Author: Nisha Shrestha

दार्चुला – दार्चुला हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो । मङ्गलवार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । “पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन”, उनले भने । भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय…

Read More

धनगढी- बैतडीमा लडेर घाइते भएका एक जनाको धनगढीमा ज्यान गएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-२ थलालगाउँका ३२ वर्षीय हर्कसिंह थलालको मृत्यु भएको हो। गत चैत्र २७ गते घर जाने क्रममा गाउँ नजिकैको भिरबाट लडेका थलालको उपचारका क्रममा धनगढीस्थित सेती अस्पतालमा बुधबार मृत्यु भएको थियो। मृतक थलालका ३ वर्षीय छोरा र श्रीमती छन्।

Read More

धनगढी- कञ्चनपुरको पुनर्वासबाट प्रहरीले अवैध लागूऔषधसहित धनगढी, गोदावरी र बेलौरीका ३ जनालाई पक्राउ गरेको छ। बुधबार राति करिब साढे ९ बजेतिर पुनर्वास नगरपालिका –५ स्थित दोदा पुल नजिकबाट प्रहरीले ६ सय मिलिग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मटियारी बस्ने २५ वर्षीय प्रकाश राना, गोदावरी नगरपालिका–९ मरकट्टीका सुवास राना र बेलौरी नगरपालिका–६ रिछाहका १८ वर्षीय सागर राना रहेका छन्। उनीहरुको साथबाट प्रदेश नं ३–०२–००१ प ११४८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको बताइएको छ।

Read More

राम धामी डडेल्धुरा – वन विनास र तस्करीका कारण पटक-पटक चर्चामा आउने गरेको डडेल्धुराको भित्रिमधेस क्षेत्रमा हरिया सालका रुखहरु सुकाईन थालिएको छ । डिभिजन वन कार्यालय डडेल्धुराले हरिया रुख काटन रोक लगाएपछि काठ तस्करीमा संलग्न ब्यक्तिहरुले हरिया सालका रुखमा रिङ लगाएर सुकाउन थालेका हुन । वन क्षेत्रमा रहेका हरिया सालका रुखको फेदमा रिङ काटेर सुकाउने काम भइरहेको स्थानीय बताउछन । भित्रिमधेस क्षेत्रका अधिकांस सामुदायीक वन र राष्ट्रिय वन क्षेत्रमासमेत हरिया सालका रुखहरु सुकाउन थालिएको स्थानीय अगुवा हरिप्रसाद पनेरुले बताए । ‘कतिपयस्थानमा रुखको फेदमा रिङ काटेर सुकाईन थालिएको छ भने कतिपय वन क्षेत्रमा सालका हरिया रुखमा बर्माले प्वाल बनाएर हिङ राखेर…

Read More

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनसँग हतियार खरिद प्रकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँग नजोड्न आग्रह गरेकी छिन् । बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले खरिद गर्ने भनिएको हतियारको विषयमा रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव नआएको बताइन् । यसअघि सञ्चार माध्यममा सरकारले चीनसँग ६ अर्बको हतियार खरिद गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो । तर उनले यसबारे प्रस्ताव नै नआएकाले कुनै निर्णय नभएको सञ्चारकर्मीलाई बताइन् । यसले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुनै असर नगर्ने स्पष्ट पारिन् ।

Read More

काठमाडौँ – कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिएकी छन्। चर्चित हाँस्य टेली शृङ्खला ‘गाह्रो छ हो’की कलाकार दाहाल चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका एड्मिन भिक्टर पौडेल ९रुटिने०सँग विवाह बन्धनमा बाँधिएकी हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्य विनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् ।

Read More

धनगढी – कञ्चनपुरमा रोकिएको बससँग वीङ्गर ठोक्किदा १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका-२ मछेली पुल नजिकै सडक छेउमा रोकिएको से१ख११९४ नम्बरको बससँग से१ज ९५४ नम्बर वीङ्गर ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार घाइते मध्ये ७ जनाको अवस्था मध्यम छ भने ६ जना समान्य छन् । उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ । बस बिग्रिएर सडकमा रोकेका बेला वीङ्गरले पछाडिबाट ठक्कर दिएको हो ।

Read More

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाएको घटनामा मुछिएसँगै प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ । यसै घटनामा मुछिएकाले पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । यसअघि बुधबार नै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई गत सोमबार पक्राउ परेका थिए ।

Read More

काठमाडौँ – सरकारले विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले योसहित पाँचवटा निर्णय गरेको छ । बैठकले वैशाख २४ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र टिम अफिसियललाई जनही तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने, कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने, कोसीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितका…

Read More

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्व सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बधुबार नियन्त्रणमा लिएको हो । सचिव पाण्डेलाई पक्राउ गर्न पक्राउ पुर्जी नै जारी गरिएको थियो । आफुमाथि पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरी स्रोत बताउँछ । पाण्डे गृहसचिव हुँदा गृहमन्त्रीमा कांग्रेस नेता बालकृष्ण खाँण थिए । खाँणको समूहलाई समेत प्रभावमा पारेर ठगी गर्ने गिरोहले ठगी गरेको प्रहरीको दाबी छ । बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन नेकपा एमालेका सचिव टोपबहादुर…

Read More