Author: Nisha Shrestha

काठमाडौँ – नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ लाग्ने बताएकी छिन्। पदभारपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानी गर्दै उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताएकी हुन्। देशभर सञ्चार सेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उनको भनाइ छ। पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरुरी रहेकोसमेत मन्त्री शर्माले बताइन्।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीले नेता पुनको स्वास्थ्य उपचारमा खटिएका चिकित्सकसँग आवश्यक जानकारी लिएको उनको सचिवालयले जनाएको छ । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका गत शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना भएका हुन् । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिनपहिले रोल्पा पुगेका थिए । रोल्पा पगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकोप्टरबाट अस्पताल…

Read More

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन्। आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्। उनलाई मन्त्रालयमा सचिव र कर्मचारीहरूले स्वागत गरेका थिए। काठमाडौं ६ बाट निर्वाचित सांसद खनालले सुरूमा स्वतन्त्र उम्मेदवारी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी लिएका थिए। खनाल ‘टिच फर नेपाल’का संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।

Read More

काठमाडौँ- संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सूची प्रकाशन गर्ने र ५ माघ ११ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने तय भएको छ । त्यसपछि समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ताक्रमानुसार निर्णायार्थ प्रस्तुत हुने तय भएको छ ।

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशकाे उपसभामुखमा नेकपा एमालेले काेइली चाैधरीलाई उम्मेदवार बनाउने भएको छ। भागवण्डाअनुसार भएको सहमतिमा नागरिक उन्मुक्ति पार्टीले उपसभामुख नलिने निर्णय गरेपछि एमालेले उपसभामुखकाे उम्मेदवार उठाउने भएको हो। सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख दिने प्रस्ताव गरेको थियो। तर, सो पार्टीले रेशम चाैधरीकाे रिहाइ लगायतका मुद्दा सम्बाेधन नभएसम्म कुनै लाभकाे पद नलिने अडान लिएको छ। उन्मुक्तिले उपसभामुख नलिने भनेपछि गठबन्धनभित्र एमालेलाई उपसभामुख पद दिने सहमति बनेकाे एक नेताले जानकारी दिए। साेहीअनुसार एमालेले समानुपातिक प्रदेशसभा सदस्य काेईली चाैधरीलाई उपसभामुखकाे उम्मेदवार बनाउने भएकाे हाे। उनी एमाले कैलाली जिल्ला सचिवालय सदस्य हुन्।यस्तै प्रदेशसभा सचिवालयकाअनुसार नवनियुक्त सभामुख भीमबहादुर भण्डारीले मंगलबार उपसभामुखकाे निर्वाचन गर्ने तयारी…

Read More

काठमाडौँ- नवनियुक्त मन्त्रीहरुले मंगलबार सपथ ग्रहण गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २१ दिनपछि विस्तार भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । यस्तै, एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, डा. विमला राई पौडेल परराष्ट्र मन्त्री, राजेन्द्र राई भूमिसुधार मन्त्री, पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री, भगवती चौधरी महिला बालबालिका मन्त्री, हरि उप्रेती रक्षामन्त्री र ज्वाला साह कृषि तथा सहकारी मन्त्रीका…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनियताको सपथ लिदै पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाएलगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका हुन्। पदभार सम्हाले लगत्तै उनले सर्वदलीय बैठक पनि बोलाएका छन्। बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धि छलफल हुनेछ। भण्डारीले आजै उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

Read More

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मन्त्री बनेकाहरू सपथ ग्रहणपछि सीधै पशुपतिनाथ मन्दिर दर्शनका लागि त्यसतर्फ लागेका छन् । राप्रपाका तर्फबाट नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिरतर्फ गएका हुन् । मन्दिर दर्शनपछि पदबहालीका लागि उनीहरु सिंहदरबार जाने कार्यक्रम रहेको छ।

Read More

काठमाडाैं – आज नियुक्त भएका नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरूलाई आज दिउँसो शितल निवासमा शपथ खुवाएकी हुन्। लिङ्देन ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री भएका छन्। राप्रपाबाटै ध्रुबबहादुर प्रधान कानून मन्त्री भए, बिक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्।नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन्। नेकपा एमालेबाट रक्षामन्त्री हरि…

Read More

काठमाडौं – पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौँ आउने क्रममा छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शव बोकेको सेनाको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सुरुमा शिक्षण अस्पताल महाराजगञ्जमै हेलिकोप्टर अवतरण गर्ने तयारी गरिएपनि त्यहाँ हुन नसकेपछि पुनः विमानस्थलमा अवतरण भएको छ । विमानस्थलबाट शव…

Read More