Author: Saru Shrestha

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ। सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए । उनले सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोेडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पारे। उनले सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरेपनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने बताए। उनले भने, ‘हामीले सरकारमा जाने वा नजाने भन्ने बारेमा धेरै छलफल गरेनौँ। किनभने एउटा सहमति कायम गरेर हामी सरकारमा गएका थियौँ र सहमति तोडिएको जस्तो आभाष भइसकेपछि हामी सरकारबाट…

Read More

काठमाडौँ – यातायात मजदुरहरुले मंगलबारदेखि काठमाडौं उपत्यकाको रुटमा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। यातायात मजदुरका तीनवटा संगठनले सोमबार साँझ संयुक्त विज्ञप्ति निकालेर सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन्। बालाजुस्थित नयाँ बसपार्क चलाउँदै आएको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए। उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन्। त्यसक्रममा प्रहरीसँग झडप हुँदा उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तको एउटा भ्यानमा आगोसमेत लगाएका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेका हुन् । मजदुरहरुले ट्राफिक प्रहरीले ऐनविपरीत १५ सय जरिवाना असुलेको,…

Read More

बैतडी – तरकारीको पकेट क्षेत्रका रूपमा परिचित बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ। कुल रु तीन करोड ९७ लाख लागतमा यहाँको धारीगाउँको बेताडासैनामा शीतभण्डार निर्माण सुरु भएको हो। पाटन नयाँ सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर रोहितराज भण्डारीका अनुसार कैलपाल कन्सट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ। जिल्लाको पाटन नगरपालिकाका वडा नं ८, ९ र १० लाई तरकारीको पकेट क्षेत्रको रूपमा समेत लिइएको छ। खोड्पेमा बन्न लागेको शीतभण्डारले यो क्षेत्रका किसानलाई फाइदा पुग्ने पाटन नगरपालिका-८ का वडा अध्यक्ष हरिश विष्टले बताए। उनले भने, ‘तरकारीको पकेट क्षेत्रमा शीतभण्डार बनेपछि यो क्षेत्रका किसानलाई निकै फाइदा हुन्छ, शीतभण्डारमा…

Read More

काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवाले ट्विटरमार्फत भेटबारे जानकारी गराएका छन् । उनले आफूहरूबीच दुई देशबीचको सम्बन्धनलाई थप बलियो बनाउने विषयमा छलफल भएको बताएका छन् । “हामीले पारस्परिक हितका विभिन्न पक्षमा छलफल गरेका छौँ,” देउवाले भेटको फोटोसहित गरेको ट्विटमा भनेका छन्, “नागरिकस्तरको सम्बन्धलाई बलियो बनाउने विषयमा पनि कुराकानी भएको छ ।”

Read More

काठमाडौँ – काठमाडौँको बालाजु बाइपास क्षेत्रमा मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन् । मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आज चक्रपथका विभिन्न खण्डमा सडकमै गाडी रोकेर प्रदर्शन गरेका छन् । सडकमा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीमाथि मजदुरहरूले इँटा र ढुङ्गा प्रहार गरेका छन् । प्रहरीले पनि लाठीचार्ज गरेको छ ।

Read More

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुदूरका ठुला गौरबका आयोजनामा बजेटको कमि हुन नदिने बताएका छन । सोमबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा संचालित सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमा हाल संचालित ठुला गौरबका आयोजनामा बजेटको कमि हुन नदिने बताएका हुन । प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रमा रहेका सुक्का बन्दरगाह, जलविद्युत आयोजना, त्रिदेशीय नाका विस्तारको सबै योजना सरकारले दुत गतिमा अघि बढाउने बताए । प्रधानमन्त्री प्रचण्डले सुदूरका ९ वटै जिल्लामा संचालित आयोजना दुत गतिमा अघि बढाउन सरकार नीति, कार्यक्तम तय गरेको बताए । उनले सुदूरमा रहेका सबै आयोजनालाई अघि बढाएर यस…

Read More

लगोस – नाइजेरियाको उत्तरी नाइजर राज्यमा नागरिकमाथि आक्रमणको प्रयास गर्दा सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा पाँच प्रहरीको मृत्यु भएको छ । नाइजरका प्रहरी प्रवक्ता वासिउ अबियोदुनले शनिबार प्रहरी र सेनाको संयुक्त टोलीले उक्त राज्यको गुरारा स्थानीय सरकारी क्षेत्रको एउटा गाउँ नजिकै बन्दुकधारीहरूले स्थानीयहरुलाई आक्रमण गर्ने प्रयास गरेको थाहा पाएपछि सो प्रत्याक्रमण गरिएको हो । प्रहरीका अनुसार सो आक्रमणमा केही बन्दुकधारी मारिएका छन् भने केही गोली लागेर भागेका छन् ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवास पुगेका विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । यसअघि उनले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गरेका थिए । सो क्रममा नेपालको विकास र कनेक्टिविटीको विषयमा छलफल भएको मन्त्री राईले जानकारी दिइन् । सोमबार बिहान दुईदिने नेपाल भ्रमणमा आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक दलका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ ।

Read More

काठमाडौं – परराष्ट्र मन्त्री विमला राई पौडेलले पछिल्लो समय नेपालले भारतसँग विकास साझेदारीका विषयमा कुराकानी गरेको जानकारी दिएकी छन् । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग सोमबार भएको भेटपछि मन्त्री राईले विशेषगरी भारतसँग विकास सहायता र कनेक्टिविटीमा जोड दिएको जानकारी दिइन् । कनेक्टिविटीअन्तर्गत हवाइ यात्राका विषयमा दुई पक्षीय कुराकानी भइरहेको जानकारी दिएकी उनले रुट खोज्नेदेखि हवाइ यात्रामा देखिएका समस्या समाधानका विषयमा पनि छलफल भएको बताइन् । दुई पक्षीय सम्बन्ध बलियो बनाउँदै विकासको क्षेत्रमा जोड दिनेगरी छलफल भएको जानकारी दिएकी उनले विशेषगरी जलवायु परिवर्तनले दुवै देशलाई असर गरेकाले एउटै धारणा बनाएर अघि बढ्नुपर्नेमा आफूले जोड दिएको बताइन् ।

Read More

धनगढी – कैलाली कारागारमा कैद भुक्तान गरिरहेका णा उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुण चौधरीको मुद्दामा उच्च अदालत दिपायलले सरकारी वकिलको कार्यालय कैलालीलाई लिखित जवाफ पेस गर्न भनेको छ। आज (आइतवार) सरकारी वकिलको कार्यालय कैलालीलाई फागुन ३ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरिएको हो।आज बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश देशबहादुर सार्कीको इजलासमा परेको थियो। ‘यसमा के कसो भएको होरु निवेदकको निवेदन माग बमोजिमको बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने होरु निवेदकको माग अनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण एवं प्रमाण भए सो समेत खुलाई प्रमाणसहित फागुन ०३ गतेका दिन ११:०० बजेसम्म उच्च सरकारी वकिल…

Read More