Author: Nisha Shrestha

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । चैत २८ गते बसेको बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न समूहको तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव (प्रा.) २ मा नियुक्ति गरी पदस्थापन गर्ने लगायत १४ निर्णय गरेको हो ।

Read More

धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिंगो भोड्काको बोतल भेटिएको छ । सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष निर्मल शाहका अनुसार अस्पतालमा उपचारका लागि आएका धनगढी स्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो । उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।

Read More

बाजुरा – बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । गर्मीयाम सुरु भएसँगै कालाजारका बिरामी भेटिन थालेका हुन् । हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । लगातार तीन महिनादेखि बिरामी भई थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको हो । बालकमा कालाजारका साथै कुपोषण छ भने शरीरमा दुई प्वाइन्ट मात्र रगत छ । गर्मीयाममा घर आगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग…

Read More

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विश्वविद्यालय विधेयक, २०७९ पारित गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार विधायन व्यवस्थापन समितिमा उक्त विधेयकको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले विधेयकबाट सरकार पछि नहट्ने भन्दै नेपाल विश्वविद्यालयलाई छुट्टै इकाइको रूपमा मात्रै नहेरेर समग्र शैक्षिक परिस्थिति र परिवेश मिलाएर अगाडी बढाउनुपर्नेमा बताए ।

Read More

काठमाडौँ- एकै पटक भारतीय महिला लिग खेल्न राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी भारततर्फ लागेका छन् । राष्ट्रिय महिला टोलीका विभिन्न क्लबमा आवद्ध भएका चार खेलाडी लिग खेल्न भारत गएका हुन् । टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा सेथु एफसीमा आवद्ध भएकी छिन् । एञ्जिलासँगै गीता राना पनि सेथुमा अनुबन्ध भएपनि घुँडाको चोटको कारण उनले लिग गुमाएकी छन् । भारतसँगकै मैत्रीपूर्ण खेलमा घुँडामा चोट बोकी गीता शल्यक्रियापछि आराम गरिरहेकी छन् । चोटकै कारण गीताले घरेलु मैदानमा भएको पेरिस ओलम्पिक अन्तर्गत भियतनामसँगको दुई खेल गुमाइन् । राष्ट्रिय टोलीकै मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बु किकस्टार एफसीबाट लिग खेल्ने छन् ।…

Read More

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् । मंगलबार र बुधबार एक एक जनाको मृत्यु भएको थियो । कोरोनाको नयाँ भेरियन्ट आएसँगै संक्रमण बढिरहेको छ ।

Read More

काठमाडौं– मानवअधिकार तथा शान्ति समाजले अयोग्य घोषित माओवादी लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अयोग्य घोषित माओवादी लडाकुलाई दुई लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । उक्त निर्णय खारेज गर्न समाजले बिहीबार सभामुख देवराज घिमिरेसँग आग्रह गरेको हो । शान्ति प्रक्रियाका क्रममा अनमिनले ४ हजार ८ जना माओवादी लडाकुलाई अयोग्य घोषित गरेको थियो । उनीहरूलाई दुई लाख रुपैयाँका दरले दिने सरकारको निर्णय खारेज गर्न समाजले माग गरेको हो । समाजको प्रतिनिधिले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने र ‘जनयुद्ध…

Read More

काठमाडौँ – बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेनले आज यहाँ आयोजना गरेको ‘बालकप्रति हुने यौन दुर्व्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न बहानामा यौन हिंसा हुने गरेको पाइएको जानकारी दिइयो । नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना र २०७७/७८ मा ९० जना बालक यौन हिंसामा परेका गरेका छन् । भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेले नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरै जसो बालक यौन हिंसामा पर्ने गरेको बताए । बालकलाई फकाई फुलाई यौन हिंसाजस्ता क्रियाकलापमा सहभागी गराउने गरेको…

Read More

काठमाडौँ – पूर्व कांग्रेस नेता गोविन्दराज जोशीले तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । रास्वपासँग आज भएको वार्तामा जोशीले उक्त प्रतिबद्धता जनाएका हुन् । वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार वाग्ले, रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए । जोशीको तर्फबाट उनीसहित छोरा दीपकराज जोशी थिए ।

Read More

काठमाडौँ – न्यायालयको इतिहासमा २०७९ साल कायम मुकायमकै भरमा बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायीशका रूपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले अहिलेसम्म कार्यभार सम्हाल्दै आउनुभएको छ । लामो समयसम्म न्यायालयलाई नेतृत्वविहीन राख्न नहुनेमा चौतर्फी आवाज उठ्दा पनि प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्नसकेको छैन । कानुन व्यवसायीले प्रधानमन्त्री तथा सभामुखसँग भेट गरेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै आइरहेका छन् । पूर्वप्रधानन्यायाधीशहरुले पनि न्यायालयलाई लामोसमयसम्म नेतृत्वविहीन नराखी तत्काल प्रक्रिया अघि बढाउन पटक–पटक आवाज उठाइरहेकामा त्यसको पनि सुनुवाइ भएको छैन । दिपायल उच्च अदालतबाहेक सर्वोच्च अदालतका साथै अन्य…

Read More