Author: Nisha Shrestha

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ भोन कोप्लरबीच भेटवार्ता भएको छ । मंगलबार जंगी अड्डास्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

Read More

काठमाडौँ – सरकारले बागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको भारतमा आयोजना हुने नेपाल भारत विद्युत् सम्झौता संयुक्त कार्य सञ्चालक समितिको १० औँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई जान स्वीकृति दिने निर्णय पनि गरेको छ ।

Read More

काठमाडौँ – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले १ देखि ५ फागुनसम्म भारत भ्रमण गर्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Read More

काठमाडौँ – नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले गोल गरिन् । नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो । खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, खेलको दोस्रो हाफमा नेपाल खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याईन् ।…

Read More

डडेल्धुरा – नेपाल विद्यार्थी संघ डडेल्धुराले शिवशिखर सहकारीलाई जनताको लगानी सुरक्षित भएको ग्यारेन्टी गर्न १५ दिनको अल्टिमेटम दिएको छ । आज प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै संघले यस्तो अल्टिमेटम दिएको हो । १५ दिनभित्र विश्वस्त आधारसहित जनताको रकम सुरक्षित भएको जानकारी नदिएमा नेपाल विद्यार्थी संघ डडेल्धुराले शिवशिखर सहकारीका विरुद्ध संघर्षका कार्यक्रम तय गर्ने पनि जानकारी गराइएको छ । डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी जिविकोपार्जन गरिरहेका नागरिकले आफ्नो बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै जम्मा गरेको बचत रकम डुब्ने खतरा बढेपछि नेविसंघ डडेल्धुराले ध्यानाकर्षण भएको जनाएको हो ।‘डडेल्धुराका जनताको करिब ४० करोड रकम संकलन गरी शिवशिखर बहुउद्देश्य सहकारी संस्थाले…

Read More

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएको हो। अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध पोखरेलले निवेदन दिएका थिए । न्यायाधीश प्रधानले रिट दर्ता गरि सुनुवाइका लागि पेश गर्न आदेश दिएसँगै बुधबार सुनुवाइ हुने भएको छ । रिटमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाएकाले देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको छ । प्रधानमन्त्रीलाई…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताएका छन् । मङ्गलवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी बिदाहरू धेरै भएकाले जनताका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएको बताए । ‘यसमा पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ, गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ,’ उनले भने । प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए । उनले भने, ‘हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ,…

Read More

काठमाडौँ – मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रीका रूपमा सुनिता यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् । उद्योगमन्त्री यादवलाई मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ दिलाएका हुन् । उद्योगमन्त्री यादव धनुषाबाट निर्वाचित समानुपातिक सांसद हुन् भने अन्सारी पर्सा १ (१) बाट निर्वाचित सांसद हुन् । प्रदेशमा असन्तुष्ट बनेका माओवादी केन्द्रका यी दुईजना सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मधेस प्रदेश सरकार १५ सदस्यीय रहेको छ…

Read More

काठमाडौं — विदेशमा पठाइदिने भन्दै लाखौ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिंगापुर, अफगानिस्तान र घानालगायतका देशमा पठाइदिने भन्दै ७ जनासँग साढे ५७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सोलुखुम्बु घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय अनिल श्रेष्ठलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। श्रेष्ठले ७ जनालाई सिंगापुर, अफगानिस्तान, घाना लगायत देशमा पठाइदिने भनेका थिए। ती देशमा काम गर्न जान १० लाख लाग्ने बताएका थिए। पानीजहाजमा काम लगाइदिने र मासिक एक लाख भन्दा बढी तलब हुने भनेर प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी राठौरले बताए। उनका अनुसार त्यसरी…

Read More

काठमाडौँ- झापाको मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियारसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत घर भएका २० वर्षीय ओम साहसहित चार जना भारतीय नागरिकलाई फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड र छर्रा गोली ५० राउण्डसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Read More