Author: Nisha Shrestha

काठमाडौँ – अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदैछिन्। नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार दुई दिन काठमाडौँमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग राजनीतिक भेटवार्ता गर्नेछिन्। नयाँ सरकार बनेपछि अमेरिकी अधिकारीको यो पहिलो उच्चस्तरीय भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए। ३३ वर्ष कूटनीतिक सेवामा बिताइसकेकी नुल्याण्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Read More

दोधारा चाँदनी – कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निर्माणाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निर्माण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ । यो नाका सञ्चालनमा आएपछि भारतका औद्योगिक सहर सहज पहुँच हुनेछ ।  विसं २०७४ मा सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण सम्पन्न गरिसकेको छ । तीन अर्बको लगानीमा बनेको यो पुलसँगैको पहुँच मार्ग र पर्यटकका लागि चार मानव निर्मित ताल निर्माणाधीन अवस्थामा छन् ।…

Read More

चितवन – नेपाल प्रहरी शिक्षालय भरतपुरमा साढे ५ करोडको लागतमा नयाँ प्रशासनिक भवन बन्ने भएको छ । सो भवनका लागि टेन्डर आह्वान भएर कस्मिक निर्माण सेवाले भवन बनाउने ठेक्का पाएको हो । कस्मिकले साढे ३ तला भवन बनाउन ५ करोड ३२ लाख ९१ हजारमा १५ महिना भित्र काम सक्ने गरी ठेक्का लिएको हो । अहिलेको भवन जीर्ण, साँघुरो तथा प्रशासनिक कामकाज गर्न निकै समस्या भएकाले नयाँ भवन बनाउन लागिएको हो । प्रहरी प्रधान कार्यालयले ५० लाख रकम भवनका लागि चालु वर्षमा विनियोजन गरेर निकासा गरेको छ । बाँकी रकम पनि माग गरिएको छ । शिक्षालयमा रहेका सालका रुख जोगाउने गरी…

Read More

दमौली – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखे । संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, ‘राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली कांग्रेसले आफ्नो उमेदवारलाई जिताउन प्रयास गर्छ ।’ पार्टीले राष्ट्रपतिको उमेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उमेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए । ‘खासगरी नेकपा (माओवादी केन्द्र)ले कांग्रेसको उमेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो । किनभने पुष्पकमल दाहाल…

Read More

काठमाडौँ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन् । बिहीवार काठमाडौँमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदन सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्व प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन् । उनले राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरू पनि राजा जस्तै भएको टिप्पणी गरिन् । पूर्व प्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरूको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरू…

Read More

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरू छलफलमा जुटेको बताएको छ । काठमाडौँमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरू छलफलमा जुटेको बताएका हुन् । उनले भने, ‘नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार हामी अघि बढ्छौँ।’ बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

Read More

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रूपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले यस्तो धारणा राखेका हुन् । बिहीबार काठमाडौँमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले अनुगमन गर्न सक्छ कि सक्दैन ? भनी प्रश्न गरे । उनले सबै सञ्चार माध्यममा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरू स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न पनि काउन्सिललाई आग्रह गरे । ‘अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यमको रूपमा स्थापित हुन खोज्दै छन् । यिनलाई कहाँ, कसले हेर्ने हो…

Read More

काठमाडौँ – भारतको ७४ औँ गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । भारतीय राजदूतावास लैनचौरमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई चार करोड ६० लाख नगद र कम्बल वितरण गरी सम्मान गरेका छन् । सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गरे । दूतावासले विभिन्न २३ संस्थालाई १६ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गर्ने जनाएको छ । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन पढेर सुनाइएको थियो । दूतावासले सेवानिवृत्त सैनिकलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो । बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ।

Read More

काठमाडौँ- शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गरेका छन् । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गरेका हुन्। सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। ‘निर्माण व्यवसायीलाई काम गर्नका लागि कुनै अवरोध छैन’, मन्त्री पाण्डेले भने, ‘समस्या परेको खण्डमा सिधैँ हामीलाई भन्नुहोला।’ उनले पश्चिम चितवनका विभिन्न वडामा जनताबाट माग भएको योजनाको बारेमा पनि स्थलगत रुपमा जानकारी लिएका थिए। सघन शहरी तथा भवन निर्माण आयोजनाबाट भइरहेका विकास निर्माण र प्रगतिबारे पनि मन्त्री पाण्डेले जानकारी लिएका थिए।

Read More