Author: Nisha Shrestha

काठमाडौं – सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय…

Read More

पोखरा – फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो । “केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उहाँले भन्नुभयो, “ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन ।” यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो । ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका…

Read More

काठमाडौँ – उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्रीको शपथ लिने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् । ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ’, उनले ट्वीटरमा लेखेका छन्, ‘जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !’ राप्रपा ३ मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुँदै छ ।

Read More

काठमाडाैं – सर्वसाधारणका लागि कालिञ्चोक दर्शन लिमिटेडले आज (मंगलबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका कामदारका लागि आइपिओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा जारी गरेको हो। कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रूपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरिसकेको छ। बाँकी रहेको सेयरमध्ये ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा छुट्याएको…

Read More

गण्डकी – आइतबार पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ लगिने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । दुर्घटनामा सवार ७० जनाको शव प्राप्त भएको छ भने दुई जना अझै हराइरहेका छन् । पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव यहीँ नै आफन्तलाई बुझाउन लागिएको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच हिजो विशेष भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट संम्बोधन भइआएका विषयहरु र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखेका थिए । यस्तै, संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे जानकारी गराउँदै ती कठिनाईलाई तत्काल…

Read More

महेन्द्रनगर – तेस्रो पटक भएको मतदानबाट सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् । माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान भएकाे मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । कुल ५३ जना प्रदेशसभा सदस्य रहेकाेमा मंगलबार भएकाे मतदानमा ५२ मत खसेकाे थियाे ।भण्डारीले २९ मत प्राप्त गरेका हुन् । कांग्रेसका उम्मेदवार मानबहादुर रावलले भने २३ मत ल्याए । यसअघि पहिलाे चरणमा रावललाई सभामुख पदमा निर्वाचित गरियाेस् भन्ने प्रस्तावकाे पक्षमा २० र विपक्षमा २८ मत परेकाे थियाे । कांग्रेसका दिवानसिंह, गिता चाैधरी र ललिता सुनार निर्धारित समयमा बैठकमा उपस्थित हुन नसक्दा रावलले तीन मत…

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् ।

Read More

चितवन – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उनले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे । चितवनमा निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन आएका मन्त्री श्रेष्ठले सोमबार साँझ सडक डिभिजन कार्यालयको निरीक्षण गरेका थिए ।  उनले यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो मापदण्ड पालना गरी गुणस्तरसहित सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिए । चितवन देशकै केन्द्र भागमा पर्ने भएकाले यहाँबाट विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउन उनले निर्देशन दिए । उनले देशभरका योजना समयै…

Read More

काठमाडाैं – अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जान लागेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार मन्त्री र एक राज्यमन्त्री गरी पाँच मन्त्रालय पाएकाे छ । उपप्रधान तथा उर्जामन्त्रीमा अध्यक्ष लिङ्देनकाे टुङ्गाे लागेकाे छ भने अन्य तीन मन्त्रीहरूमा: धवल शमशेर, धुर्वबहादुर प्रधान र विक्रम पाण्डे रहेका छन्। एक जना राज्यमन्त्री काे बन्ने भन्ने टुङ्गाे लगाउन बाँकी रहेकाे राप्रपाले जनाएकाे छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुङ्ग्याएको छ हाे। जसअनुसार राप्रपाले चार मन्त्रालय पाएको छ भने एक राज्यमन्त्रालय पाएकाे छ। नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ।

Read More