Author: Nisha Shrestha

गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताएका छन् । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराकासाथ आजदेखि सुरु भएको ‘चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चुम उपत्यकालाई एक सय वर्षसम्म अहिंसा क्षेत्रका रूपमा स्थापित गरेर राख्नु आफैँमा एउटा ऐतिहासिक कार्य भएको बताए । ‘यो क्षेत्र आफैँमा एउटा ऐतिहासिक क्षेत्र छ, चुम उपत्यकालाई अहिंसा क्षेत्रका रूपमा स्थापित गरेको सय वर्ष पूरा हुनु पनि आफैँमा एउटा ठूलो इतिहास र गौरव हो’, प्रधानमन्त्री दाहालले भने, ‘तपाईँहरूले यो महोत्सवमार्फत एका छन्…

Read More

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका छन् । सात दिनसम्म आइसोलेसनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेसनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।

Read More

धनगढी – नेकपा माओवादी केन्द्रको धनगढी उपमहानगर कमिटीले सचिवालय सदस्य डिल्लीराज भट्टलाई कारबाही गरेको छ। माओवादीको कोटाबाट सेती प्रादेशिक अस्पताल धनगढीको व्यवस्थापन समिति सदस्य समेत बनेका भट्टलाई माओवादीको नगरकमिटीले पार्टीबाट निकालेको हो। नगर कमिटीको बैठकले उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेको जनाइएको छ। पार्टीको विधि र विधानविपरीत कार्य गरेको भन्दै उनलाई कारबाही गरिएको हो। कारबाही गर्नुअघि भट्टलाई स्पष्टीकरण सोधिएकोमा उनले चित्तबुझ्दो स्पष्टीकरण दिएका थिएनन्।

Read More

काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिकाले ऐलानी जग्गा नापजाँच सुरु गरेको छ। मंगलबारदेखि भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो। नगारपालकिाका अनुसार ४ नम्बर वडाबाट भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बोसवासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु गरिएको छ।

Read More

काठमाडौँ – नेपाल पर्यटन बोर्डले म्यानमारबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालनको लागि पहल थालेको छ । लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले यो पहल गरेको हो । म्यानमार बौद्ध धर्मावलम्बी भएको देश हो । म्यानमारबाट सिधा उडान गर्न सके पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बोर्डको विश्वास छ । यसका लागि बोर्डले मङ्गलवार नेपालका लागि म्यानमारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेसलन एयरलाइन्सका कार्यकारी प्रमुखसहित सरोकारवालासँग काठमाडौंमा उच्चस्तरीय छलफल गरेको जनाइएको छ । छलफलका क्रममा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडान…

Read More

काठमाडौँ– निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७ उम्मेदवारसहित ७४ उम्मेदवारको नामावली प्रकाशन गरी ती उम्मेदवारलाई स्पष्टीकरण सोध्ने निर्णय आयोगले गरेको छ । उम्मेदवारीहरूलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश-जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिइएको छ । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने प्रतिनिधिसभाका सदस्य दुई हजार तीन सय ७३ र प्रदेशसभा सदस्य निर्वाचनका तीन हजार एक सय ८८ उम्मेदवारसहित पाँच हजार पाँच सय ६१…

Read More

काठमाडौँ – काठमाडौँ महानगरको सिंहदरवार भित्रको फोहोर नउठाउने निर्णयविरुद्धको रिटमा आज आज सुनुवाइ हुदैछ । उक्त मुद्दाको न्यायाधीश सुष्मा माथेमाको इजलासमा पेसी तोकिएको छ । महानगरको उक्त निर्णयले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको विपरीत भएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर थिए । रिटमा मङ्गलवार प्रारम्भिक सुनुवाइको लागि पेसी तोकिएको भए पनि ’हेर्न नभ्याइने’ हुँदै स्थगित भएको थियो ।

Read More

काठमाडौँ- क्रिकेटर सन्दिप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा अन्तिम सुनुवाइको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा रहेको छ । सुनुवाइ पेसी सूचीको १ नम्बरमा रहेको छ । यसअघि चैत २६ न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको थियो । न्यायाधीश बरालको इजलासले जाहेरवालाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रको लागि उपस्थित हुन आदेश गरेको थियो । यस अघि जाहेरवालाको परीक्षण गर्ने चिकित्सकको नभई अर्कै चिकित्सकले अदालतमा उपस्थित भई बकपत्र गरेको बताइएको थियो । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी…

Read More

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन् । बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो । प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका सांसदबीच सम्झौता हुने बताए । उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसद्लाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरू उल्लेख हुने बताए । उनले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरूसँग भेट गर्ने कार्यसूची रहेको बताए । राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय टोली वैशाख १२…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशका १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आरटी पीसीआर र एन्टिजेन विधिबाट ४१५ जनाको परीक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु मध्ये १० जना एन्टिजेन र ५ जनामा पीसीआर विधिबाट संक्रमण देखिएको हो । अन्य ३९८ जनाको रिर्पोट भने नेगेटिभ आएको छ । स्वास्थ्य निर्देशनालयकाअनुसार ४ जना संक्रमण मुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको विवरण भने कुनै पनि जिल्लाबाट प्राप्त भएको छैन । केही महिना कोरोना संक्रमणदर शून्यमा रहेको सुदूरपश्चिममा पछिल्लो समय भने संक्रमित देखिन थालेका छन् ।

Read More