काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म नै देशभर मेघ गर्जन, हावाहुरी र चट्याङसहित वर्षा जारी रहने जनाएको छ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव र सक्रिय अवस्थामा छ। त्यसकारण कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ। यो क्रम २ दिन (शनिबार…
Author: Saru Shrestha
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र संघीय सांसदहरुलाई शनिवार बिहान ९ बजे शीतलनिवासमा आमन्त्रण गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु पनि काठमाडौंमा छन् । उनीहरु समेतलाई राष्ट्रपति पौडेलले शीतलनिवास बोलाएर धन्यवाद दिन लागेका हुन् । लोकतान्त्रिक समाजवादीका सांसद रामप्रकाश चौधरीले आफूलाई राष्ट्रपति पौडेलले शितलनिवासमा आमन्त्रण गरेको जानकारी दिए ।
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सकारात्मक दृष्ट्रिकोण र सोच राखेर काम गर्न सहसचिवहरुलाई निर्देशन दिएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्धारा आयोजित ४४औँ वरिष्ठ कार्यकारी विकास तालिमको दीक्षित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । सकारात्मक दृष्ट्रिकोण र सोच राखेर कार्यसम्पादन गर्दा परिणाम निस्किने बताउँदै मन्त्री मोदीले भने, ‘मुल रुपमा अहिले निजामती कर्मचारीहरुले सकारात्मक सोच र दृष्टिकोण राखेर काम गर्नुपर्ने अवस्था छ ।’ मन्त्री मोदीले प्रविधिको उच्चतम विकासलाई ख्याल गरेर कार्यसम्पादनमा सुधार गर्न समेत निर्देशन दिए । समयअनुसारको निर्णय र आचरणमा सुधार गर्नुपर्ने पनि मन्त्री मोदीको भनाई थियो । व्यक्तिगत स्वार्थबाट मुक्त भएर…
काठमाडौँ – बागमती प्रदेशभित्र तामाङ र नेवारी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन भाषा सम्बन्धी कानून निर्माण गरिने भएको छ । शुक्रबार काठमाण्डौँमा बसेको तामाङरनेवारी ९नेपाल भाषा० कार्यान्वयन तयारी सम्बन्धी समितिको बैठकले प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी भाषा कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन् । स्थानीय तहहरूले समेत आफ्नो ठाउँमा बोलिने भाषालाई सरकारी कामकाजको भाषा बनाउन मिल्ने गरी कानून बन्ने मोक्तानको भनाइ छ । आउँदो वैशाख महिनाभित्र भाषा सम्बन्धी विधेयक संसदमा पेस गरिने उनले जानकारी दिइन्। प्रदेश सरकारले एक महिनाअघि बागमती प्रदेशमा तामाङ र नेवार भाषालाई कामकाजको भाषा…
काठमाडौं – गुण एयरलाइन्सको वित्तीय ‘अडिट’ कमजोर देखिएको छ । पाँचवटा जेट स्ट्रिम विमान बेच्ने तयारी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स कम्पनीको वित्तीय अडिट सुरु गरेको थियो । प्राधिकरणको वित्तीय अडिटअनुसार गुण एयरलाइन्सले प्राधिकरणलाई चार करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै, कर्मचारीलाई लामो समयदेखि तलबभत्ता नदिएको र बोर्डिङ पास छपाइको भुक्तानी बाँकी रहेको प्राधिकरणले गरेको अडिटमा देखिएको छ । यसअघि, प्राधिकरणले पाइलट र कर्मचारीलाई समयमा तलबभत्ता नदिएको भन्दै गुणको सबै उडान रद्द गरिदिएको थियो । त्यसलगत्तै प्राधिकरणले गुणको वित्तीय अडिट सुरु गरेको थियो । गुण एयरलाइन्सले पोखरा, जनकपुर, विराटनगर, भरतपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेतलगायतका गन्तव्यमा उडान…
काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्किएका छन् । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को १४६औँ महासभामा सहभागी भएर सभामुख घिमिरे बिहीबार स्वदेश फर्किएका हुन् । सभामुख घिमिरेले महासभालाई बहराइनको राजधानी मनामामा सोमबार सम्बोधन गरेका थिए । सो क्रममा उनले नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका थिए । त्यस्तै, उनले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गरेका थिए । बहराइनका सभामुखलगायत अन्य प्रतिनिधिहरूसँगको भेटमा नेपालको कामदारका विषयमा कुराकानी भएको सभामुख घिमिरेले बताए । नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख गत शुक्रबार बहराइन गएका थिए ।
कैलाली – सवारी ज्यान र चोरी कसुरमा २ जना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । पक्राउ गरेका अपराधीलाई प्रहरीले जिल्ला अदालत कैलालीमा बुझाएको छ ।
कैलाली: कैलाली प्रहरीले फरार प्रतिवादी धमाधम पक्राउ गर्न अभियान नै थालेको छ। पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कैलालीको टिमले फरार प्रतिवादीलाई सजाय भुक्तान गराउन पक्रने अभियान थालेको हो। बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आज मात्रै बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका गोदावरी नगरपालिका वडा नम्बर २ बस्ने रुपेश थापा, ललित ओली, अर्जुन बोहरा र भानु ओलीलाई लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ। जिल्ला अदालत कैलालीले जनही रु. ८३ हजार ९ सय ७० जरिमाना तोकि फैसला भई सजाय तोकिएकोमा फरार रहेका उनीहरुलाई समातिएको डिएसपी कुलदिप चन्दले जानकारी…
काठमाडौँ – सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवसको बिदा पनि दिएको छ । देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौँ उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरूका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ । फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद…
धनगढी – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा चैत्र ८ गते स्ववियु निर्वाचन हुँदैछ। सो निर्वाचनमा सहभागी हुनका लागि विष्णु कुमार साउदको नेतृत्वमा टिम बनाएर मनोनयन दर्ता समेत गरिएको छ। सो टिमले आफ्ना स्ववियु केन्द्रित यस्ता प्रतिबद्धता सार्वजनिक समेत गरेको छ। यस्ता छन् एजेण्डा: विश्वविद्यालयहरूका उपकुलपतिदेखि कार्यालय सहयोगीसम्म राजनीति दलको भागबन्डाका आधारमा नियुक्त गरिने परिपाटीको अन्त्य गरिने । स्ववियुलाई वास्तवमै स्वतन्त्र बनाइने । क्याम्पसलाई बन्द, तालाबन्दीबाट सधैंका लागि मुक्त राखिने । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइ सेवा लिन सहज वातावरण निर्माण गरिने । छात्राहरूलाई निशुल्क सेनेटरी प्याडको उपलब्धता गराइने । क्याम्पसको अध्ययन एवम् अध्यापनलाई नियमित, विद्यार्थीमैत्री तथा व्यवहारिक बनाइने…