Author: Nisha Shrestha

महेन्द्रनगर – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेता डा. भीम रावल र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको जम्काभेट भएको छ। बिहीवार धनगढी विमानस्थलमा रावलद्व्यको जम्काभेट भएको हो। भेटमा नेता रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत लिनेबारे जिज्ञाशा राखेका छन्।मुख्यमन्त्री रावल आज काठमाडौँबाट धनगढी आइपुगेका छन्। सोही क्रममा नेता रावलसँग धनगढी विमानस्थलको विशिष्ट कक्षमा उनीहरुबीच भेटघाट र बातचित पनि भएको छ।जम्काभेटमा रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत कहिले लिदैहुनुहुन्छ ? भनेर प्रश्न गरेका थिए। त्यसको प्रतिउत्तरमा मुख्यमन्त्री रावलले गठबन्धनमा आवद्ध दलहरुसँगको छलफलपछि विश्वास मत लिने बताएका छन्। यस्तै उनले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको कुरा पनि प्रकट गरेका थिए। गृहजिल्ला अछाम…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताएका छन्। श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनु पर्ने बताए। अध्यक्ष ओलीले एमाले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेतृत्वदायी पार्टी रहेको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा र पार्टीको आफ्नो गन्तव्य बनाएको बताए। स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रम एवं ती नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यसहित एमाले अघि…

Read More

काठमाडौँ – नेपाल पर्यटन बोर्डले कोभिड महामारी पछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन सुरू गरेको छ। बोर्डको वार्षिक कार्यक्रम अनुसार विभिन्न देशमा यस्ता कार्यक्रहरू भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए। ‘बोर्डको वार्षिक कार्यक्रम अनुसार पर्यटन व्यवसायीहरूको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रमहरू सुरू भएका छन्। यसले नेपालको पर्यटनलाई लयमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेका छौं।’ उनले भने। बोर्डले नेपाल एसोसिएसन अफ ट्रावल एण्ड टुर अपरेटर्स (नाट्टा) सँगको सहकार्यमा भारतको माघ १० गते वाराणसी (वनारस), र ११ गते गोखपुरमा सेल्स मिसन तथा बीटुबी कार्यक्रम सम्पन्न गरेको छ…

Read More

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिए । आम चुनावको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका एजेण्डा थिए । पुस २२ गतेका लागि बोलाएको बैठक पटक–पटक सर्दै आएको थियो । नेताहरूका अनुसार राष्ट्रपति निर्वाचनअघि अब कांग्रेस बैठक बस्ने सम्भावना छैन । गठबन्धन भत्किएपछि रक्षात्मक अवस्थामा रहेका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति फेस गर्न डराएको आरोप लाग्दै आएको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका विषयमा पनि कांग्रेसभित्र मतभेद…

Read More

काठमाडौँ – शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । ‘आत्मदाह गर्नुभएका प्रेमजीले गम्भीर विषय उठाउनुभएको थियो, उहाँले आफू अन्यायमा परेको विषय पनि उठाउनुभएको थियो’, गृहमन्त्री लामिछानेले भने, ‘ती विषयमा गृह मन्त्रालयले नै तदारुकताका साथ छानबिन गर्ने र सत्य तथ्य बाहिर आइसकेपछि आवश्यक कदम चाल्ने निर्णय भएको छ ।’ गृह मन्त्रालयले यस विषयमा काम अघि बढाउने उनले जानकारी दिए । छानबिनका लागि समिति गठनको आवश्यकता अहिले नदेखिएको…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिने भएको छ । एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भुसाललाई महासचिव बनाउन लागिएको हो । यसको औपचारिक निर्णय भने २१-२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ । चुनावअघि एमाले त्यागेका भुसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । यसैबीच नेता बामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास एकीकृत समाजवादीले गरेको छ । गौतमले यसबारे एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक–अनौपचारिक संवाद गरिरहेका छन् । गौतमले केही सैद्धान्तिक विषयमा आफ्नो व्याख्या गर्दै दस्ताबेज एकीकृत समाजवादीलाई बुझाएका छन् । आफू…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् । दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ ।

Read More

धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार ४१ वर्षीय सकै चौधरीको शव बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सिमाना पर्ने बौनियाँ नालामा फेला परेको हो। उनी माघ ३ गते देखी बेपत्ता थिए। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी – कैलाली प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। बर्दयोरिया गाउँपालिका ४ का विरबहादुर चौधरी र सोही गाउँपालिका-५ का ज्ञानबहादुर कठरियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएका चौधरी आगलागी मुद्दाका फरार प्रतिवादी हुन भने ठरिया वन मुद्दाका फरार प्रतिवादी हुन्।उनीहरु दुवै जनालाई जिल्ला अदालत पेश गरिएको छ।

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गरेकी छन् । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै गर्दै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुग्नुभएकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरिन् । राष्ट्रपति भण्डारीले पनि वसन्त श्रवणको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नुभएको छ । वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,…

Read More