Author: Nisha Shrestha

काठमाडौं – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, तालतलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतिलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् । रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।…

Read More

काठमाडौं – विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन)विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिहीबार बसेको राष्ट्रिाय सभामा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेस गरेका हुन् । संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई केही विषयमा संशोधनको आवश्यकता औंल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् । यसपछि बसेको प्रतिनिधिसभा बैठकले विना संशोधन जस्ताको तस्तै उक्त विधेयक पारित गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले विधायन व्यवस्थापन…

Read More

– राम धामी व्रतालु महिलाहरुले पञ्च अन्नको बिरुडा भिजाएसँगै बिहीबारदेखि सुदूरपश्चिम प्रदेशमा मौलिक लोक पर्व गौरा औपचारिक रुपमा शुरु भएको छ । सुदूरपश्चिममा मुख्य पर्वका रुपमा लिइने गौरा पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरेर भगवान् शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । बिरुडा पञ्चमी रुपमा मानिने पञ्चमी तिथिको दिन ब्रतालु महिलाहरुले घर–घरमा तामा वा पित्तलको भाडामा पाँच प्रकारका अन्न (बिरुडा) भिजाएर पर्वको शुरुवात गर्ने प्रचलन छ । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामूहिक रुपमा बिरुडा भिजाउने गर्छन् । गौरा पर्वको पहिलो दिन बिरुडा अर्थात् पाँच प्रकारको अन्न गहुँ,…

Read More

काठमाडौं – सिद्धार्थ बैंकको बैंकिङ सेवा तीन दिन प्रभावित हुने भएको छ । बैंकले हाल प्रयोग गरिरहेको प्राथमिक बैंकिङ प्रणालीलाई परिवर्तन गरी थप सुविधा प्रयोगमा ल्याउन तीन दिन बैंकिङ सेवा पूर्ण रूपमा बन्द रहने जनाएको हो । बैंकका अनुसार प्राथमिक बैंकिङ प्रणाली परिवर्तनपश्चात् ग्राहकहरूले हाल कायम रहेको खाता नम्बरबाटै साविकबमोजिम कारोबार गर्न सक्ने छन् । उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ कारोबार उल्लेखित मितिअगावै गरी सहयोग गरिदिनसमेत बैंकले आग्रह गरेको छ ।

Read More

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय महाकालीले असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता दिन थालेको छ । नागरिकताबाट बञ्चित भएका यस्ता व्यक्तिको खोजी गरी घरदैलोमै पुगेर नागरिकता दिन थालेको हो । लामो समयदेखि हिँड्डुल गर्न नसक्ने भएर नागरिकता पाउनबाट बञ्चित रहेका महाकाली नगरपालिका–३ बाजका ६६ वर्षीय जयसिंह महरलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो । “वडा कार्यालयको जानकारीअनुसार महरलाई घरमै पुगेर नागरिकता वितरण गर्न पाउँदा निकै खुसी छौँ, उहाँले भन्नुभयो, “यस्ता व्यक्ति अझै जिल्लामा हुनसक्ने भएकाले सूचना दिएर सहयोग गरौं । यसअघि गत भदौ ८ गते सोही नगरपालिका–८ धापका ४९ वर्षीय रामदत्त जोशीलाई घरमै…

Read More

काठमाडौं – प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । काउन्सिलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने वीरगोर्खाली नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेसँगै यो सङ्ख्या ३४ पुगेको जनाएको छ । यो सङ्ख्या २०७८ साउन १ देखि अहिलेसम्मको हो । वीरगोर्खाली नामक च्यानलले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसहितलाई आधारहीन आरोप र गालीगलौज सहितको सामग्री सम्प्रेषण गरेको थियो । उक्त युट्युब च्यानलले…

Read More

काठमाडौं – नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन । प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याक २०७९ अनुसार कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत् पाएका छन् । सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश १ मा ९१.२३ प्रतिशत, बागमतीमा ९७.४७, गण्डकीमा…

Read More

एजेन्सी – विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जनाएको छ । यसका साथै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने पनि विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताउनुएको छ । उनले भनेको थिए ‘‘हामीले अहिले कोरोना भाइरसको घट्दो…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट एकल नाम सिफारिस भएको छ । बिहीवारको कांग्रेस क्षेत्रीय समिति बैठकले शर्माको एकल नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति ईन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।

Read More

काठमाडौं – सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष रतन थापा लगायतका नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतलाई स्वागत गरेकी छन् । स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा एमालेले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो ।

Read More