट १.१५ ग्राम लागुऔषध खैरो हिरोईन बरामद नियन्त्रणमा लिएको डाँगीले बताए । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।
कैलाली – कैलालीको गौरीगङ्गामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार एपिएफको टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लब अन्तिम चारमा पुग्न सफल भएको हो । खेलको १५औं मिनेटमै पेनाल्टी पाएर अग्रता बनाउन सफल भएको एपिएफ माथि रेसिङ सहारा क्लबले पुनरागमन जित निकाल्न सफल भयो । डी बक्स भित्र रेसिङका खेलाडीको हातमा बल लागेर फल भएपछि पाएको पेनाल्टीमा एपिएफका आस तामाङले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे । त्यसपछि निरन्तर दबाबमा राखेको रेसिङका अविनाश थापाले खेलको २८ औँ र ८७ औँ मिनेटमा दुई गोल…
काठमाडौं – पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ । काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५-१ ले विजयी भयो । नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फर्काइन् । ४ गोलले पछि परेको नेपालका लागि ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् । यसअघि दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । खेलको ३५ औं मिनेटमा भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा भुजेलको हातमा लाग्दा…
काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्रहरी कर्मचारीलाई हेभि सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभि सवारी चालक तालिम १३औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सोही महाशाखामा बुधबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश केसीले प्रशिक्षार्थी तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक केसीले हेभी सवारी साधनको परिचालन, रेखदेख र मर्मत संभार गर्न समय सापेक्ष नयाँ प्रविधिको बारेमा दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गरिएको बताए। प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई…