Author: Nisha Shrestha

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा प्रमुख दलहरु मिलिजुली एक–अर्कालाई जोगाउने काम हुन सक्ने संकत गर्दै त्यसो नगर्न चेतावनी दिएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै सांसद लामिछानेले उक्त चेतावनी दिएका हुन्। ‘शरणार्थीको काण्डमा ताप्केको बिँड तात्यो तर तात्दै गरेको ताप्के चाहिँ सेलाएको छ। यो ताप्के नेसेलाओस्। सिङ्गो देश र अन्तर्राष्ट्रिय क्षेत्रले हेरेको छ। दोषी कोही पनि नउम्कियोस्, मिलिजुली एक९अर्कालाई जोगाउने काम नहोस्,’ सांसद लामिछानेले भने,‘हामी यसलाई अत्यन्त नजिकबाट नियालिरहेका छौँ

Read More

काठमाडौं – सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो । यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन दिइएको छ । अत्यावश्यक र औचित्यपूर्ण अवस्थाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन पनि मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ । विदेश भ्रमणबारे निर्णय गर्नुअघि देशको वर्तमान आर्थिक संवेदनशीलता, चालू आर्थिक वर्षको अन्तिम र नयाँ…

Read More

महेन्द्रनगर – सरकारले कैलाली र कञ्चनपुर सीमा नाकामा बनाएका सुविधासम्पन्न होल्डिङ सेन्टर सञ्चालनबारे अध्ययन थाल्यो थालेको छ । धनगढी उप–महानगरपालिका–३ र भीमदत्त नगरपालिका–१८ मा एक/एक हजार शय्याका होल्डिङ सेन्टर निर्माण भएको लामो समय बितिसक्दा पनि प्रयोगहिन भएपछि सेन्टर सञ्चालनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली बनेर अध्ययन थालिएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार ‘एक हजार क्षमताको संरचनाको ३० प्रतिशत सेन्टरकै रूपमा र बाँकी लागूऔषध दुव्र्यसनीमा फसेकाका लागि पुनःस्थापन केन्द्र, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने सुझाव दिइएको छ। संघीय सरकारले नेपाली सेनामार्फत २०७८ सालमा धनगढी र गड्डाचौकी नाकामा होल्डिङ सेन्टर…

Read More

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गर्न शक्तिशाली आयोग गठनको माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले यस प्रकरणको निष्पक्ष छानविनका लागि पूर्वप्रधानन्यायाधीश संयोजकत्वमा निष्पक्ष, पार्दशी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका हुन् । केसीले अन्य मुलुकमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरू कारबाहीमा परेको भन्दै हाम्रोमा पनि यो घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

Read More

काठमाडौं – सरकारले हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा राखिने अमूर्त भाषाका सन्दर्भमा प्रश्न उठ्ने गरेको छ । सम्पादन गर्न सकिने वा नसकिने दुवै विषय राखेर तय गरिने कार्यक्रम र बजेट कार्यान्वयन हुन सकेको छैन । हरेक जसो बजेटमा कार्यान्वयन गरिनेछ, हुनेछ, प्राथमिकतामा राखिनेछ, जोड दिइनेछ भन्ने शब्दहरु धेरै रहने गरेका छन् । यस्ता शब्दले सरकारको प्राथमिकता कुन हो, ती विषय कार्यान्वयनमा जाने हुन् कि होइनन् भन्ने प्रश्न उठ्ने गरेका छन् । आम मानिसले उठाउँदै आएको र हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा राखिने यस्ता शब्द आगामी वर्ष समावेश नगर्न राष्ट्रियसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । सांसद…

Read More

धनगढी- कैलालीमा तीन किशोरी सम्पर्क विहीन भएका छन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर–९ जमनीपुरका तीन किशोरी तीन दिनदेखि सम्पर्क विहिन रहेका हुन्। तीनै जना यही वैशाख २३ गते साँझदेखि सम्पर्क विहिन रहेको इलाका प्रहरी कार्यालय हसुलियाले जानकारी दिएको छ। सम्पर्क विहिन हुनेमा कैलारी गाउँपालिका–९ जमनीपुर बस्ने १७ वर्षीया सुबिच्छा चौधरी, १४ वर्षीया अविच्छा चौधरी र १७ वर्षीया बबि चौधरी रहेको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज प्रहरी नायव निरिक्षक राजेन्द्रसिंह कार्कीले जानकारी दिए। तीनै जना शनिवार साँझ सात बजे घरदेखि कसैलाई जानकारी नदिइ भागेर गएको र आफन्तको घरमा समेत सोधपुछ तथा खोजतलाश गर्दा फेला नपरेपछि आफन्तहरुले इलाका प्रहरी कार्यालय हसुलियामा जानकारी…

Read More

धनगढी – कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा तीन जना घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–३ को कुचैनीमा आइतबार ४ बजेतिर सुपप्र०१००८प६२२९ र सुपप्र०१००९प१५९० नम्बरको मोटरसाइकल आपसमा ठोेक्किएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुुर्घटना ६२२९ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–३ का २६ वर्षीय जगत राना र अर्को मोटरसाइकलका चालक गोदावरी–२ बस्ने ३३ वर्षीय महेश विष्ट तथा पछाडी सवार २९ वर्षीय नारायणदत्त खत्री घाइते छन् । उनीहरुको हात,खुट्टा र मुखमा चोट लागेको भएपनि अवस्था खतरामुक्त छ । तीनै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Read More

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता व्यक्त गरेका छन् । जडीबुटी, वनजङ्गल तथा शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै सांसदहरुले ठेक्कापट्टामा रहेको समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद मायाप्रसाद शर्माले विकास निर्माणमा देखिएको समस्या समाधानका लागि विशेष प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । सांसद दिलकुमारी थापा रावलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर तीन प्रतिशतको हाराहारीमा रहने अवस्था आएको सन्दर्भमा ‘फराकिलो आर्थिक’ भन्ने विषय प्रष्ट नभएको बताउनुभयो । दैनिक ठूलो सङ्ख्यामा युवा विदेश पलायन भइरहेको सन्दर्भमा देशभित्रै रोजगारीको प्रबन्ध गर्न, निजी क्षेत्रको समस्या समाधानमा मनोबल बढाउन उहाँले…

Read More

भैरहवा – भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ । श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको थियो । तर, उडानको करिब १७ मिनेटपछि नै विमानमा केही प्राविधिक समस्या देखिए पनि पुनः गौतम विमानस्थलमा नै अवतरण (ल्यान्ड) गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । विमान ९ः ५७ बजे ल्यान्ड भएको हो । उडानको करिब १७ मिनेटपछि विमानमा इन्जिनियरिङ समस्या देखिएको जानकारी प्राप्त उनले बताए ।

Read More

काठमाडौं – प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले लुगा फुकालेका छन्। बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। सभामुख देवराज घिमिरेले सांसद सिंहलाई शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।

Read More