Author: Nisha Shrestha

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीबीच भेटवार्ता भएको छ। शनिवार बिहान टीकापुरमा मुख्यमन्त्री शाह र चौधरीबीच भेटवार्ता भएको हो। स्रोतका अनुसार भेटमा मुख्यमन्त्री शाह र चौधरीबीच समसामयिक राजनैतिक घटनाक्रमबारे छलफल तथा कुराकानी भएको छ। यस्तै सुदूरपश्चिम प्रदेश सरकार र विश्वासको मतबारे पनि छलफल भएको हो। भेटमा मुख्यमन्त्री शाहले आफूलाई विश्वासको मत दिएर सहयोग गर्नुपर्ने आग्रह गरेका थिए भने रन्जिताले पनि पार्टीमा छलफल गरेर त्यो कुरा टुंगो लगाउने बताएकी थिइन्। यसअघि मुख्यमन्त्री शाहले रेशम चौधरीको परिवारलाई पनि भेटेका थिए। आज बिहान मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका टीकापुर…

Read More

काठमाडौं – राष्ट्रपति बिद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक माथी भएको हातपातको बिरोधमा माइतीघर काठमाडौंमा बिरोध प्रदर्शन भएको छ । ११ः३० मा बिरोध प्रदर्शन हुने भनिए पनि झन्डै १ बजे भएको सो प्रदर्शनमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै जम्मा भएका थिए ।

Read More

मुम्बई – शाहरुख खान अभिनीत पठानले बलिउडमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ। गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ। उक्त फिल्ममा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहम लगायतको भूमिका रहेको छ। उक्त फिल्मलाई समीक्षकहरूले ४.५ स्टारसम्म दिँदै ब्ल्कबस्टर सिनेमा भनेका छन्। बाइकट बलिउडविरुद्ध लडेर पठानले खस्किँदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरूको भनाई छ। पछिल्लो समयमा बलिउडमासमेत दक्षिण भारतीय फिल्महरूले राज गरेको २०२२ लाई शाहरुखको पठानले ऊर्जा दिएको समीक्षकहरूले टिप्पणी गर्दै आएका छन्।

Read More

काठमाडौँ – ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि कुटपिट गर्ने प्रहरीलाई २४ घण्टाभित्र कारबाही नगरे नेपाल चिकित्सक संघले कडा आन्दोलन गर्ने भएको छ। संघले डा.सिंहलाई आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न २४ घण्टाको समय दिएको हो। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ’ २४ घण्टाभित्र दोषीमाथि कानूनी कारबाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति नेपाल चिकित्सक संघले मिति २०७९ माघ २८ गते केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकको आयोजना गरी आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न सक्नेछ।’ संघले कुटपिट गर्ने प्रहरीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ अनुसार कारबाही गर्नसमेत माग गरेको छ। शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, स्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकासमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै उनले भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पु¥याउने बताइन् । ‘मुलुकको उच्चतम हित र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रूपमा लिइ कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुँदै जान्छ,’ उनले भनिन् । राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकहरूमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र विकास एकअर्काको परिपूरक रहेको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकार लागि परेको उल्लेख गर्दै जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा बोल्दैप्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासन र विकास एक अर्काका परिपूरक हुन् । जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध छ ।’

Read More

काठमाडौँ – आठौं संस्करणको आईसीसी महिला ट्वान्टी-२० विश्वकपमा श्रीलंकाले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा घरेलु टोलीमाथि श्रीलंकाले तीन रनको रोमाञ्चक जित निकाल्दै सुखद सुरुआत गर्‍यो । दक्षिण अफ्रिकाको केप टाउनस्थित न्युल्यान्ड क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमा समेटियो । जितसँगै २ अंकका साथ श्रीलंका समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । दक्षिण अफ्रिका भने अंकबिहिन रहँदै दोस्रो स्थानमा रहेको छ ।

Read More

दाङ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचन पछि यही सरकार कायमै रहनेमा आशङ्का व्यक्त गरेका छन् । आज प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पुरानो गठबन्धनबुतिनेनबुतिने यकिन भन्न नसकिए पनि यही समीकरण कायम नरहने सङ्केत देखिएको बताए । प्रतिपक्षमा रहने भए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले किन विश्वासको मत दिएको भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले यो प्रश्नको जवाफ राष्ट्रपतिको निर्वाचन पछि मात्र दिन सकिने बताए । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनले आशय थियो ।

Read More

काठमाडौँ – प्रहरीबाट कुटिएका चिकित्सकमाथि कुटपिट गर्नेलाई तत्काल कारबाही गरिनु पर्छ भन्दै सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् । राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले कारबाही गरिनु पर्ने बताएका हुन् । उनले भनेका छन्, ‘’राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भर्त्सना गर्दछु,’ ‘साथै सम्माननीय राष्ट्रपति यो विषयमा चिकित्सकसँग माफी माग्न हार्दिक अनुरोध गर्दछु ।’’ राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसद्लाई सम्बोधन गरेर फर्किँदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो । चिकित्सक सर्जरी सकेर फर्किँदै थिए । राष्ट्रपतिको सवारीका…

Read More

काठमाडौँ- सर्वोच्च अदालतले निर्वाचना आयोगलाई कारण देखाऊ आदेश जारी गरेको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनमा भाग लिए पनि खर्च विवरण नबुझाउने एक लाख २३ हजार बढी उम्मेदवारलाई जरिवाना गरेकोप्रति निर्वाचन आयोगलाई सर्वोच्चले कारण देखाऊ आदेश दिएको हो । शुक्रबार सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गरेको हो । उम्मेदवारहरुले निर्वाचनमा गरेको खर्च विवरण समय सीमाभित्र बुझाउन नसक्दा आयोगले ३१ भदौमा हदैसम्म जरिवाना र निर्णय भएकै मितिदेखि लागू हुने गरी ६ वर्षसम्म निर्वाचनमा भाग लिनबाट वञ्चित हुने गरि रोक लगाएको थियो । आयोगको निर्णयविरुद्ध तराई-मधेश लोकतान्त्रिक पार्टीका स्थानीय तहमा उम्मेदवार भएकी विभा ठाकुर,…

Read More