Author: Nisha Shrestha

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर बीच भेटवार्ता भएको छ । उनीहरुबीच आज (बुधबार) सिंहदरवारस्थित् अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा यूएसएआईडी प्रमुख पावरले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तार, नेपालको अर्थतन्त्र उकास्नुका साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा जोड दिएकी छिन् । यूएसएआईडी प्रमुख पावरले आजै मात्र परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग भेट गरेकी थिइन् । दुई दिने नेपाल भ्रमणमा रहेकी सामान्थाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग आज साँझ भेटवार्ता गर्नेछिन् ।त्यसलगत्तै उनी आजै स्वदेश फर्किने छिन् । स्वदेश…

Read More

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच नेपाल र कोरिया सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। सन् १९७४ मा नेपाल-कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कोरिया सरकारले कोइकामार्फत नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र सूचना प्रविधिका क्षेत्रमा सहयोग गरिरहेको छ। भेटका क्रममा मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश मानव विकासका दृष्टिले अन्य प्रदेशभन्दा पछाडि रहेको हुँदा सुदूरपश्चिममा पोलिटेक्निकल स्कुल, अस्पताल तथा विद्यालय भवन निर्माणमा सहयोग गर्न राजदूत सुकलाई आग्रह गरे। निर्यातजन्य वस्तुको सम्भावना हुँदाहुँदै पनि नेपाली वस्तु कोरियामा निर्यात हुन…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अरु भन्दा भिन्न छौँ भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाब दिएको बताए । शीर्ष नेताहरुविरुद्ध नो नट अगेन भनेर मत मागेको यो दल किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरेका छन् । उनले सोधेका छन्, ‘सरकारमा किन गएको पनि बताउनु नपर्ने ? सरकारबाट किन बाहिरिएको पनि बनाउनु नपर्ने ?’ सरकार छाड्दै गर्दा आफूहरूसँग भएको सहमति पालना नभएको भनेको भन्दै उनले भने, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन ? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि सरकार छाड्दै गर्दा समर्थन लिनुपर्ने होइन ?’…

Read More

काठमाडौँ- सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा ‘एक चीन नीति’ प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गरे । भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे । चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिए । सो अवसरमा चिनियाँ राजदूतले चीनको…

Read More

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसँग एकता र मुद्दा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति लिने भएको छ । सो पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकका निर्णय बुधवार सार्वजनिक गर्दै यस्तो नीति लिने जनाएको हो । साथै विप्लव नेतृत्वको पार्टीले नेता कार्यकर्ताको वैचारिकीकरण एवम् जन नेतृत्व निर्माणका लागि कम्युनिस्ट कलेज सञ्चालन गर्ने भएको छ । सो पार्टीले ‘जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता’ भन्ने नीति पारित गरेर जनताको सुख दुःखमा पुग्ने योजना अगाडि सारेको छ । साथै पार्टीले आगामी दिनमा राष्ट्रिय स्वाधीनता र जनताका राजनैतिक एवं आर्थिक अधिकार र जनजीविकाका…

Read More

काठमाडौँ- आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवती पक्राउ परेकी छिन् । फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी रामधुनी गाँउपालिका ४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनले फेसबुक, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जरमार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन् । महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गरे । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढ्ने बताए । महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताए । उनले…

Read More

काठमाडौँ – महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं समूह(PGDPS १३औं ब्याच) को सोही प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रहरी निरीक्षक आधारभूत तालिम अन्तर्गत संचालित यो कोर्सबाट सामाजिक उत्तरदायी, सिर्जनशील र परिणाममुखी व्यावसायिक प्रहरी अधिकृतहरूको विकास गरी नेपाल प्रहरीकोदक्ष जनशक्ति परिपूर्ति गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । प्रहरी निरीक्षक दर्जा नेपाल प्रहरीको मेरूदण्ड भएकोले प्रहरीलाई नागरिकसँग प्रत्यक्ष रूपमा जोड्न अहम भूमिका निर्वाह गर्ने चर्चा गर्दै निमित्त…

Read More

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभाको बैठक सारिएपछि नेपाली काँग्रेसले विरोध जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानमा बसेपछि आज आह्वान गरेको प्रदेश सभाको बैठक भोलि बिहीबार १ बजेको लागि तोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफूहरूसँग सल्लाह नै नगरी आज आह्वान गरिएको बैठक मुख्यमन्त्रीको इशारामा सभामुख भीमबहादुर भण्डारीले सारेको भन्दै विरोध जनाएको हो । काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सत्तारुढ दलले आफ्नो कुर्सी बचाउन मनलाग्दी गरेको आरोप लगाएको छ । उनले भने, ‘हिजोको सर्वदलीय बैठकबाट २ घण्टाको लागि बैठकपछि सार्ने निर्णय भएको थियो । तर…

Read More

काठमाडौँ- अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त युटा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुगेकी छिन् । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरुको शुभारम्भ गर्नेछिन् । नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि उनी नेपाल भ्रमणमा आएकी काठमाडौँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ । युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ । सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन…

Read More