Author: Nisha Shrestha

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत आधारभूत तह कक्षा –८ को उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशनसम्मको विषय केही समयअघि निकै तातेको थियो । उपमहानगरपालिकाका–१७ सामुदायिक र १ संस्थागत विद्यालयको कक्षा ८ को नतिजा शून्य रहेको परिणाम सार्वजनिक भएसँगै त्यसले शैक्षिक गुणस्तरमाथि प्रश्न उठाउँदै देशव्यापी चर्चा पायो। उपमहानगरपालिकाले कक्षा ८ को परीक्षा गत ५ चैतदेखि सुरु गरेको थियो। हतारमा परीक्षाको नतिजा ३ वैशाखमा प्रकाशन गरियो । धनगढी उपमहानगरपालिकाले मिडियाबाजी गर्नुभन्दा नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै नतिजा प्रकाशन, पुनर्योग तथा मौकापरीक्षा सञ्चालन गरिसक्नुपर्ने थियो । तर, उपमहानगरपालिका कक्षा ८ को मौका परीक्षा नयाँ शैक्षिक सत्र भर्ना अभियान सकिनै लाग्दाअघि बढाउने निर्णय…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठुला दलहरू लागेको आरोप लगाएकी छन् । मङ्गलवार प्रतिनिधिसभाको शून्य समयमा उनले नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको आरोप लगाइन् । कार्कीले भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ रु भन्दै काँग्रेस नेतृ आरजु राणालाई समेत प्रश्न गरेकी छन् । केही दिन अगाडि प्रतिनिधिसभाकै बैठकमा नेपाली काँग्रेसकी सांसद राणाले सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न चुनौती दिएकी थिइन् । आफूमाथि समेत प्रश्न उठेको भन्दै उनले आफूले गल्ती नगरेको र नडराउने बताएकी थिइन् । सांसद कार्कीले भनिन्, ‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग…

Read More

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने र नेपाल राष्ट्र बैंक्ले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने बताएका छन् । मंगलवार राष्ट्रिय सभाको बैठमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै भने -‘हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हाम्रो संयन्त्रमा अन्तिम समयमा खर्च गर्ने प्रचलन छ । हामी डे वानदेखि खर्चको मनिटरिङ गर्छौं’ । अर्थतन्त्र चलायमान बनाउने अहिले देखिएको निराशाको बादल अन्त्य गर्ने पनि अर्थमन्त्री डा। महतले बताए । ‘एकै वर्षमा सबै हुन्छ भनेर म भन्न सक्दिन, यो…

Read More

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारबिरुद्ध फाइल मात्रै नभइ फायर खोल्नुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारले नक्कली भूटानी शरणार्थी भ्रष्टाचारको फाइल खोलेर मात्रै नहुने भन्दै यसलाई निस्कर्षमा पु¥याउनुपर्ने बताए । उनले सरकारले भ्रष्टाचारकाबिरुद्ध फाइल मात्रै नभएर फायर खोल्दै निर्दोष कोही फस्नु नहुने र दोषी कोही बच्नु नहुने बताए ।महामन्त्री शर्माले सरकारले ल्याएको भ्रष्टाचार नियन्त्रण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हद म्यादको प्रश्ताव राख्नु शुन्य सहनशिलताको नीतिसँग विबोधाभास हुने बताए ।…

Read More

धनगढी- कैलालीको अत्तरिया खानेपानीको जम्बो टोली भ्रमणमा गएको छ। अत्तरिया साना शहरी तथा खानेपानी सरसफाइ उपभोक्ताको टोली ७ दिने भ्रमणमा निस्केको हो। टोलीमा संस्थाका पदाधिकारी, सल्लाहकार, जनप्रतिनिधि, टोल उपभोक्त समिती, सुरक्षा समिति र संघीय खानेपानीका प्रतिनिधिको सहभागिता रहेको संस्थाका अध्यक्ष टीका दत्त जोशीले बताए। उनका अनुसार टोलीमा करिब ५० जनाको सहभागिता छ। टोलीले दाङ, रोल्पा, रुकुम, प्युठान र पोखरामा रहेका खानेपानीका आयोजनाको अवलोकन भ्रमण गर्ने उनले बताए।

Read More

काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छोडेको छ । सोमबार काठमाडौं प्रहरी परिसरमा पुग्नु भएका खाँणलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराइएको प्रहरी स्रोतले बताएको हो । खाँणले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएको पनि प्रहरीले जनाएको छ । नक्कली शरणार्थी प्रकरणमा खाँणकी पत्नी मञ्जु खाँणले पनि रकम बुझेको अडियो सार्वजनिक भएको छ । तर खाँण दम्पतिले भने उक्त अडियो आफ्नो नभएको र सो प्रकरणमा आफूहरुको संलग्नता भएको भन्ने समाचारमा सत्यता नभएको बताउँदै आउनुभएको छ । त्यस्तै, भुटानी शरणार्थी शिविरमा गएर बिचौलियाहरुसँग छलफल गरेको भन्ने…

Read More

काठमाडौँ – प्रतिनिधि सभाको मङ्गलवारको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ। अर्थमन्त्री डा। प्रकाशरण महतले राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन जानुपर्ने भएकाले आधा घण्टाको लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए। सोमवारबाट शुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल जारी छ।

Read More

काठमाडौं – नेपाल बार एशोसिएशनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ । नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकार कायम गर्नुपर्ने उल्लेख छ । “कानुन व्यवसायीले जिम्मेवारी वहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामासमेत प्रतिबद्ध हुने प्रेरणा आजको दिनमा प्राप्त होस्”, शुभकामना सन्देशमा भनिएको छ । नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय एवम् न्यायमा सहज पहुँच हामी सबैको सरोकारको विषय भएकाले न्यायापालिका स्वतन्त्र, निष्पक्ष र सक्षम भएमा मात्र विधिको शासन, लोकतन्त्र र मानवअधिकारले…

Read More

काठमाडौँ- राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढङ्गले छानबिन गर्न माग गरेकी छन् । मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताइन्। भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको भन्दै उनले यस प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न माग गरिन्। सदस्य देवकोटाले जनतालाई यस घटनाबारे सत्यतथ्य बुझाउनुपर्ने बताइन्। यसैगरी राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टोनमेन्ट काण्डबारे छानबिन गर्न माग गरेकी छन् । उनले लामो समयबाट भ्रष्टाचारको काण्डै(काण्ड देशमा छाएको उल्लेख गरिन्। उनले…

Read More

काठमाडौँ – राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरेका हुन् । पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गर्न पनि आग्रह गर्दै उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न माग गरेका छन्।

Read More