Author: Nisha Shrestha

काठमाडौँ – काठमाडौँको ह्याम्स अस्पतालमा एयरनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरका पछाडिको पुच्छरको पङ्खा खुस्किएको छ । हेलिकप्टरको पङ्खा नजिकैको घरको छानामा खसेको हो । तर हेलिकप्टरका पाइलट भने सकुशल रहेका छन् । हेलिकप्टर डाक्टर लिएर बिरामी लिनका लागि भरतपुर जानका लागि विमानस्थलबाट ह्याम्स अस्पतालमा गएको थियो । हेलिकप्टर अहिले अस्पतालको हेलिप्याडमा नै छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कास्की – नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित चार पुरस्कार तथा सम्मानको निर्णय सार्वजनिक गरिएको छ । महासङ्घको शुक्रबार बसेको बैठकले ‘पोखरा पत्रकारिता सम्मान–२०७७’ बाट पत्रकार नवीन सिग्देल र विसं २०७८ को ‘टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको हो । ‘पोखरा पत्रकारिताका सम्मान’को राशि रु ३५ हजार र पत्रकार गुरुङले प्राप्त गर्ने पुरस्कारको राशि रु २० हजार एक सय ११ रहेको छ । यस्तै ‘जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार–२०७८’ पत्रकार गौरव त्रिपाठी र २०७९ पत्रकार दुर्गा रानालाई प्रदान गर्ने निर्णय भएको शाखाका अध्यक्ष विमला भण्डारीले जानकारी दिनुभयो । सो पुरस्कारको राशि रु ११ हजार एक सय ११…

Read More

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आज डिल्लीबजारमा बसेको बैठकले विदेश अध्ययनका लागि आवश्यक अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) प्राप्त गर्न जारी निर्देशिकामार्फत सरकारले कडाइ गरेपछि आपत्ति जनाएको हो । इक्यानका कार्यवाहक अध्यक्ष देवीदास भट्टराईको अध्यक्षतामा बसेको सल्लाहकार तथा पदाधिकारीको बैठकले निर्देशिकामा भएका केही प्रावधान सच्याउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ । निर्देशिकाले विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै जाँदा अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटहीलगायत प्रक्रियामा कडाइ गरेको इक्यानको…

Read More

काठमाडौँ – सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्। शनिबार काठमाडौँमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताएका हुन्। अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरू कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लबले गरेका कामहरूबाट सिक्दै अघि बढ्न आवश्यक रहेको उनले बताए। सभामुख घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागेर देशको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताए। ‘अहिले हामी राजनीतिक ठूलो परिवर्तन गरेर समाजलाई आर्थिक र सामाजिक विकास गरेर…

Read More

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन् । शुक्रबार निर्यात व्यवसायी महासङ्घ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री रिजालले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा चालु आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरूमा सबैभन्दा कमजोर बनेको उल्लेख गरे। उनले निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताए । निर्यात व्यवसायीले देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै मन्त्री रिजालले नेपालका दुवै छिमेकी देश ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको औँल्याए ।…

Read More

बझाङ – काठमान्डौंमा बाइक दुर्घटना हुदा बझाङका २३ वर्षीय युवकको मृत्यु भएको छ । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं. ७ लामागडा घर भएका वर्ष २३ का दिपक रावतको काठमान्डौंमा बाइक दुर्घटनामा परि मृत्यु भएको हो । उनले चलाउदै गरेको सु.प.प्र.०१. ०१० प. २२५५ नम्बरको बाईक विजुलीको पोलमा ठोकीदा मृत्यु भएको विरेन्द्र सिंहले जनाएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको बताएको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा उक्त पेज पुन:सञ्चालनमा आएको हो । ‘भेरिफाइड’ उक्त पेज विगत दुई वर्षदेखि अवरुद्ध रहँदै आएको थियो । सरकारका कामको एकीकृत प्रचार र सूचना संयन्त्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको सचिवालयले सबै सामाजिक सञ्जाललाई सञ्चालनमा ल्याउने योजनाअनुरूप आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको मातहतमा रहेका सबै कार्यालयले फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल प्रयोग गर्ने गरी निर्देशिकाको मस्यौदासमेत तयार गरिसकेको छ । उक्त निर्देशिका मन्त्रिपरिषद् बैठकबाट पारित भएसँगै कार्यान्वयनमा आउनेछ ।…

Read More

धनगढी- होटल व्यवसायी संघ कैलाली, धनगढीको भवन उद्घाटन गरिएको छ। आज(शनिवार) धनगढीमा होटल व्यवसायी संघको नवनिर्मित कार्यालयको भवन उद्घाटन गरिएको हो। करिव ४५ लाखको लगानीमा बनेको उक्त भवन संघका केन्द्रिय अध्यक्ष दिनेशकुमार चेकुले उद्धाटन गरेका हुन्।विभिन्न होटल व्यवसायी तथा संघ, संस्थाहरुको सहयोगमा उक्त भवन निर्माण गरिएको बताइएको छ। भवनका लागि आधा कट्ठा जमिन भने संघका कैलाली अध्यक्ष कलम बमले दान गरेका थिए।

Read More

महोत्तरी- मोटरसाइकल र गाडी एक–आफसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बर्दिबास स्थित पूर्व–पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा गौशाला नगरपालिका वस्ने ३० वर्षिय मनिष कार्की रहेको प्रहरीले जनाएको छ। विपरित दिशावाट आएको प्र.२ ०४–००१ प १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३–००१ ज ०२९७ नम्बरको विङगर गाडी एक–आफसमा ठोकिएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए। विङगर गाडी र सर्लाही हरिवन बस्ने गाडी चालक निरज लामालाइ थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ।

Read More

पाल्पा – अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन् । महिला समूहमा सहभागी भएर भजनमा गाउने कार्य गरिरहेको विष्णुकान्ति भण्डारी बताउछिन् । यहाँ दैनिकजसो चारदेखि आठ जनासम्मको समूहमा भजनमा जुट्ने गरेको उनले बताइन् । ‘भजनमा सामेल हुन थालेपछि शरीरमा फुर्तिलोपन आएको छ, घरको सबै कामकाज सबेरै सकाएर भजनलाई छुट्टै समय दिइरहेको छु, वाद्यवादनको तालमा गाइएको राधेश्याम, राधेकृष्ण भजनले भगवान्को नाममा…

Read More