Author: Saru Shrestha

महोत्तरी – दाइजो नल्याएको भन्दै वुवारीलाइ सारिरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् । महोत्तरीको औरही नगरपालिका वस्ने उन्की बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् । २० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा हालेकी थिइन् । त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश वम्मोजिम प्रहरीले  पक्राउ गरि पुर्पक्षको लागि जेल चलान गरिसकेको छ । तर पंकजका वुवा राम प्रवेश फरार भएका थिए । मनरासिस्वा नगरपालिकाको कट्टी गाउँ स्थित  दशगजा नजिकै लुकिछिपी वसिरहेको वेला उन्लाइ…

Read More

बैतडी : बैतडी जिल्लाको सिगास गाउँपालिका-४ रक्सौन घर भएकी बेलमती धामी बेपत्ता भएकी छन्।३ दिन अगाडि फागुन २५ गतेका दिन दाँत दुख्यो भनेर उपचार गर्न भनी घरबाट डडेल्धुरा अस्पताल हिडेकी धामी बेपत्ता भएकी हुन्। ४० वर्षीया धामीको श्रीमान भीमबहादुर धामीको मृत्यु पश्चात चार छोराहरु पाल्दै आएकी धामीको मोबाइल पनि बन्द रहेको र सम्पर्क गर्दा कतै पनि सम्पर्क नभइरहेको आफन्त केशबसिंह धामीले बताए। उनले यदि कतै यी महिला लाई देखेमा या कसैको सम्पर्कमा आए ९८४२८८७९५५ मा सम्पर्क गर्नहुन अनुरोध समेत गरेका छन्।

Read More

कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा चार विद्यार्थी संगठनद्धारा तालाबन्दी गरिएको छ। आइतबार विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा विद्यार्थीलाई वञ्चित गराउन खोजेको आरोप लगाउँदै सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको हो। नेविसंघ कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेय पक्षधर नेविसंघ, नेकपा विप्लव, बहुमत निकट अखिल क्रान्तिकारी र राप्रपानिकट प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन समितिको कार्यकक्ष र रजिस्ट्रार यज्ञराज पाठकको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। नेविसंघ कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेले स्थानीय विश्वविद्यालयबाटै विद्यार्थीको हक अधिकार वञ्चित हुने गरी निर्वाचन कार्यविधि बनाइएकाले सच्याउनुपर्ने माग अघि सारेर दुवै कार्यालयमा तालाबन्दी गरिएको बताए। तालाबन्दीका कारण उक्त क्याम्पसमा मनोनयन दर्ता समेत हुन सकेको छैन।

Read More

कैलाली – कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले आगामी फागुन ३० गते बिदा दिने निर्णय गरेको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराइको हो । यसअघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ ।

Read More

कैलाली – नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा कञ्चनपुर इन्चार्ज निरुदेबी पालले पार्टीले सुरु गरेको मिसन ग्रास रुट र स्ववियु निर्वाचनमा खटिन जन वर्गीय संगठनका प्रमुख तथा इञ्चार्जहरुलाई निर्देशन दिएकी छन् । आज कैलालीको घोडाघोडीमा सम्पन्न जनसङ्गठन समन्वय विभागको तेस्रो बैठकमा उनले मिसन ग्रास रुट र स्ववियु निर्वाचनमा खटिन निर्देशन दिएकी हुन् । ‘पार्टीले अहिले मिसन ग्रास रुट चलाइरहेको छ तपाइहरू जो जहाँ खटिनु भएको छ सक्रियता पूर्वक खटिनु होला’ उनले भनिन् ‘आसन्न स्ववियु निर्वाचनमा पनि हाम्रा उम्मेदवारहरूलाई विजयी गराउने गरि लाग्नु होला ।’ विभिन्न जनसङ्गठनका अध्यक्ष तथा इन्चार्जहरूले ग्रास रुट र स्ववियु निर्वाचनका विषयमा जानकारी गराएका थिए ।कैलालीमा ग्रास रुट…

Read More

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक ब्याजदर एकल अङ्कमा ल्याउन निर्देशन दिएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासङ्घले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेपाल राष्ट्र बैंक र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘मौद्रिक नीतिले बैंकको ब्याजदर बढेकाले यस्तो ब्याजदरलाई कसरी एकल अङ्कमा ल्याउने भन्ने विषयमा समेत केन्द्रीय बैंक र सम्बद्ध पदाधिकारीलाई अवश्यका निर्देशन दिइसकेको छु ।’ यस्तै, प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सकसमा रहेपनि आत्तिइहाल्नुपर्ने अवस्थामा नरहेको बताए । ‘आर्थिक स्थिति आत्तिइहाल्नुपर्ने स्थिति पनि छैन । गत वर्ष विदेशी मुद्राको सञ्चितमा ह्रास आउँदा देश आर्थिक सङ्कटको भुमरीमा पर्ने होकि भन्ने चिन्ता थियो,’ प्रचण्डले भने,…

Read More

सुनसरी – आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।  जिल्लाको इटहरी उपमहानगरपालिका–२ हलगढास्थित सडकमा को१ह ५६०५ नम्बरको सफारीको ठक्करबाट पैदलयात्री ६८ वर्षीया पुण्यमाया काफ्लेको निधन भएको हो । सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनापछि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ – उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका चारजनाकै उम्मेदवारी कायम भएको छ । उम्मेदवारी फिर्ताको समयमा कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारैजनाको उम्मेदवारी कायम रहेको हो । उपराष्ट्रपतिमा जसपाबाट नेतृ प्रमीला यादव र नेता राम सहायप्रसाद यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा ९एमाले०बाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशङ्कित देखिएको छ ।

Read More

काठमाडौँ – नेविसंघमा स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीहरूको समूहले काँग्रेस काठमाडौँ जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन्। नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौँ जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौँ जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन्। अन्सुल केसी र निश्चल महर्जन नेतृत्वको विद्यार्थीको समूहले बिहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो भने दिउँसो पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन्। उनीहरूले सभापति शेर्पाले एकलौटी बनाएको जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विरोध जारी राखेका छन्। उनीहरूले स्ववियु निर्वाचनको सम्मुखमा गरिएको मनपरी निर्णयले सङ्गठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन्। विद्यार्थी नेता उज्ज्वल बज्राचार्यले नेतृत्वले मनोमानी गरेर टिकट वितरण…

Read More

काठमाडौँ – राष्ट्रिय सभा बैठक स्थगित भएको छ । फागुन २९ गतेका लागि बोलाइएको बैठक चैत ८ गते बस्नेगरी स्थगित भएको हो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार सूचना जारी गर्दै फागुन २९ गते दिउँसो १ बजेलाई निर्धारण गरिएको बैठक विशेष कारण चैत आठ गते बस्नेगरी निर्धारण गरिएको जनाएका छन् ।

Read More