Author: Saru Shrestha

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत डेढ दर्जन उपसचिवको सरुवा तयारी गरिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि लागू भएको आचारसंहिता समाप्त भएसँगै कर्मचारी सरुवा गर्ने क्रममा उपसचिवको फाइल उठेको मन्त्रालय स्रोतले जनाएको छ । सरुवा गरिन लागेका उपसचिवहरूमा अधिकांश प्रमुख प्रशासकीय अधिकृत रहेको जनाइएको छ ।

Read More

धनगढी – यही चैत्र १० गते धनगढीमा हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नारी साहित्य सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो । साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन् गर्ने जानकारी दिए । उनले सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने जानकारी दिए । उनका अनुसार सम्मेलनमा समारोहमा साहित्यिक प्रतिभा झमक घिमिरेलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने छ । सम्मेलनमा…

Read More

काठमाडौँ – सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ । बालुवाटारमा बुधबार साँझ बसेको बैठकले चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको हो । बैठकमा भागबन्डाबारे भने छलफल नभएको बताइएको छ ।

Read More

धनगढी : हालै बढुवा भएका विवादित एआइजी श्यामलाल ज्ञवालीले फूली थापेका छन्। आज (बुधवार) श्यामलालले आइजीपी धिरजप्रताप सिंहबाट फूली (दर्ज्यानी चिन्ह) थापेका हुन्। यसअघि कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा कार्यरत डिआइजी श्यामलालको सोमवार बढुवा भएको थियो। बढुवा भएपछि विवादित बनेका श्यामलाले विवादकै बीच एआइजीको फूली थापेका हुन्। यता श्यामलालविरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको कार्यालयले भने छानबिन गर्न भन्दै गृहमन्त्रालयलाई पत्राचार गरेको छ। इन्सपेक्टरमै डिस्क्वालिफाइड हुनुपर्ने ज्ञवालीविरुद्ध उजुरी परेको र सो उजुरीमा छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिदै अख्तियारले गृहलाई पत्राचार गरेको हो। यस्तै आजै प्रहरी प्रधान कार्यालयमा पनि श्यामलाल माथी कारबाही गर्न भन्दै पत्र पठाइएको छ। यस्तो छ…

Read More

मकवानपुर- बागमती प्रदेशसभाको आजका लागि अपराह्न गरिएको बैठक स्थगित छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश चैत १० गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने भनिएको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकोमा नेपाली कांग्रेसको अनुरोधमा स्थगित गरिएको हो । कांग्रेसको आज बैठकमा उपस्थित हुन नसक्ने अनुरोधपछि चैत १० गतेको समय माग भएअनुरुप सत्ता पक्ष र प्रतिपक्षको सहमतिमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । गत पुस २६ गते नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (माओवादी केन्द्र)…

Read More

झापा- कोशी प्रदेशका कामदार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक प्रदान गरिने भएको छ । नेपाल व्यापार कर्मचारी सङ्घ युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशबीच ११ बुँदे समझदारी भएसँगै प्रदेश भरका कामदार तथा कर्मचारीले न्यूनतम पारिश्रमिक पाउने भएका हुन् । समझदारी पत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका तर्फबाट अध्यक्ष टीकाराज ढकाल र युनिकम नेपालका तर्फबाट गजेन्द्रबहादुर पौडेलले हस्ताक्षर गरेसँगै प्रदेश भरका मजदुर तथा कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउने भएका हुन् । कर्मचारी र उद्योग व्यवसायीका बीचमा सुमधुर सम्बन्ध बनाउँदै कामदार तथा कर्मचारीका हितमा कार्यरत युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षबीच समझदारी पत्रमा हस्ताक्षरसँगै सो पत्रसमेत…

Read More

चितवन- हरेक वर्ष चैतेदसैंमा मनाइने विक्रमबाबा मेला सुरु भएको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मंगलबार पूजा भएपछि मेला सुरु भएको हो । मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् । साथै घैलाघारी सामुदायिक वनले पार्किङ व्यवस्थापनको जिम्मेवारी लिएको छ । यस वर्ष चार लाख भक्तजनले मेला भर्ने अनुमान गरिएको छ । केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अर्जुन भूजेलका अनुसार पूजा व्यवस्थापनका लागि २८ सदस्यीय समिति गठन गरिएको छ । मन्दिरमा पूजा गर्ने समय बिहान…

Read More

बारा – जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने बताएका छन् । जनमतले संघमा नेकपा (माओवादी केन्द्र) र मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेतृत्वको सरकारलाई साथ दिएको छ । बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत माविमा पार्टीले बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले उपनिर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले भेटेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीले बढुवा भएका एआईजीहरूलाई बधाई दिँदै सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बढुवा भएका सबै अधिकृतहरू सङ्गठन र सरकारको छवि उच्च बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

Read More

दार्चुला – चरेससहित भारतमा दुई नेपाली पक्राउ परेका छन् । उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल नयाँबस्तीबाट महाकाली नगरपालिका–६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका–१ पिपौलचौरीका २६ वर्षीय रवि कुवँरलाई पक्राउ गरेको हो । तीन किलो ६८० ग्राम चरेशसहित उनीहरूलाई सोमबार बेलुकी ७ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ । बरामद गरिएको चरेश दार्चुला नाकाबाटै भारत लगिएको आशङ्का गरिएको छ । भारतको धारचुला क्षेत्रमा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको…

Read More