Author: Nisha Shrestha

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर यस वर्ष गाउँमा रु साढे दुई करोड भित्र्याएका छन् । यहाँका गाउँलेहरुले पाखोबारी र धान फल्ने खेतमा सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ रुपैयाँ कमाउन सफल भएका हुन् । राखुकी सन्तकुमारी पुनले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु २२ लाख आम्दानी गरेको बताउनुभयो । “मैले पनि यो वर्ष सुन्तला बिक्री गरेर रु २१ लाख आम्दानी गरेँ”, उहाँले भन्नुभयो । विगत एक दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आउनुभएकी पुनले सुन्तलाको…

Read More

गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन्। गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए । प्रधानमन्त्री दाहालले यसलाई आफूले एउटा ठूलो चुनौती र अवसरका रुपमा लिएको समेत उल्लेख गरे । प्रधानमन्त्री दाहालले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताएका छन् । उनले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै…

Read More

बुटवल – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफैँलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्। प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ बुँदे सर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे। अध्यक्ष नेपालले भने, ‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुस भए त हुन्थ्यो। तर यो महसुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ । मैले…

Read More

काठमाडौं – विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।

Read More

काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउँदै लगेको जनाएको छ । जसका कारण सेवाग्राही घन्टौँ लाइन बस्नुपर्ने स्थितिबाट अहिले सेवाग्राही ४० मिनेट भन्दा बढी लाइन बस्न नपर्ने शाखाले दाबी गरेको छ । शाखाका अनुसार तोकिएको समयभित्र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) लिन बोलाइएका सेवाग्राहीलाई तोकिएको समयभित्र नै सेवा प्रवाह गरिएकाले ४० मिनेटभन्दा बढी लाइनमा बस्न नपर्ने बताइएको छ । तोकिएको समयमा एनओसी लिन आएका सेवाग्राहीहरूलाई तोकिएकै समयभित्र सेवा प्रवाह भइरहेको शाखाले दाबी गरेको छ । अशक्त, अपाङ्ग, जेष्ठ नागरिक, गर्भवती तथा कलेज शुल्क भुक्तानी गर्नुपर्ने, प्लेन टिकट बुकिङका कारणले…

Read More

धनगढी । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच माओवादीले सुदूरपश्चिमको सभामुख लिने सहमति भएको छ । सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ ।

Read More

धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा समर्थनका लागि नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी सहितका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने लिखित सहमति माग गरेको छ । सत्ता साझेदार दल माओवादी र एमालेका अध्यक्ष सामु रेशम चौधरीलगायत टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ता रिहाई गर्ने लिखित प्रतिबद्धता मागेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । ‘सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि हामी निर्णायक शक्ति बनेका छौं,’ नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले भने, ‘सरकारमा समर्थनका लागि टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका पार्टीका संरक्षक रेशम चौधरीलगायत नेता कार्यकर्ताको रिहाइ गर्ने लिखित सम्झौता आए मात्रै सत्तारुढ गठबन्धनलाई हामी समर्थन गर्नेछौ, अन्यथा कांग्रेससँग मिलेर पनि सरकार बनाउन सकिन्छ ।’ लिखित सम्झौताका…

Read More

काठमाडौँ – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता गोष्ठीको आयोजना गरेको छ । पार्टीले उनले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले भृकुटीमण्डप परिसरमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न कविले राष्ट्रनिर्माणका क्रममा राष्ट्रनिर्माताले झेल्नुपरेका दुःख कष्ट, त्याग तथा साहस र योगदानको पक्षलाई विभिन्न आयामबाट अभिव्यक्त गरेका छन् । सोही अवसरमा रक्तदान कार्यक्रमसमेत गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन जलपान समारोहको आयोजना गरिएको छ । समारोहमा प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेता, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वलगायतलाई आमन्त्रण गरिएको छ ।…

Read More

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् । “पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्मी टेक महतोले भन्नुभयो, “यसले हामीलाई निकै हौसला दिएको छ ।” महतोले गत मङ्सिर १४ गते, पुस १३ गते र पुस २६ गते नवलपुरको अमलटारीघाटमा डल्फिन देखेको बताउनुभयो । “नारायणी नदीमा डल्फिन छ भनेर हाम्रा बाबुबाजेले भनेको सुन्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले आफ्नै आँखाले डल्फिन देख्न र फोटो खिच्न पाउँदा निकै खुसी लागेको छ ।” उहाँले अमलटारीघाटमा मात्रै नभएर कहिले केही तल सेहरी त कहिले पितौजीघाटसम्म…

Read More