Author: Nisha Shrestha

काठमाडौं – उपसभामुख इन्दिरा रानाले महिला हिंसा विरुद्धको आवाज महिला हिंसा निवारणका लागि प्रतिनिधित्व गर्ने हुनाले निरन्तर बुलन्द गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित महिला हिंसा निवारणका लागि नीतिगत प्रभाव पार्ने शैक्षिक प्रतिष्ठानसँगको अन्तक्र्रिया कार्यक्रममा उपसभामुख रानाले महिला हिंसा महिलाको मात्र समस्या नभई सामाजिक समस्या रहेकाले सबै पक्ष एकजुट भएर आवाज उठाएमा मात्र समस्या समाधान हुने बताउनुभयो । “सबै एकजुट भएमा मात्र महिला हिंसा निवारणमा टेवा पुग्छ । हिंसा विरुद्धमा चर्किएका आवाज निरन्तर रुपमा बुलन्द गरिरहनुपर्छ”, उहाँले भन्नुभयो ।उपसभामुख रानाले महिलाका अधिकारका लागि अठोट भएर लाग्नुपर्ने बताउनुभयो । आफूले अधिकारका लागि आवाज उठाउँदा सेवा सुविधा नपुगेर माग…

Read More

काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज श्रेष्ठलाई रास्वपाले कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “प्रतिनिधिसभा सदस्य पदमा विपक्षी मध्येका विन्दबासिनी कंसाकारलाई स्थापित गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ साल चैत २९ गते गरेको निर्णय र सोसम्बन्धी पत्राचार एवम काम कारबाही थप कार्यान्वयन नगरी हाल जे जस्तो अवस्थामा छ, सोही अवस्थामा राख्नु ।” अदाललते उक्त मुद्दामा छलफलका लागि श्रेष्ठ र रास्वपा दुवै पक्षलाई आगामी जेठ ५ गते बोलाएको…

Read More

कालीकोट- बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा भएको छ। सोमबार बिहान पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा गरेका हुन्। सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न जाँदा उनका आफन्तले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्। सोमबार बिहान ४ बजेतिर प्रहरी उनलाई पक्राउ गर्न गाउँमा पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव काफ्लेले जानकारी दिए। ‘स्थानीयले प्रहरीमाथि ढुंगा हानेका छन्, आरोपित हत्कडीसहित फरार भएका छन्,’ उनले भने, ‘जिल्ला सदरमुकामबाट ४ घण्टा गाडीमा गएर पनि ६ घण्टा हिँड्नुपर्ने ठाउँ हो, भागेकालाई खोज्न समय लाग्ने भएको छ।’

Read More

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि अहिले सङ्घीय संसद्मा यस विषयमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको बर्खे अधिवेशनको आइतबार भएको पहिलो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आव २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्नुभएको उक्त प्रस्तावउपर सदनमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहनुभएको छ । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावमाथि लगातार तीन दिनसम्म छलफलका लागि समय निर्धारण गर्नुभएको छ । जसअनुरुप आजको बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नुभएको हो । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख…

Read More

काठमाडौं – परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्ने पहल निरन्तर भइरहेको बताएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रतिनिधिसभामा लिम्पियाधुरा फिर्ताका लागि भइरहेको पहलबारे जानकारी माग गरेका थिए । सांसद सुवालले प्रश्न गरेपछि प्रतिनिधिसभाले परराष्ट्र मन्त्रालयलाई ‘नेपालको पूर्व, दक्षिण र पश्चिमतर्फ भारतसँगको खुला सिमानाको ६६८ ठाउँमा भइरहेको भारत अतिक्रमित नेपाली भूमि कहिले फिर्ता हुन्छ ? नेपाल–भारत सीमा विवाद समाधान नहुनुमा दोषी को–को हुन् ?’ भनी प्रश्न गरेको थियो । परराष्ट्र मन्त्रालयले प्रतिनिधिसभालाई पठाएको जवाफमा अतिक्रमित भू–भाग फिर्ता गर्ने सम्बन्धमा कूटनीतिक माध्यमबाट निरन्तर पहल भइरहेको उल्लेख छ । ‘सन् १८१६ को सुगौली सन्धिको धारा…

Read More

काठमाडौं – अमेरिकामा नर्सको अभाव भएको छ । कोरोना महामारीपछि करिब १ लाख जनाले नर्सिङ पेशा छोडेपछि पेशानै संकटमा पर्नसक्ने जोखिम रहेको आपतकालीन नर्स संघको भनाइ छ । यस संघमा ५० हजार भन्दा बढी नर्स आवद्ध छन् । ४५ वर्ष नर्सिङ पेशामा बिताएका अध्यक्ष टेरी फोस्टर भन्छन्-‘मैले आपतकालीन कक्षमा ४५ वर्ष बिताएँ । अब अर्को कुनै व्यक्तिको मुखबाट तपाईंले यत्तिका दशक बिताएको कुरा सुन्न सम्भवत सक्नुहुन्न’, उनले भने । कोरोना महामारीपछि पेशाप्रतिको आकर्षण नै घटेको फोस्टर बताउँछन् । सन् २०२३ मा एएमएन हेल्थ केयरले नर्सिङ पेशामा आधारित सर्भेक्षण गरेको थियो । १८ हजार नर्समा गरिएको सर्भेक्षणले पेशाप्रति वितृष्णा बढेको देखाएको…

Read More

बझाङ- बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका-७ गोरखाली खानडाँडाको । खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो । चिरापाणि (परिवारलाई चिनिने टोल)मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ । बस्तीभन्दा टाढा भए पनि खन्दै स-सानो बारी (जमिन) जोडेका रहेछन् । बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई…

Read More

काठमाडौँ – राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकी छन्। सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा छलफलमा सहभागी हुँदै सोमबार उनले यस्तो माग गरेकी हुन्। उनले नेपालमा पर्याप्त जनशक्ति रहेको र त्यसको सही उपयोग गर्न आवश्यक रहेको बताइन्। तत्काल मन्त्रालय बनाउन नसके स्वास्थ्य मन्त्रालयको छुट्टै विभागका रूपमा भने पनि स्थान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। सांसद पौड्यालले भनिन्, ‘हामीले बारम्बार भनिरहेका छौँ- ‘हामीसँग जनशक्ति छ, त्यसको उपयोग गर्नुपर्छ। जनशक्तिको उपयोग गर्न छुट्टै मन्त्रालय चाहिन्छ, अहिले मन्त्रालय नै राख्न सकिँदैन भने स्वास्थ्य मन्त्रालयको सानो डेस्क बनाएर…

Read More

काठमाडौँ- राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रबन्ध गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार नगर्दासम्म कुनै पनि परिवर्तन हुन नसक्ने बताए । सांसद गौतमले कृषि क्षेत्रको आमूल परिवर्तन नभइ देशको आर्थिक परिवर्तन र सुधार हुन नसक्ने भएकाले त्यसमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । बलिदान र त्यागबाट राजनीतिक व्यवस्था परिवर्तन भए पनि खास अर्थमा आर्थिक, सामाजिक अवस्थामा कुनै सुधार नभएकाले त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद नरबहादुर विष्टले कृषि क्षेत्रको…

Read More

धनगढी– सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारबारे प्रदेशस्तरीय नेताहरुले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता खगराज भट्ट, भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवालगायतले प्रदेशमा सरकार विस्तारबारे बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । माओवादी केन्द्रले प्रदेशमा आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालयमा चासो देखाउँदै आएको छ । यी मन्त्रालय नपाए तीन वटा मन्त्रालयमा माओवादीको प्रस्ताव रहेको बताइएको छ ।

Read More