Author: Nisha Shrestha

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले नेकपा एमाले त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको अध्यक्ष माधवकुमार नेपालले बताए। उनले भने, ‘घनश्याम भुसाललाई हामीले उहाँले उठाएका सैद्धान्तिक र वैचारिक सवालको सम्बोधन हुने गरी पत्र पठाएका छौँ। उहाँलाई हामीले स्वागत पत्र पठाएका हौँ ।’ भुसाललाई समाजवादीले बुधबार अपराह्न पत्र पठाएको हो। भुसाल एक–दुई दिनमै समाजवादीमा जाने तयारी गरेका छन्।

Read More

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिहीबार चितवन महोत्सवमा जाने भएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक चितवन जान लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार गृहमन्त्री लामिछाने आज दिउँसो ३ः१५ बजे एक्स्पोको अवलोकन गर्न जाँदैछन्। आज चितवनमा गृहमन्त्री लामिछानेले विभिन्न कार्यक्रमा सहभागिता जनाउने स्वकीय सचिव सिग्देलले जानकारी दिए। त्यसैगरी, चितवन महोत्सव २०७९ अन्तर्गत नै फुड फेस्टिभलको समेत उद्घाटन गरिने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।

Read More

काठमाडौँ – कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । गौरीगङ्गा नगरपालिका-९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगङ्गा नगरपालिका(४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ९आरआइटी० र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भेट गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न मुख्यमन्त्री जम्कट्टेल बालुवाटार पुगेका थिए । भेटका क्रममा प्रचण्ड र जमरकट्टेलबीच बधाई आदानप्रदान भएको छ। यस्तै समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Read More

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई सरकारलाई समर्थन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिना दिनभित्र रेशम चौधरीसहित टीकापुरका घटनाका राजबन्दीहरूलाई रिहाइ गर्ने आश्वासन दिएपछि गठबन्धन सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् । उनका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई थारुहरूलाई माघीको उपहारस्वरूप रेशम चौधरी र टीकापुर घटनाका राजबन्दीहरूलाई माघ महिनाभित्रै रिहाइ गर्ने आश्वासन दिएका छन्। सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ नगरेसम्म गठबन्धन सरकारलाई समर्थन नगर्ने जनाएको थियो। अध्यक्ष चौधरीले सरकारलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति प्रतिपक्षीमा बस्ने बताइन्।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा आज भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गरेको छ । जलपान समारोहमा विभिन्न राजनीतिक दलका अध्यक्ष, नेपाल सरकारका उपप्रधानमन्त्री तथा मन्त्रीहरू, समाजका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता रहेको छ । समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछाने, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताको उपस्थिति थियो । जलपान समारोहमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, कलाकार, पेशाकर्मी, उद्यमी, व्यवसायीलगायत सर्वसाधारणको पनि उल्लेख्य सहभागिता थियो । राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीको अवसर पारेर जलपान…

Read More

महेन्द्रनगर – नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनी कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ। बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको भए पनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो। उसले रेशम चौधरीको रिहाइसहितका मुद्दा सम्बोधन गरेको…

Read More

काठमाडौँ – माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद प्रेमप्रकाश भट्टले पूर्व युवराज्ञी हिमानी शाहलाई राष्ट्रपति बनाउँदा राष्ट्रिय एकता देखिने बताएका छन् । ‘राष्ट्रिय एकता दिवस’ को शुभकामना दिँदै माओवादी केन्द्रका सांसद भट्टले हिमानीलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिने बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिमानीलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिन्थ्यो कि ?’ माओवादी केन्द्रका बैतडीका सह–इन्चार्ज समेत रहेका भट्टले हिमानीलाई राष्ट्रपति बनाउनु उपयुक्त हुने मत राखे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिएको छ ।

Read More

काठमाडौँ – पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् । थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अङ्कमाल गर्दै स्वागत गरे । थापा उनै व्यक्ति हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई ब्युँताएका थिए । राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न दलका नेताहरू पनि पुगेका छन् ।

Read More

काठमाडौं – सुदूरपश्चिम प्रदेशको सभामुख पदका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट भीम भण्डारीले उम्मेद्‍वारी दिएका छन्। यसअघि नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावलले पनि उम्मेदवारी दिएका छन्। सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको मनोनयनका लागि आज दिउँसो २:३० बजेभित्रको समय दिएको थियो।

Read More