Author: Saru Shrestha

भक्तपुर – भक्तपुरको दुई छुटाछुटै स्थानमा शुक्रबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। भक्तपुरको चागुँनारायण नगरपालिका-६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल पुग्दा चालक काठमाडौं शंखरापुर नगरपालिका-५ पालुवारीका ४० वर्षीय शंखर भोलोन तामाङको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको सुस्मा मेमोरियल अस्पताल साँखुमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। मृतकको पोष्टमार्टमका लागि भक्तपुर अस्पताल लगिएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका-७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको बा ९९ प ३४८५ नं. को स्कुटीले ओभरटेक…

Read More

कैलाली – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरे लगत्तै उनले नयाँ गठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताएका हुन् । मुख्यमन्त्री शाहले एक महिनाभित्रमा विश्वासको मत लिनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे । लामो राजनीतिक यात्रापछि आज जनताले विश्वास गरेर मुलुकको व्यवस्थाअनुसार आफू एउटा पदीय जिम्मेवारी र दायित्वमा पुगेको उनको भनाइ थियो । मुख्यमन्त्री शाहले भने, “मलाई जिम्मेवारी पनि महसुस भएको छ र चुनौती पनि छन्, ती चुनौतीसँग जुध्दै यो प्रदेशका लागि केही न…

Read More

ब्रसेल्स – भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् । भ्रष्टारको अभियोग लागेका बेल्जियमाका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो । बेल्जियमका सङ्घीय अभियोजनकहरूले आज लिज शहरमा सांसद मार्क ताराबेलामा छापा मारेको थियो । उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले सफाइ दिने मौका पाउनुपर्नेमा जोड दिँदै आएका छन् । भ्रष्टाचारको आशङ्का बेज्यिमका अधिकारीहरूले तीन जनालाई हिरासतमा लिइसकेका छन् । सोह्र लाख अमेरिकी डलर नगद भ्रष्टाचार गरेको अभियोगमा उनीहरूसहित संसद्का सहयोगीलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो । हिरासतमा लिइएकामध्ये एक जना अभियुक्तका…

Read More

काठमाडौं – विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताबीच आज पार्टी एकताको विषयमा छलफल भएको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “पार्टी एकता, संयुक्त, मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फागुन १५ गते चार पार्टीको बैठक बस्ने निर्णय लिइएको छ ।” सो बैठकले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको सङ्कटपूर्ण अवस्थालाई दृष्टिगत गरी…

Read More

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरका पूर्व निर्देशक डा. सन्तोष पौडेलले अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । पूर्व निर्देशक डा. पौडेलले एमएस अर्थोपेडिक अध्ययन गर्ने क्रममा तत्कालिन उपकुलपतिसँग मिलि सेवा अवधि नपुगिकनै अध्ययन गरेको र ट्रमा सेन्टरको निर्देशक रहँदा कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरी नियुक्ति गरेको, सि आर्म खरिद, डेक्सा मेसिन, एच डी माइक्रोस्कोप, एम्बुलेन्स तथा क्यान्टिन टेण्डर गर्दा करोडौँ रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले चासो देखाएको हो । अख्तियारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नाममा एक पत्र लेख्दै छानबिन प्रतिवेदन उपलब्ध गराउनका लागि अनुरोध गरेको हो । अख्तियारले ट्रमा सेन्टरले…

Read More

काठमाडौँ – सुर्खेतको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईजनामध्ये एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीले शव आज फेला पारेको हो । बिहीबार (हिजो) डोल्पाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ वर्षीय मकर रोकाय र २१ वर्षीय बीबी रोकाय नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । सोबारे जानकारी पाएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले बीबी रोकायको शव फेला पारेको हो । अर्का एक जनाको खोजी कार्य भइरहेको छ ।

Read More

काठमाडौं – भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौंदेखि दिल्ली जान लागेका एक जना १७ हजार पाउन्डसहित (करिब २८ लाख रुपैयाँ) पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको ह्यान्ड ब्यागेज क्षेत्रबाट ब्रिटिस नागरिक प्रबिनसिंह बडुलाई पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ। उनीसँगै रामेछापका हितबहादुर खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धानका लागि दुवै जनालाई महानगरीय प्रहरी वृत्त गौशलामा पठाइएको छ। ब्रिटिस नागरिक बडुले उक्त रकमको प्रयोजनबारे विस्तृत विवरण खुलाउन नसकेको प्रहरीको भनाइ छ। ‘सोधपुछ गर्दा उहाँले रकमको प्रयोजनबारे बताउन सक्नुभएन। ठूलो मात्रामा विदेशी रकम लैजाँदा पासपोर्टमा समेत उल्लेख नभएको देखियो,’ प्रहरीले स्रोतले भन्यो।

Read More

काठमाडौँ – ​प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन् । शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन् । संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । उनको टाउँकोमा चोट लागेको छ । सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रदर्शन गरिरहेका छन । ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरूले प्रदर्शन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अतिव्यस्त सो सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो ।…

Read More

काठमाडाैं – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले  नीजि क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सवैलाई साथ लिएर अघि बढ्ने बताए । अहिले देशको आर्थिक अवस्था त्यति सन्तोषजनक नभएको बताउँदै सरकार, नीजि क्षेत्र र आम नागरिकहरुका बीचको सहकार्यबाटै अहिलेको अवस्थाबाट पार पाउन सकिने पनि उल्लेख गरे । तर, अर्थमन्त्रीले यस्तो भन्यो भनेर आत्ति हाल्नु पर्ने अवस्था भने नरहेको बताए । विगतको अनुभवका आधारहरु र अहिलेको परिस्थीतिबारे सुक्ष्म…

Read More

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य संचालकहरु के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्ने भन्दा मुलुकको समस्या समाधान तर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । आज पार्टीको भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले  भने, “मुकुकमा भ्रष्टाचार , आर्थिक संकट,बिदेशी प्रभाव , बेरोजगारी , कुशासन,  धर्म परिबर्तन सङ्गै  राष्ट्रियता माथी पनि गम्भीर प्रश्न चिन्ह खडा भैरहेको छ , तर ठूला भनिने नेताहरु सस्तो लोकप्रियताको गित गाउन मात्रै मस्त छन्, देशमा समस्या समाधानमा चिन्तित छैन,जुन बिडम्बना हो ।” अहिके राजनीतिक स्टन्टमा रमाउने बेला नभएको भन्दै थापाले  मिहिन ढंगले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । अहिले वाद ,सिद्धान्तको…

Read More