Author: Nisha Shrestha

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार अपाङ्गता परिचयपत्र भएका आर्थिकरुपमा विपन्न परिवारका विद्यार्थीलाई माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने भएको हो । एनएलआर नामक गैरसरकारी संस्था र नगरपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नगरपालिकाका शिक्षा शाखाका नायव प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए । ‘नगरपालिकाको महिला तथा बालबालिका शाखामा छात्रवृत्तिका लागि निवेदन दिनका लागि सार्वजनिक सूचना आह्वान गरेका छौँ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘निवेदनसँगै जन्मदर्ताको प्रमाणपत्र, अपाङ्गत परिचयपत्रको प्रतिलिपि, सम्बन्धित विद्यालयको सिफारिसपत्र, वडाका कार्यालयको सिफारिस पेश…

Read More

धनगढी – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कैलालीको कमिटीमा विवाद देखिएको छ। एमालेले देशैभर २ महिने पार्टी सुदृढीकरण तथा ग्रास रुट अभियान चलाइरहेका बेला जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा भने गुट, फुट र विवाद देखिएको हो। स्रोतका अनुसार राष्ट्रिय युवा संघ नेपाल कैलालीका संयोजक शिवचन्द सोडारीले चिसापानीमा गुटसम्मेलन गरेपछि विवाद छताछुल्ल भएको हो। करीव १५/२० जनामात्र भेला गरेर जिल्ला सम्मेलनको नाम दिदै संगठनका केही कार्यकर्ता र पार्टीका जिल्ला कमिटीका केही अगुवा नेताहरु मात्रै सहभागी थिए। उक्त भेलाले विधानविपरीत जिल्लाका पदाधिकारी र सदस्यहरु एकलौटी रुपमा नियुक्त गरेको जनाइएको छ। यता, राष्ट्रिय युवा संघ नेपालका जिल्लाका आधाभन्दा बढी सदस्यहरु…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एसोसिएसनका अध्यक्ष एवं वर्ल्ड एथलेट्स्का सदस्य डह्लान अल-हमदले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ – राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । उनले सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गरेका हुन् । पूर्व सभामुख तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङ नेकपा ९एमाले०बाट राष्ट्रपति पदका उम्मेदवार छन् । नेम्वाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गरेका हुन् । राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्यहरूले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन् । उपराष्ट्रपति निर्वाचन चैत ३ मा हुँदैछ । राष्ट्रपति पदका लागि एमालेका नेम्वाङसँग काँग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्दैछन् ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई काठमाडौँको मीनभवन, आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ। सोमबार दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा उनीप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ। गत शनिबार शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। दिवङ्गत उपाध्याय पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाइ हुन्

Read More

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार फागुन २६ गते सङ्घ/सङ्गठन दर्ताको समय तोकिएको छ । २८ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, उम्मेदवारी दर्ताको समय १ चैतमा तोकिएको छ । चैत ८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानको समय क्याम्पसमा निर्वाचन समितिले तोके अनुसार हुने सक्ने सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि…

Read More

काठमाडौँ – यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो । यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा…

Read More

डोटी – डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ । पालिकाले सङ्घीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो । शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस् भन्ने उद्देश्यले वाइफाइ डिभाइस वितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताउनुभयो । उहाँले विद्यालयमा इन्टरनेट सेवा जडान हुँदा पढाइका साथै विद्यार्थीलाई नयाँ विषय वस्तुको बारेमा जानकारी गराउन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । बडीकेदार गाउँपािलकाअन्तर्गत ३२ वटा आधारभूत र नौ वटा माध्यमिक…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् । फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताए । मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रूपमा सम्पन्न बनाएको उल्लेख गरिएको उनले यसको संरक्षणबाट नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सबै समुदायका चाडपर्वले सम्पूर्ण नेपालीबीच एकापसमा सद्भाव कायम गर्ने हुँदा त्यसको महत्त्व र विशेषतालाई प्रवर्द्धनका लागि…

Read More

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे यही फागुन २५ मा हुने निर्वाचनका लागि फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र…

Read More