झापा – अवैध गोलिया काठसहित झापा प्रहरीले एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार मेचीनगर नगरपालिका–२ स्थित सरस्वती टोलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ त ६३१९ नम्बरको ट्याक्टरलाई चेकजाँचका लागि रोकेका थिए । सो ट्याक्टरमा आवश्यक कागजात बिना कदम र सिरिस जातको अन्दाजी १६० क्यु फिट गोलिया काठ फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । बरामद गरिएको काठ,ट्याक्टर र चालक मेचीनगर २ निवासी २२ वर्षीय सर्बन राईलाई आवश्यक कारबाहीको लागी जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइएको प्रहरीको भनाइ छ ।
Author: Saru Shrestha
काठमाडौँ – दैलेख जिल्लाको रानीवन केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेटमा दैलेख जिल्लाको रानीवन केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर २ वटा भूकम्प गएका थिए।
धनगढी – दार्चुलामा युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । आइतबार जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम युवतीलाई युवतीमाथि करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले गत शुक्रबार राति १९ वर्षीया युवतीमाथि घरमै पसेर बलात्कार गरेको उजुरीपछि पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका बममाथि अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइहरेको प्रहरीको भनाइ छ। घरमा अरू कोही नभएको मौकामा बमले रातिको समयमा घरमै गएर जबरजस्ती करणी गरेको आरोप छ। शनिबार जिल्ला अस्पताल दार्चुलामा पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ। घटनाबारे थप…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन् । सोमबार नेपाल नगरपालिका सङ्घको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । देशको संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेकोमा आफू खुसी भएको उनको भनाई छ । उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका संवैधानिक पदहरूमा फरक(फरक राजनीतिक दलहरूको प्रतिनिधित्व भएको भन्दै यसले आफूलाई खुसी र गर्वको महसुस गराएको बताएका हुन् । उनले संवैधानिक पदहरूमा यसरी राजनीतिक सन्तुलन मिल्दा ‘चेक एण्ड ब्यालेन्स’ हुने बताए । प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनसँगै देशमा नयाँ वातावरण बनेको भन्दै अब…
काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले सङ्घीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको बताउँदै गलत काम गर्ने कर्मचारीलाई निष्कासन सम्मको व्यवस्था गर्ने बताएका छन् । सङ्घीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री मोदीले सङ्घीय निजामती ऐनमा कर्मचारीलाई दण्ड र पुरस्कार दुवैको उचित व्यवस्था हुने बताएका हुन् । सङ्घीय निजामती ऐनका सन्दर्भमा आफूले सबै पक्षसँग चरणबद्ध छलफल गरेको स्मरण गराउँदै भने मन्त्री मोदीले ऐनबाट मूलभूत रूपमा सबैलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको र अहिले कर्मचारीलाई कारबाही भनेकै दुर्गम क्षेत्रमा सरुवा भन्ने बुझाई स्थापित रहेकाले त्यसलाई परिष्कृत…
काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेटवार्ता गरेका छन् । अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु)को १४६ औँ महासभामा भाग लिन मनामामा रहेका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गरेका हुन् । सभामुख घिमिरेले आईपीयुको १४६ औँ महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिए । उनले नेपाली नागरिकलाई विभिन्न पेसामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद व्यक्त गरे । सभामुख घिमिरेले नेपाल(बहराइन सिधा उडान हवाइ उडान स्थापित गर्न, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न र बहराइनको दूतावास काठमाडौंमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराए । सभामुख घिमिरेले नेपालका आँखाका डाक्टर…
काठमाडौँ – विदेशी नागरिकलाई ठगी गरेको रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्। ठगी, सङ्गठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका सातमध्ये ६ जनालाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश दिएको हो। शाहसहित उनका भाइ विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मागत काफ्ले र रङ्गबहादुर साउद जेल चलान भएका हुन्। पक्राउ परेकी विनीता तामाङसँग भने अदालतले ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। अछाम स्थायी घर भएका शाहले विदेशी नागरिकलाई ठगी गरेको रकम विभिन्न कम्पनीका नाममा नेपाल ल्याएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। यसरी ३८…
काठमाडौं – उत्तरी छिमेकी मुलुक चीनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामकना दिएका छन्। उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं – अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ। राष्ट्रपति पौडेलले आजमात्रै शितलनिवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनियताको शपथ लिएका छन्। नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।
स्पेन – स्पेनमा आफैँले पालेको कुकुरको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ । ६७ वर्षकी एनी सिल्ड्सको पिटबुल प्रजातिको कुकुरको टोकाइबाट मृत्यु भएको हो । सन् २००२ मा उक्त कुकुरलाई एनीले बाटोबाट उद्धार गरेकी थिइन् । एनीकी छोरी सराका अनुसार उक्त कुकुर मर्ने अवस्थामा छाडिएको थियो । यतिबेला सोही उद्धार गरेर पालिएको कुकुरको टोकाइबाट वृद्धको मृत्यु हुन पुगेको हो । प्रहरीले वृद्धलाई जोगाउने क्रममा उक्त कुकुरलाई गोली हानेर मारिदिएको छ ।