काठमाडौँ – निर्वाचन अधिकृतको कार्यालयले नेपाली काँग्रेससँग लिखित जवाफ मागेको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा काँग्रेसले बैठकमा उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्णय सार्वजनिक गरेपछि कार्यालयले जवाफ मागेको हो । कार्यालयमा सो सम्बन्धी उजुरी परेका कारण लिखित जवाफ मागिएको आयोगले जनाएको छ ।
Author: Saru Shrestha
काठमाडौँ – गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षविहीन टुङ्गिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए । उनले १० दलका बीचमा सकारात्मक रूपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताए । नेता बस्नेतले सरकार विस्तार लगायतका विषयमा पनि बैठकमा छलफल सुरु भएको बताए ।
धनगढी – अछाममा बालिका बलात्कारको प्रयास गरेको अभियोगमा प्रहरीले दुई जना अटो चालकलाई पक्राउ गरेको छ । जिल्लाको साँफेबगर नगरपालिकामा अटो चलाउँदै आएका दुई जनालाई बालिकामाथि जवरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । २८ फागुनमा बयालपाटा अस्पतालमा उपचार गर्न आएकी पञ्चदेवल बिनायक नगरपालिकाकी १४ र १७ वर्षीया दुई दिदीबहिनीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अटो चालकहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
काठमाडौँ – नेकपा एमालेले उपराष्ट्रपति निर्वाचनको शून्य समयमा मत मागेर नेपाली काँग्रेसले आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको जनाएको छ । एमाले सचेतक महेश बर्तौलाले विज्ञप्ति जारी गर्दै काँग्रेसको निर्णयले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई कमजोर बनाएको बताएका हुन् । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि मङ्गलवार राती १२ बजेदेखि शून्य समय प्रारम्भ भइसकेको छ । बुधबारमात्रै काँग्रेसले जसपाका उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । ‘शून्य समयमा कुनै पनि उम्मेदवारको पक्षमा मत माग्नु, निर्वाचनलाई प्रभावित गर्ने गरी उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाली काङ्ग्रेसले गरेको निर्णयले उपराष्ट्रपतिजस्तो गरिमामय पदको…
काठमाडौं – सरकारले अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक लगाएको छ । मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक लगाइएको जानकारी दिइन् । उनले् नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने बताइन् ।
कैलाली – कैलालीको लम्कीचुहामा रहेको नव जागृत माध्यमिक विद्यालयले पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयले ५४ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न ओहोदामा पुगेका आफ्ना ६७ जना पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा कृषक, व्यापारी, शिक्षकदेखि कलाकार र सांसदसम्म छन् । पूर्व सांसद गङ्गा थारु, पूर्व राष्ट्रिय सभा सदस्य कमल कुमारी ओली, संविधानसभा सदस्य रामदुलारी चौधरी, नायक पुष्प खड्का, नार्कका कृषि वैज्ञानिक रामबहादुर खड्कालाई सम्मानीत गरेको हो । यस्तै डिएसपी हेम बहादुर शाही, गौरीगङ्गा नगरपालिकाका निवर्तमान मेयर भीम बहादुर देउवा, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरी, वडा अध्यक्ष मिथुन गौतम, सहारा घरका सञ्चालक बल…
काठमाडौं – राप्रपाले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । गत २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा तटस्थ बसेको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको हो । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदै छ । साथै बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित रहेकाले तत्काल सो निर्णय फिर्ता लिन एक साताको अल्टिमेटम दिएको छ । विज्ञप्तिको पूर्णपाठ : राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा…
काठमाडौँ – धनगढी उपमहानगरपालिकाले देशभरिमै उत्कृष्ट उपमहानगरपालिकाको अवार्ड पाएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढी उपमहानगरलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको नेपाल नगरपालिका सङ्घले जनाएको छ। नेपाल नगरपालिका सङ्घको ३० औ वार्षिकोत्सवको अवसरमा धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो। नेपाल नगरपालिका सङ्घको ३०औँ वार्षिकोत्सवको अवसरमा सोमवार काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढी उपमहानगरका मेयर गोपाल हमाललाई उत्कृष्ट अवार्ड प्रदान गरेका थिए।
काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ । मन्त्रालयले मङ्गलवार सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरू सबैलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनेको हो । मन्त्रालयका उपसचिव कमान सिंह थापा मगरका अनुसार मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरण माग गरेको हो ।
काठमाडौँ – काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्न पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था उपयुक्त हुने उनको भनाइ थियो । नेपाल ट्रेड युनियन काँग्रेसको मङ्गलवारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्याएर शपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौँ राष्ट्रपति पाइसकेको हुने बताए । उनले सांसद, मन्त्री भइसकेकाहरूले मुलुकको आर्थिक रूपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगतरुपमै भए त्यो झनै राम्रो हुने धारणासमेत राखेका छन् । । महामन्त्री शर्माले…