Author: Nisha Shrestha

काठमाडौँ– नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रूपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

Read More

काठमाडौँ – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। उनले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर फर्किएपछि चीनले सोङलाई नयाँ राजदूतका रूपमा नेपाल पठाएको हो।

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको १३७७ नमूना परीक्षणमा ९ जनाका कोरोना पोजेटिभ देखिएको हो । यस अवधिका ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घन्टामा ११ हजार ४ सय २१ जनाले कोरोनाविरूद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । हाल नेपालमा २८ जना कोरोनाका संक्रिय संक्रमित छन् भन १२ हजार २० जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।

Read More

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् । शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो । मतदानमा ५८ सांसद उपस्थित थिए । एमालेबाट जेष्ठ सदस्य मित्रलाल वस्यालले सभाअध्यक्षको भूमिकामा थिए । अधिकारीको पक्षमा ३१ मत परेको छ भने २७ मत मात्रै विपक्षमा परेको छ । नेकपा एकीकृत समाजवादीका सांसद दिपक मनाङे अनुपस्थित भएका छन् । एमालेका…

Read More

काठमाडौँ – बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने रिहा भएका छन् । उनी पाटन उच्च अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका हुन्। पाटन उच्च अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो । सन्दीपको पुनरावेदन निवेदनमा न्यायाधीशहरु धुव्रराज नन्द र रमेश ढकालको इजलासले सर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो । अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ भने काठमाडौँ उपत्यका बाहिर जाँदा पनि प्रशासनको अनुमति लिनु पर्नेछ। साथै उनलाई मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन पनि अदालतले रोक लगाएको छ। बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई…

Read More

काठमाडौँ – बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् । राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् । यसअघि प्रमुख विपक्षी नेपाली काँग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०की सृजना सय जुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

Read More

काठमाडौँ – बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज तीन बजेसम्ममा रिहा हुने भएका छन् । पाटन उच्च अदालतको फैसला अनुसार २० लाख रुपैयाँ उनको परिवारले बुझाइसकेको छ । अहिले रिहाइको प्रक्रिया भइरहेको उनको कानुन व्यवसायीले बताएका छन् । उच्च अदालतबाट धरौटी बुझाएर तारिख लिएर उनी आज रिहा हुन लागेका कानुन व्यवसायीले बताए। सन्दीप केन्द्रीय कारागार छन् । प्रक्रिया पुर्‍याएर सन्दीपको रिहाइ गरिने केन्द्रीय कारागार प्रशासनले जनाएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका हो। सन्दीपलाई विदेश जान भने रोक लगाइएको छ।

Read More

महेन्द्रनगर – शुक्लाफाटा नगरपालिका–१० का लालबहादुर ऐरले राजनीतिसँगै व्यावसायिक कार्यलाई सँगसँगै जोड्नुभएको छ । वडा नं १० मा दोस्रो पटक वडाध्यक्ष पदमा विजयी भएका ऐर घरमै पशुपछी फार्म सञ्चालन गरी आम्दानी गर्दै आउनुभएको छ । फार्म सञ्चालनका लागि उहाँले रु ३० लाख लगानी गर्नुभएको छ । पाँच वर्षअघि देखि उहाँले बङ्गुर, बाख्रा र माछापालन गर्दै आउनुभएको छ । उहाँले गत वर्ष रु छ लाखका बङ्गुर बिक्री गरेको बताउनुभयो । उहाँका अनुसार माछा रु दुई लाख ५० हजार र बाख्रा रु एक लाख बढीको बिक्री भएको छ । अझै उहाँको फार्ममा माउ भाले गरी ३५ बङ्गुर र १६ पाठापाठी बिक्रीका लागि…

Read More

महेन्द्रनगर– सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो । बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएको थियो । पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रोपटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रोपटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले भने दुवैपटक २३ मत पाएका थिए । ५३ जना प्रदेश सभा…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सांसदहरु महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किराँतीलाई मन्त्री बनाउने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरूसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । सत्तारुढ दलहरूबिच माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी छ । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । अब माओवादीबाट ३ जना मात्र मन्त्रिपरिषदमा सहभागी हुन पाउँछन् । तर, पूर्व सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटालाई मन्त्री बनाउन दबाब दिएका छन् । उनले महिन्द्रको ठाउँमा…

Read More