Author: Nisha Shrestha

काठमाडौँ– उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ’, सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले भने , ‘मतपत्र पनि केन्द्रमा आइसकेको छ ।’ संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्ने छन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश…

Read More

काठमाडौँ– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले समृद्धिका लागि दुवै राष्ट्र मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। कतारमा भएको अतिकम विकसित मुलुकको सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको स्मरण गर्दै उनले नेपाल र बंगलादेश नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गरे । दूरीका हिसाबले बंगलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको उनको भनाइ थियो । भेटवार्ताका क्रममा राजदूत चौधरीले नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गरेका थिए । उनले नेपालमा राजदूत भएर आएको दुई वर्ष भइसकेको बताउँदै नेपाल र नेपाली…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेश जाने युवाहरूलाई दुख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् । उनले भने, “वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ । कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।”

Read More

काठमाडौँ – भारतको अरूणाञ्चल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ। अरूणाञ्चल प्रदेशको बमदिला नजिक चिता हेलिकप्टर बिहीबार दुर्घटनामा परेको इन्डियन एक्सप्रेसले जनाएको छ। हेलिकप्टर केही घण्टा अगाडि नै हराएको थियो। हेलिकप्टरले एटिसीसँग आज बिहान सवा ९ बजे नै सम्पर्क गुमाएको थियो। भारतीय सेनाका अनुसार हेलिकप्टर पश्चिमी बमदिला मण्डला क्षेत्रमा दुर्घटना भएको हो। उक्त हेलिकप्टरमा लेफ्टिनेन्ट कर्नेल र मेजर सवार थिए। उनीहरूको खोजी र उद्धारको काम थालिसकेको सेनाले जनाएको छ।

Read More

काठमाडौँ – नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ । जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ । निगमका एक अधिकारीले मूल्य घटेको आएपनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताए । हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १७५ रुपैयाँमा रहेको छ ।

Read More

काठमाडौँ – सभामुख देवराज घिमिरेले सरकारी निवासको चाबी बुझेका छन् । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बुधबार सरकारी निवासको चाबी लिइएको हो । सभामुखका लागि बालुवाटारमा सरकारी निवास खाली भइसकेको छ । सभामुखका लागि तोकिएको सरकारी निवासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्दै आएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा पदबाट हटेपछि अध्यक्ष तिमिल्सिना सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा सरेका थिए । त्यसपछि सभामुख भएका अग्नि सापकोटालाई लैनचौरस्थित अर्को सरकारी निवासमा राखिएको थियो । सभामुख घिमिरेले भने लैनचौरस्थित निवासमा बस्न चाहेनन्, बालुवाटारमै बस्ने चाहना राखे । तर, राष्ट्रिय सभाका अध्यक्षका लागि अर्को ठाउँको व्यवस्थापन नभएपछि बालुवाटारमै मुख्य…

Read More

काठमाडौँ – उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चीनको बेल्ट एण्ड रोड (बीआरआईं) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन नेपाल सरकार दृढ रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्ष: नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सो परियोजनाको कार्यान्वयनमा केही ढिलाइ भएको स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । उनले सो परियोजनाको सफल र शीघ्र कार्यान्वयनमा नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले सो…

Read More

काठमाडौँ – आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो। युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुआत गरेको छ। पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको छ। पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शून्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए। यस्तै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए। जुनाइद सिद्धिकिको बलमा उनी आर्यन लक्राबाट क्याच आउट भए।चौथो स्थानमा रहेको नेपालको ३८ अङ्क रहेको छ। आजको…

Read More

काठमाडौं – निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ । उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति जारी गरी सो ध्यानाकर्षण गराएको हो । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको विज्ञप्ति मार्फत स्मरण गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा यस अवधिमा निर्वाचन…

Read More

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सर्नुभएको छ । उहाँ आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सर्नुभएको हो । नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सर्नुभएको उहाँको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा पुग्नुहुनेछ ।

Read More