Author: Nisha Shrestha

काठमाडौँ – सिरहाकाको मिर्चैयामा गोली चलेको छ । मिर्चैया नगरपालिका-३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्युपछि अहिले प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास बुढाथोकीले बताए । भिड नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड ग्याँस सेल पनि प्रहार गरेको छ । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् । सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गए राति मृत्यु भएको थियो । पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट पिएपछि उनको मृत्यु भएको पीडित परिवार र विद्यार्थीहरूको आरोप छ । घटनाबारे…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर नभएको बताएका छन् । आइतबार बिहान सिंहदरवारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । सुरक्षा अङ्गको कार्यक्षमता पनि राम्रो भएको तर, राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमी र सरकारको भूमिकाका कारण सही व्यवस्थापन गर्न नसकिएको बताए । यस पटकको सही नेतृत्व र सही व्यवस्थापन गर्ने उनको दाबी छ । उनले भने, ‘हाम्रो कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर छैन । सुरक्षा अङ्गको कार्यक्षमता पनि राम्रो छ । तर, राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमी र सरकारको भूमिकाका कारण सही व्यवस्थापन गर्न सकिएको…

Read More

काठमाडौँ – केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ। नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागले जनाएको छ । उनका अनुसार राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको र कुनै पनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको समाधानका लागि प्राविधिक टोली झिकाइएको हो। टोली सोमबारसम्म नेपाल आइपुग्ने भएको छ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटीएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ । एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ । बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ । एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड…

Read More

काठमाडौँ – सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ। बिहान १० बजे नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेतहारू सहभागी हुँदैछन्। आजको बैठकमा प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने स्रोतले जानकारी दिएको छ। नवनियुक्त प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ले’ पुस २६ गते मंगलबार संसदमा विश्वासको मत लिँदैछन्। आजको बैठक मुख्यतस् सोही विषयमा केन्द्रित रहनेछ। प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो। प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन्। यस्तै, बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने…

Read More

काठमाडौँ – गुल्मीको रेसुंगा विमानस्थलमा आइतबार तारा एयरले डेमो उडान गरेको छ। रेसुंगा नगरपालिका स्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा आईतबार मध्यान्ह तारा एयरको ट्वीनअटर जहाज अवतरण गरेको हो।आईतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज ५० मिनेटमा रेसुंगा विमानस्थल पुगेको हो। उक्त विमानमा पूर्वमन्त्री प्रदीप ज्ञवाली, रामकुमारी झाक्री, प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, तारा एयर र नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारी थिए। रेसुंगा विमानस्थलमा पहिलो पटक तारा एयरले उडान भरेको खुसीयालीमा रेसुंगा नपनगरपालिका कार्यालयले आईतबार सार्वजनिक विदा दिएको छ। रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा सफलता पूर्वक परीक्षण उडान गरिएको र…

Read More

कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन९आइपिओ०को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ६० करोड को १८ प्रतिशतले हुने रु १० करोड ८० लाख बराबरका १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ…

Read More

काठमाडौं – सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो २५–६ ले जित्यो । तेस्तै तेस्रो सेट पुलिस क्लब २५–८ ले विजयी भयो । यस जितसँगै पुलिसले प्रतियोगितामा तीन अङ्क जोडेको छ । यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लब कृष्ण माध्यमिक एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ । आर्मीले कृष्ण माध्यमिक…

Read More

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेका छन्। आर्थिक अनियमिततामा मुछिएका सैनिक उपरथी प्रेम शाहीबारे छानबिन गर्न प्रधानसेनापति शर्माले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेको नेपाली सेनाका प्रवक्ता एवं उपरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। कोर्ट अर्फ इन्क्वाइरी गठन गरिएको कोर्ट अफ इन्क्वारीले उनीमाथि लागेको आरोपका विषयमा छानबिन गर्ने र सोही प्रतिवेदनका आधारमा उपरथी शाहीबारे कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए । उपरथी शाहीलाई गत पुस १९ गते सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो। पदमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लगेपछि शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको हो। उपरथी शाही पुस २० गतेबाट नियमित अवकाशमा जाँदै…

Read More

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको आज बागमती प्रदेशको दोलखामा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उहाँले समीक्षाका आधारमा आगामी दिनमा निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने बताउनुभयो । निर्वाचन निष्ठा, सिद्धान्त र विचारका आधारमा जितिने भएकाले कुनै पनि पक्षबाट हुने कानुनविपरीतका हर्कतलाई कसैले पनि समर्थन गर्न नसक्ने उहाँले स्पष्ट गर्नुभयो । “मतदाता नामावलीलाई शुद्ध बनाउन गाउँपालिकासम्म परामर्श गरी सुझाव लिइएको थियो । मृत्यु भएका र बसाइँ सरेकाहरूको नामावली अद्यावधिक गराइदिन…

Read More