Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्रिपरिषद् विस्तारका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । बुधबार पनि प्रचण्ड र ओलीबीच बालकोटमा छलफल भएको थियो । प्रधानमन्त्रीले विश्वासको मत पाएसँगै प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल थालेका छन् । बुधबार बालकोटमा प्रचण्ड र ओलीबीच भएको भेटघाट

Read More

काठमाडौं – सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै आज पुनः ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)लाई औपचारिक रूपमा पत्र पठाएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले आज १५ लाख मात्रा खोपका लागि ‘गाभी’लाई पत्र पठाइएको जानकारी दिए । यसअघि पुस १४ गते पनि शाखाले बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माग गरी पत्र पठाएको थियो । उक्त पत्रानुसार गाभीले आगामी माघ १९ गते…

Read More

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१ दशमलब शून्य दुई अङ्कले ओरालो लागेर दुई हजार एक सय ४९ दशमलब ४१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८९ अङ्कले ओरालो लागेर चार सय ११ दशमलब २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएकामध्ये २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीले निर्णय गरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनुपरेको बताएका छन्। पदाधिकारी र कार्यसम्पादन समिति बैठकमा दुई थरी विचार आएपछि आफूले विवाद समाधानका लागि बीचको बाटो लिएको उनले स्पष्टीकरण दिए। उनले भने, ‘दुई वटा विचार आएपछि यस्तो विषयमा विवाद गर्नु हुन्न, बीचको बाटो लिनुपर्छ र हामी तथष्ट हुनुपर्छ भन्ने आफ्नो विचार राखेँ । पार्टीले निर्णय गरेपछि मत त हाल्नै पर्‍यो। तर, पनि हामी तटष्ठ बस्नुपर्थ्यो भन्नेमा म अहिले पनि छु।’ केही नेताले फरक मत राखे पनि शेखर कोइराला मौन बसेको विषयमा आलोचना भइरहँदा उनले मध्यमार्गी बाटो रोजेको प्रतिक्रिया दिएका हुन्।

Read More

चितवन – गृहमन्त्री रवि लामिछानेले अवैध रूपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरा पालनसँग सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको गुनासो गरेका थिए । लामिछानेले त्यहीँबाट नेपालगञ्ज, सिन्धुली र सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोन गरेर अवैध आयात रोक्न निर्देशन दिएका नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टिका पोखरेलले जानकारी दिए । गृहमन्त्री लामिछानेले पोल्ट्री क्षेत्रमा परेका समस्याको समाधान गर्न आफूले सक्दो सहयोग गर्ने बताए । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष…

Read More

काठमाडौँ – विश्वभरको मानवअधिकार अवस्था विश्लेषण गरिएको एक प्रतिवेदनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गर्दा हजारौँ नेपाली नागरिकताविहीन भएको बताएको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीबार सार्वजनिक गरेको मानवअधिकारको विश्वव्यापी अवस्थासम्बन्धी प्रतिवेदनमा संघीय संसद्ले नागरिकता ऐन पारित गरे पनि राष्ट्रपतिले अस्वीकार गरेको उल्लेख छ । राष्ट्रपति भण्डारीले संसदबाट पारित भएको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण गर्ने अस्वीकार गरेकी थिइन् । संसद्‍बाट पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक दायित्वबाट राष्ट्रपति भण्डारी पछि हटेकी थिइन् । अझै पनि पुरुषलाई भन्दा महिलालाई नागरिकता लिन कठिन भएको उल्लेख गर्दै ह्युमन राइट्सको प्रतिवेदनमा भनिएको…

Read More

काठमाडौँ – जनक शिक्षा सामग्री केन्द्रको कागज लोड गरिएको १३ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गरिने पुस्तक छाप्न वीरगन्जबाट ल्याएको भनिएको ट्रकमा सम्झौता विपरीत कम गुणस्तरको कागज ल्याएको आरोप छ । भक्तपुरको सानोठिमीस्थित सामग्री केन्द्रको कम्पाउन्ड भित्र ३ वटा र कम्पाउन्ड बाहिर ९ वटा कागज लोड भएको ट्रक प्रहरीले होल्डमा राखेको छ । सरोकार राख्नेहरूले दिएको सूचनाको आधारमा ट्रकहरू होल्ड गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । जनक शिक्षामा कागज सप्लाई गर्ने जिम्मा वीरगन्जस्थित दुर्गा पेपर मिल र एभरेस्ट पेपर मिलले पाएका छन् । ती कम्पनीले पाठ्यपुस्तक छाप्न प्रयोग…

Read More

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार १ नं. प्रदेशमा श्याम ज्ञवाली, मधेश प्रदेशमा बसन्त कुँवर, बागमती प्रदेशमा दीपक थापाको सरुवा भएको छ । त्यस्तै बुद्धि गुरुङ गण्डकी प्रदेश सरुवा भएका छन् भने लुम्बिनी प्रदेशमा यसअघि प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका टेकप्रसाद राई सरुवा भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा भीम ढकाल र सुदूरपश्चिम प्रदेशका अशोक सिंहको सरुवा भएको छ ।

Read More

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बोलाएका छन् । बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।

Read More

चितवन – चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेला परेको छ । अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उहाँले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा बाघ मरेको यो पहिलो हो । यस्तै बुधबार नै निकुञ्जको सौराहा क्षेत्रअन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जमा लिङ्ग पहिचान हुन नसकेको गैँडा मृत फेला परेको छ । अन्दाजी पाँच वर्षको गैँडा मृत फेला परेको तिवारीले जानकारी दिनुभयो । बाघको आक्रमणबाट गैँडा मरेको उहाँले जानकारी दिनुभयो…

Read More