Author: Nisha Shrestha

काठमाडौँ – सत्ता गठबन्धनका दलहरुले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने भएका छन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट प्रदेशसभाबारे छलफल गर्ने नेताहरुले बताएका छन् । गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको पहिलो बैठक साउन २३ गते बसेको थियो । त्यसयता लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।…

Read More

काठमाडौँ– विवेकशील साझा पार्टीले काठमाडौँ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उम्मेदवार बनाउने भएको छ । शनिबार काठमाडौँ क्षेत्र नम्बर २ का अगुवा, समाजसेवी, पार्टीका नेताहरू, व्यवसायी, प्रतिष्ठित नागरिक र सर्वसाधारणहरूको उपस्थितिमा थापाको उम्मेदवारी घोषणा गरिएको हो । धनेज थापा पिएचडी स्कलर हुन् । उनी लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकूलन– विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका छन् । पछिल्लो समय उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रूपमा काम गरिरहेका छन् ।

Read More

डडेल्धुरा – एकमात्र प्रतिनिधिसभा रहेको डडेल्धुरामा सत्तारुढ गठबन्धनबाट प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लड्ने निश्चित नै भइसकेको छ। उनका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीले सिट खाली राख्ने बताउँदै आएका छन्। तर माओवादी केन्द्रले भने प्रदेशसभाका दुबै र एकीकृत समाजवादीले एउटा सिटमा दाबी गर्दै आएको छ। काँग्रेस डडेल्धुराले भने प्रदेश र प्रतिनिधि सभामा गठबन्धन नगर्न केन्द्रीय समितिलाई आग्रह गरेको छ । यद्यपी मंसिर ४ मा प्रधानमन्त्री देउवालाई जिताउन पनि जिल्लामा गठबन्धन हुने चर्चा छ। त्यस्तो अवस्थामा प्रदेश ‘क’ मा माओवादी र प्रदेश ‘ख’ मा नेकपा एकीकृत समाजवादीको भागमा पर्ने सम्भावना बलियो रहेको समाचार स्रोतको दाबी छ ।…

Read More

काठमाडौँ– नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटन अर्थ राजनीतिको आरम्भ सार्वजनिक भएको छ । शनिबार आयोजित एक  कार्यक्रममा उक्त बुलेटिनको सार्वजनिक नेकपा एमालेका नेता शंकर पोखरेलले गरेका हुन् । 

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ७४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ४ हजार १२६ नमुना परीक्षणा गरिएको थियो, जसमा ७४ जनालाई संक्रमण पुष्टि भयो । ११६ जना संक्रमणमुक्त भएको छ । हाल देशभरमा १२८३ जना सक्रिय संक्रमित छन् पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ हजार १७ पुगेको छ ।

Read More

काठमाडौँ – नेपाली कांग्रेस संस्थापन इतर समूहले आयोजना गरेको खबरदारी सभा राजधानीमा सुरु भएको छ । सभापतिमा पराजित डा.शेखर कोइराला समूहले काठमाडौँमा ‘खबरदारी सभा’ आयोजना गरेको हो । पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा खबरदारी कार्यक्रम गरेको हो । कार्यक्रममा शेखर कोइरालासहित उनी पक्षका पदाधिकारी आएका छैनन् । केन्द्रीय सदस्य, जिल्ला सभापति, उनी पक्षीय भ्रातृ संस्थाका नेता र ४ मंसिरको चुनावमा उम्मेदवारको आकांक्षी रहेका नेताहरु सहभागी छन् । शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

Read More

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाँउदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवाहारको अपेक्षा गरेका छन्। “हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौं, दक्षिण एसियामा दिगो शान्ति र स्थिरता वाहेका छौँ तथापि यो कार्य भने जम्मू र कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ” उनले भने। भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ । “भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ। हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताएका हुन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । प्रचण्डले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’ संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको…

Read More

काठमाडौँ– शहरी विकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् । शनिबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले धोबीखोला करिडोरको केही स्थानमा मात्रै सडकको मापदण्ड मिचेर संरचना बनाएको पाइएको भन्दै मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन् । अनुगमनका क्रममा उनले सडक छेउमा रहेका आवतजावतलाई कठिनाइ हुने गरि पार्किङ नगर्न पनि आग्रह गरेका थिए । उनले धोबीखोला करिडोरको फुटपाथमा रहेका बिधुत प्राधिकरणको भूमिगत तारको बक्सहरूको कारण आवतजावतमा कठिनाइ भएको पाइएकाले यस विषयमा प्राधिकरणसँग छलफल गर्ने बताए । त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले केही समय अघि सडकमा रहेका निर्माण सामाग्री हटाइएपछि अहिलेको अवस्था बुझ्न अनुगमन गरिएको बताए । ढकालले धोबीखोला करिडोरको स्तरोन्नतिको काम भइरहेको जानकारी दिए । उनले धोबीखोला…

Read More

खोटाङ– चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाइ सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाडौं ओहोर-दोहार गर्ने सडक मर्मत तथा सरसफाइ सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बूलेन्स सञ्चालन एबं चाडवाडका समयमा सहज आवत-जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाइ सुरु गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँपालिका जोड्ने प्रमुख सडक सँगै गाउँपालिकाका ७ वडा जोड्ने सडक पनि मर्मत भइरहेको छ । कतिपय ठाउँमा जेसिभि पठाए र कतिपय ठाउँमा गाउँ प्रहरी परिचालन गरेर सडक मर्मत भइरहेको छ । स्वयं गाउँपालिका अध्यक्ष राई पनि सडक मर्मतमा खटिने गरेका छन्…

Read More