Author: Saru Shrestha

म्याग्दी – मंगलवार (आज) दिउँसो म्याग्दीका लेकाली क्षेत्रमा वर्षासँगै परेको भीषण असिनाले थन्काउने वेलाको बाली सखाप पारी दिएपछि किसान चिन्तित बनेका छन्। लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबाली समेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन्। मंगलवार दिउँसो एक्कासी वर्षासँगै असिना परेपछि म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको गौश्वार, वडा नं ३ भकिम्लीको चिनाखेत, डाँडाखानी लगायत जिल्लाका उच्च लेकाली क्षेत्रका खेतीबालीमा क्षति पुर्‍याएको किसानहरूले बताएका छन्। हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको ज्यामरुककोटका किसान भीमबहादुर क्षेत्रीले बताए। मंगलवार दिउँसो हिउँजस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताएका छन् । मंगलबार काठमाडौं आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई कुनै पनि गल्ती गर्ने छुट नभएको बताए । नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुनु नहुने बताए । उनले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको उल्लेख गरे । नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताए । उनले…

Read More

बाजुरा – जिल्ला अस्पताल बाजुरामा कार्यरत एमडीजीपी डाक्टर प्रेरित देवकोटाको सरुवा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत तीन वर्षपछि आएका डाक्टर देवकोटाको २ महिना नपुग्दै सरुवा गरेको हो । डाक्टर देवकोटाको सरुवा भएपछि अहिले जिल्ला अस्पताल बाजुरामा उपचार सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल बाजुरा तीन वर्षसम्म एमडीजीपी डाक्टर विहीन भएको थियो । गत पुस १४ गते डाक्टर देवकोटा तेह्रथुमबाट सरुवा भएर आएका थिए । तर उनी आएको २ महिना नबित्दै मन्त्रालयले सरुवा गरेर बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाएको छ । डा. देवकोटाको फागुन २५ गते सरुवा भएको हो ।

Read More

काठमाडौँ – निर्वाचन हुन नसकेका क्याम्पसहरूलाई तत्काल निर्वाचन सम्पन्न गर्न स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन दिएको छ । समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले निर्वाचन सम्पन्न हुन बाँकी भएका १३ आङ्गिक कलेजलाई तत्काल निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको बताए । काठमाडौँ उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन बाँकी छ । काठमाडौँका २२ आङ्गिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा र काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन स्थगित भएको छ ।

Read More

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले जातीय छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ । जातीय भेद्भाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जातीय विभेदका सबै घटनाका सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ । ‘समाजमा दैनिक जसो घट्ने जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दछ । समाजमा कायम रहेको विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन आयोग सबै राजनीतिक दल, गैरसरकारी सङ्घ संस्था तथा नागरिकलाई आयोग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । संवैधानिक तथा कानुनी…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलहरूले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्ने बताएका छन् । मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियालाई कुनै पनि बहाना लम्ब्याउन नहुने बताए । ‘दलीय संकीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधनको प्रयास गर्नुपर्छ, हामीसँग समयको सुविधा छैन ।यो या त्यो नाममा लम्ब्यायौं भने अझै यो जटिल बन्दै जान्छ र भविष्यमा अझै अप्ठेरो सिर्जना गर्छ र अन्यायपूर्ण पनि हुन्छ,’ उनले भने । संक्रणकालीन न्यायको विषय टुंग्याउन ढिलो भइसकेको भन्दै थापाले नेकपा एमालेलाई पनि सहकार्यमा आउन आग्रह गरे । थापाले…

Read More

वीरगञ्ज – ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गर्दा ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो । चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागूऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो । लागूऔषध बरामद भएपछि ई-रिक्सा चालक वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने २० वर्षीय बलजित यादवलाई पनि पक्राउ गरिएको पर्साका प्रहरीले जानकारी दिएको छ । यादलाई लागुऔषध मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको गिरीले बताए ।

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज लामिछानेमाथि मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए । महान्यायाधिवक्ताको निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन् । प्रहरीले प्रमाण नपुग्ने बताएको तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ र उच्च सरकारी वकिल कार्यालय पाटनबाट पनि मुद्दा नचल्ने निर्णय भएर आएकोले महान्यायाधिवक्ताले पनि मुद्दा नचल्ने निर्णय गरेको रेग्मीले बताए । लामिछानेमाथि एकै पटक नेपाली र अमेरिकी राहदानी लिएको र दुवै राहदानी प्रयोग गरेको आरोप…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल थाल्ने बताएका छन् । विश्वासको मत पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा रहेका दलहरूसँग छलफल थाल्ने बताएका हुन् । उनले भने, ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २र४ दिन भित्रमै सबै टुङ्ग्याउने र काम गर्ने विचार छ ।’ शत प्रतिशत मत आउँछ भन्नुभएको थियो, आएन नि भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जति भयो, त्यो पर्याप्त रहेको बताए । उनले अगाडि भने, ‘अब आरामसँग सरकार चल्छ । विकास निर्माणको कामले गति…

Read More

काठमाडौँ – कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तले राजीनामा दिएका छन् । उनले इमेलमार्फत राजीनामा बुझाएका हुन् । भर्चुअल बैठक चलिरहेका बेला डिन दत्तले महिला कर्मचारीमाथि अश्लील व्यवहार गरेको भिडियो बाहिरिएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि विश्वविद्यालयले उनलाई निलम्बन गरेको थियो । दत्तले पदबाट राजीनामा दिएर कारबाहीबाट जोगिन खोजेको बताइएको छ ।

Read More