Author: Saru Shrestha

काठमाडौं – त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापतिमा एक जना गोल्ड मेडलिस्ट विद्यार्थीले पनि उम्मेदवारी दर्ता गरेका छन् । नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट मास्टर्स तर्फका गोल्ड मेडलिस्ट विद्यार्थी विष्णु बैडेलाले आफ्नो टिमसहित स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनको टिमबाट सचिवमा अंग्रेजीका टपर योगेन्द्र बम र कोषाध्यक्षमा निश्चल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा जीनराज ढुंगाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहोरा उम्मेदवार बनेका छन् । ‘हामी सबै कलेजमा आएका छौं। विद्यार्थीका समस्यालाई नजिकबाट बु्झेका छौं । क्याम्पसका समस्यासँग पनि हामी जानकार छौं,’ उम्मेदवार बडैलाले भने, ‘त्रिविको स्ववियु विवेकशील हुनुपर्छ । खोक्रा राजनीतिक भाषणमात्रै गर्ने भन्दा पनि…

Read More

डोटी – स्ववियुको निर्वाचनका लागि डोटीका दुई सङ्गठनहरूबिच चुनावी तालमेल भएको छ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच जिल्लामा रहेका ६ वटै क्याम्पसमा मिलेर चुनाव लड्ने सहमति भएको हो । त्रिभुवन विश्वविद्यालयको सुदूरपश्चिमकै पुरानो आङ्गिक क्याम्पस डोटी बहुमुखी क्याम्पसमा अनेरास्वबियुले नेतृत्व गर्ने भएको छ । यस्तै खप्तड आदर्श क्याम्पस, देहीमाण्डौं र सुदूरपश्चिम विश्वविद्यालय मातहतको सिताराम क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गर्नेछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केदार ज्योति पुञ्ज क्याम्पस बिपी नगर, दिपायल क्याम्पस दिपायल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको सेती महाकाली क्याम्पस जोरायलमा अखिल क्रान्तिकारीले नेतृत्व गर्नेछ । सहमति…

Read More

काठमाडौं – आइतबार माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले संयुक्त पत्रकार सम्मेलनबारे जानकारी दिए ।  मुख्य सचिव ढकालका अनुसार आइतबार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् । द्वन्द्वकालीन मुद्दाको निक्र्यौल गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नेगरी माओवादी पृष्ठभूमि भएका दल एकजुट भएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै शुक्रबार १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । 

Read More

तनहुँ – तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।  शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो । दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बाग्मति प्रदेश ०६-००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेमध्ये चार जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। यस्तै घाइते सात जनालाई काठमाडौंस्थित ट्रमा अस्पतालमा पठाइएको छ ।  चालक नवीन राईको तनहुँमै उपचार भइरहेकको छ ।

Read More

अत्तरिया – कैलालीको चुरेमा तेस्रो पालिका स्तरिय अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । चुरे गाउँपालिकाको आयोजनामा चुरे गाउँपालिका(१ घरखेडा कैलालीमा फागुन २५ गते देखि सुरु भएको उक्त प्रतियोगिता २७ गते शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष तर्फ चुरे १ प्रथम, चुरे १ बि टिम द्वितीय र चुरे ६ ए टिम तेस्रो भएका थिए । उक्त भलिबल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार नगद पुरुस्कार मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै महिला तर्फ चुरे २ खैराला प्रथम, चुरे १ पलडी टिम द्वितीय र…

Read More

काठमाडौं – नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तोलाले उजुरी दर्ता गराएका हुन् । संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्नेमा पुरुष रहेकाले उजुरी दिएको एमालेले जनाएको छ । जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशङ्कामा प्रमीला यादवलाई पनि उम्मेदवार उठाएको छ ।

Read More

कञ्चनपुर – नेपाली सेनाद्वारा कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित ‘दोस्रो शुक्ला–दोधारा चादँनी साइकल यात्रा’ को उपाधि भीमदत्त नगरपालिका–३ का भुवन विष्टले जितेका छन् । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र यहाँस्थित श्रीदल गुल्मको संयोजनमा भएको उक्त खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दूरी एक घण्टा ३५ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै विष्टले उपाधि जितेका हुन् । उनी गत वर्ष आयोजित प्रतियोगिताको पहिलो संस्करणको समेत उपाधि विजेता हुन् । उपाधि विजेता विष्टलाई नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले साइकल, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरे । ‘स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ यहाँका…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सोही अवधिमा ३ हजार ९८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो। हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ ।

Read More

धनगढी – कैलालीमा एक जना मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ लालपुरमा एक जनाको शव फेला परेको हो । लक्ष्मी सामुदायिक वनमा करिब ६० वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ। शनिबार बिहान जंगलमा घाँस काट्न गएका बेला शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

डोटी: दिपायल पिपल्ला बजारस्थित एक होटलमा आगलागी भएको छ। शुक्रबार साँझ ७ बजे चाउमिन पकाउने क्रममा ग्यास लिक भएर मनकामना होटलमा आगलागी भएको हो। प्रहरीका अनुसार आगलागीबाट होटलको भान्सा तथा काउन्टरमा रहेका पुरै सामान जलेर नष्ट भएको छ। होटलसँगै जोडिएको गिताञ्जली सुनचाँदी पसलमा पनि आगोले छोएको थियो। समयमै आगो नियन्त्रणका लागि स्थानीय खटिएपछि थप क्षती हुनबाट बचेको छ।

Read More