Author: Nisha Shrestha

काठमाडौँ – सात संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आयोगहरूमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् । बिहीबार सिंहदरवारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरूले संयुक्त रूपमा प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । भेटमा आयोगका अध्यक्षहरूले आ–आफ्नो आयोगमा भएका समस्याहरू प्रधानमन्त्री समक्ष राखेका छन् । भेटपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरूले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्यून भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्री समक्ष राखेको बताए। उनले आयोगहरूमा स्रोत, साधन…

Read More

काठमाडौँ – एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी २३औँ महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान सुरु भएको हो । अहिले प्रज्ञामा आठ वटा मेसिनबाट मतदान भइरहेको अध्यक्ष मण्डलका सदस्य एवं एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए । अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ । भावी नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला र मोती विक तथा महासचिव समिक बडाल चुनावी मैदानमा छन् ।

Read More

काठमाडौँ – राष्ट्रिय सभाका सांसद्हरूले संसद्लाई ‘बिजनेस’नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरूको कार्यशैलीप्रति नै असन्तुष्टि जनाए । बिहीबार सिंहदरवारमा आयोजित राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले बैठक भनेर समय बिताउने मन्त्रीहरूको तौरतरिका ठिक नभएको बताए । सांसद दाहालले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरूको गम्भीर ध्यानाकर्षण गराए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद्लाई ‘बिजनेस’नै दिन नसकेको भन्दै…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्यास सिलिन्डर विस्फोटमा गम्भीर घाइते भएका नेपाली काँग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छन् । विस्फोटमा परेर निधन भएकोमा उनकी आमा हरिकला भण्डारीप्रति प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन् । गएराति आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमाको शरीर जलेको थियो । चन्द्रको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीर जलेको थियो । आमा हरिकलाको निधन भइसकेको छ । सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको छ ।

Read More

काठमाडौँ- ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको हो। उनको उपचार टिममा डा. प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा. बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) दिनेश राई, (प्यारामेडिक्स इआर), सागर महर्जन, (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) उपचार टोलीमा सहभागी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बुधबार राती बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ। नेता…

Read More

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताएका हुन् । उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउनुपर्ने बताए । उनले कर्मचारी र कैदीबन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा कानून बनाएर आम मतदातालाई दिइनुपर्ने बताए । यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको संख्या बढ्ने उनको भनाइ छ । प्रमुख निर्वाचन आयुक्त…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ग्यास सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको उपचारमा कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्। गए राति बुद्धनगरमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सांसद भण्डारीकी आमाको आज बिहान निधन भएको थियो। सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजान कीर्तिपुर अस्पतालले सिफारिससमेत गरेको छ। उनलाई मुम्बईस्थित नेशनल बर्न्स अस्पतालमा उपचारका लागि लैजाने तयारी छ। श्री एयरलाइन्समार्फत आज दिउँसो भण्डारीलाई मुम्बई लैजाने तयारी छ। ओलीले भण्डारीको स्वास्थ्य लाभ कामना गरेका छन्। ‘एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर…

Read More

काठमाडौं – नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुन केही समय मात्र बाकी रहदा सुदूरपश्चिमका डिआइजीविरुद्ध परेको उजुरी नियोजित रहेको चर्चा हुन थालेको छ। महानिरीक्षक धिरजप्रताप सिंह अनिवार्य अवकाश नजिक रहेका बेला अर्को फन्डा ल्याइएको छ, प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र र अन्य केही आरोप। हरेक प्रहरी महानिरीक्षकको नियुक्त हुने समय नजिकिएसँगै सञ्चारमाध्यममा आउने यस्ता समाचार पनि सामान्य नै बन्ने गरेका छन् । संगठनमा २८ वर्ष सेवा गरिसकेको व्यक्ति जब नेतृत्वका लागि तयार हुँदै गर्छ, तब संगठन भित्र र बाहिरबाट आक्रमण हुनु नौलो देखिएन । संगठनका अहिलेसम्म अब्बल सावित भएका डिआईजी सिंहविरुद्ध चरित्रहत्या गर्ने किसिमको आरोपसहित अख्तियार दुरुपयोग…

Read More

सुर्खेत – कपुरकोट गाउँपालिका सल्यानले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिएका छन् । बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ। उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए। पालिकाले गर्भवती महिलाको अवस्था बारे बुझ्दा १२० जना गर्भवती पहिलो गर्भ परीक्षण गराउन आएकोमा ३५ जना २० वर्षमुनिका रहेको पाइएपछि यो नियम लागू गर्न बाध्य भएको उनको…

Read More

काठमाडौँ – उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले सत्ता समीकरण बदलिहाल्ने आफूहरूको चाहना नभएको बताएका छन् । तर राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसलाई समेत समेट्ने गरी सहमति खोज्न चाहेको बताए । बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले समीकरण बदल्ने आफूहरूको चाहना नभएको र आफूहरूका कारण यो परिस्थिति सिर्जना नहुने बताए । तर प्रधानमन्त्रीले विश्वासको मत माग्दै अधिकांश दलले मत दिएकाले राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमति चाहेको उनले बताए । केही दलले त गठबन्धन भत्काउन खोजिएको भनेका छन् नि भन्ने प्रश्नमा उनले कसैले चाहेर मात्र गठबन्धन नभत्किने बताए । सरकार चलाइरहेका दलहरूले सही दृष्टिकोण, नीति र कदम…

Read More