काठमाडौँ – आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई ४२ रनले हराएको छ । नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १ सय ८७ रनमा अलआउट हुँदै रनमात्र बनाउन सक्यो । यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनायो । ६८ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा…
Author: Saru Shrestha
काठमाडौँ- ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ । मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उक्त घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासले बताए ।
काठमाडौँ – क्यानडामा सरकारी उपकरणमा सामाजिक सञ्जाल टिकटक चलाउन प्रतिबन्ध लगाइएको छ । क्यानडाका प्रधानमन्त्रीले आइतबार संघीय कर्मचारीले सरकारी काम-कारबाहीका लागि प्रयोग गर्ने विद्युतीय उपकरणमा टिकटक चलाउन नपाउने बताएका हुन् । गएको हप्ता युरोपियन युनियनले साइबर सेक्युरिटीका कारण सरकारी कर्मचारीले प्रयोग गर्ने विद्युतीय उपकरणमा टिकटक चलाउन अस्थायी रूपमा प्रतिबन्ध लगाएको थियो । अमेरिकामा पनि आधाभन्दा बढी राज्य र काँग्रेसले आधिकारिक सरकारी उपकरणमा टिकटक चलाउन प्रतिबन्ध लगाइएको छ । संघीय कर्मचारीलाई उनीहरूको कामका उपकरणहरूबाट एप हटाउन ३० दिनको म्याद समेत दिइएको छ । टिकटक बाइटडान्स नामक कम्पनीको स्वामित्वमा रहेको एप हो । उक्त चिनियाँ कम्पनीको मुख्यालय सिंगापुरमा अवस्थित छ । टिकटकले…
काठमाडौँ – ८ दलीय गठबन्धनले संक्रमणकालीन न्यायलाई चाँडै टुङ्गोमा पुर्याउने निष्कर्ष निकालेको छ । आइतबार बालुवाटारमा बसेको बैठकले संक्रमणकालीन न्यायको विषय संवेदनशील भएकाले चाँडै टुङ्गोमा पुर्याउनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चालु संसद्मै प्रस्तुत गर्ने पनि निर्णय गरेको छ ।
काठमाडौँ – कतारको राजधानी दोहामा अतिकम विकसित मुलुक (एलडीसी)को पाँचौँ सम्मेलन मार्च ५ देखी ९ सम्म भइरहेको छ । उक्त सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल दोहामा रहेको छ । उक्त कार्यक्रममा कतार आएको बेलामा गैर आवासीय नेपाली सङ्घ कतारले उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको कार्यदललाई स्वागत कार्यक्रम राख्दै नेपाली समुदायका अनुभव, आफ्ना समस्या र मागहरू राखेको छ । नेपाल सरकारको प्रतिनिधित्व गर्दै कतार पुगेका मन्त्री श्रेष्ठसहितको सरकारी टोली समक्ष एनआरएनए उपाध्यक्ष आरके शर्माले विदेशबाट पठाएको ७० प्रतिशतभन्दा बढी रेमिट्यान्स अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेकोले सही सदुपयोग गर्नु आवश्यकता रहेको बताएका छन् ।…
काठमाडौँ -नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा नेपाल सरकारले ध्यानाकर्षण भएको जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रमा कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय खोल्न लागेको भन्ने कुरा भ्रमपूर्ण भएको बताएकी छन्। उक्त क्षेत्रमा चीनलाई लक्षित गरी भारतले विश्वविद्यालय खोल्न लागेको समाचार प्रकाशित भएको थियो। शनिबार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतलाई विश्वविद्यालय खोल्न दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनविरुद्ध गद्दारी गरेको बताएका थिए। मन्त्री शर्माले उक्त ठाउँमा विश्वविद्यालय खोल्न सहयोग गर्न…
काठमाडौँ – भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्याङ्करको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसावट गरिएको थियो भन्ने चाहिँ नखुलेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमको केन्द्रीय ल्याबको रिर्पोटलाई आधार मानेर निगमले ती डिजेलको गुणस्तर परीक्षण भारतीय आयल कर्पोरेसन (आईओसी) मा गर्ने तयारी भइरहेको उपाध्यायले बताए । मिसावट पुष्टि भएपछि चार वटै ट्याङ्कर र यसका चालक एवम् व्यवसायीलाई कारबाहीको तयारी भइरहेको उपाध्यायले बताए ।…
महोत्तरी – माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले मुलुकलाइ द्वन्द्वतर्फ धेकेल्न केही सक्ति लागिपरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डविरुद्ध भएको फैसलालाइ संकेत गर्दै उपमाहासचिव पोखरेलले टिम बनाएर केही तत्त्व समस्या बल्झाउनेतर्फ लागेको आरोप लगाए । आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसगँ कुरा गर्दै उनले संक्रमणकालिन न्यायका काममा ढिला भएको स्विकार गर्दै तीव्रतापूर्वक यी कामलाई टुंगो पुर्याउनुपर्ने तर्क गरे । ‘द्वन्द्वको दुवै पक्षमा परेका समस्यालाई शान्ति प्रक्रियाका राजनीतिक शक्ति मिलेर हल खोज्नुपर्छ,’ उनले भने । कांग्रेससहितको ८ दलीय गठबन्धनमा कुनै शंका नगर्न पनि उपमाहासचिव पोखरेलले आग्रह गरेका छन् । राष्ट्रपति निर्वाचनपछि राजनीतिक समिकरण परिवर्तन हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘नेपाली कांग्रेस ठूलो गल्ति गरेर ब्युझिएको छ, फेरि एमालेको उक्साहटमा लाग्दैन र पुराना गल्ति दोर्याउँदैन ।’…
काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध रिट दर्ता गर्न दिइएको सर्वोच्च अदालतको आदेशमा द्वन्द्वपीडितले न्याय पाउनुपर्ने विषय अनन्तकालसम्म अल्झाइ राख्न नहुने उल्लेख गरिएको छ । माओवादी अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रममा सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १७ हजारमध्ये पाँच हजारको नैतिक जिम्मेवारीले आफूले लिने बताएका थिए । त्यसैलाई आधार बनाएर रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान र विजय श्रेष्ठ लगायतले गत कात्तिक २४ गते सर्वोच्च अदालतमा रिट दिएका थिए । उनीहरूले दाहाललाई पक्राउ गर्न माग गरेकोमा त्यसलाई सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरेको थियो । त्यस विरुद्ध उनीहरूले सर्वोच्चमा निवेदन दिएका थिए । उनीहरूको…
दार्चुला – दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ । जिल्लाको महाकाली नगरपालिका–५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको हो । शनिबार दिउँसो भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिज लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने खुलेको छैन । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको बताउँदै प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।