Author: Nisha Shrestha

काठमाडौँ – ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आजदेखि शुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले एकीकृत कारोबार शुभारम्भ समारोहलाई उद्घाटन गरेका हुन् । दुई बैंक मर्ज गरेपछि ग्लोबल आइएमई बैंक मुलुककै ठूलो बैंक समेत बनेको हो । यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार गर्न लागेको हो। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु १ः१ को स्वाप रेसियोमा मर्ज…

Read More

काठमाडौँ – गैरआवासीय नेपाली संघ एनआरएनए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच, नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवद्र्धनका लागि अन्तरक्रिया भएको छ । मन्त्रालयको सहजीकरणमा एनआरएनए र हस्तकला महासघका प्रतिनिधिहरुबीच छलफल भएको हो । काठमाडौंको सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा तोया नारायण ज्ञवालीले नेपालमा उत्पादन गरिने सामाग्रीको प्रवद्र्धनका लागि गुणस्तर, उत्पादन प्रक्रिया, उत्पादनपूर्वको अध्ययन र वैदशिक बजारको माग लगायतमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि एनआरएनएले विश्वका विभिन्न देशमा नेपालका सामाग्रीको प्रवद्र्धनमा सहजीकरण गरिदिन सक्ने सचिव ज्ञवालीको भनाई थियो । उहाँले भन्नुभयो, ‘नेपालका मौलिक हस्तकलाका सामाग्री एनआरएनले आफू बसेको सम्बन्धित…

Read More

फुङ्लिङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाउनुभयो । चिराइतोबाट मनग्य आम्दानी पनि लिनुभयो । तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसक्नुभयो । राईले सात वर्षअघि एकै याममा ७५ मन(४० केजीको एक मन)सम्म चिराइतो उत्पादन गर्नुहुन्थो । राईले गरेको चिराइतो खेतीबाट प्रभावित भएर सोही गाउँका दावा शेर्पाले पनि अरु खेती गर्न छोडेर चिराइतो खेती गर्न थाल्नुभयो । जङ्गलमा मात्र पाइने घर आगनमै शेर्पाले चिराइतोको बेर्ना उमार्न थाल्नुभयो । बारीका कान्ला र डिलहरु कहिँकतै ठाउँ खाली नराखी चिराइतो बेर्ना लगाउनुभयो । शेर्पाले पनि चिराइतोबाट राम्रो…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । माओवादी दलको बैठक भर्खरै सुरु भएको हो । संसद बैठक बस्नु अघि माओवादीले दलको बैठक बोलाएर छलफल गर्न लागेको हो । मंगलबार विश्वासको मत लिने भएकाले दलको बैठकमा यो विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

Read More

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा सोमबार उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी लिएको हो । दलको बैठकमा सांसदहरूले सभापति लामिछानेलाई सल्लाह समेत दिएका थिए । बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा डा. चन्दा कार्कीको नाम सिफारिस गरिएको सांसद सन्तोष परियारले जानकारी दिए ।

Read More

काठमाडौं – सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी रु तीन अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु ३३ करोड ३२ लाख ५० हजार बराबर रु एक सय दरका ३३ लाख ३२ हजार पाँच सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो । त्यसमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा…

Read More

सप्तरी – स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित सप्तरीबाट दुई जना पक्राउ परेका छन्। बोदेबरसाइन नगरपालिका–५ बरसाइन बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० नरेशकुमार सिंहले जानकारी दिए। पक्राउ पर्नेमा बोदेबर्साइन—९ देउरी बस्ने ३२ वर्षीय रामविलास साह तेली र वडा ७ बस्ने ५० वर्षीय मायानन्द झा छन् । हुन्डी कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा काठमाडौंबाट खटिएको सिआइबीका प्रहरी निरीक्षकको कमान्डको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । सिआइबी र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको टोली उनीहरुले लिएको भाडाको कोठामा पुगेको थियो। प्रहरीले उनीहरूबाट जम्मा ५२ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद गरेको डिएसपी नरेशकुमार…

Read More

पोखरा– कास्कीका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे अब जरिवाना लाग्ने भएको छ । माघ १ देखि सार्वजनिक ठाउँमा धूम्रपान गर्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीलगायत संघ संस्थाहरूले सरकारले जारी गरेको ऐन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो । त्यसैका लागि जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरेको छ । अब माघदेखि सार्वजनिक स्थलमा धूम्रपान सेवन गरेमा १ सय रुपैयाँ जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । त्यसका लागि पुस मसान्तभित्र सबैलाई जानकारी गराउने उनले बताए । कास्की जिल्ला प्रहरी प्रमुख एसपी अजय केसीले नियम कार्यान्वयनका लागि आफूहरू तयार रहेको बताए ।…

Read More

काठमाडौं – प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक ६.८४ अंकले उकालोे लागेको छ । यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ । २१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ५९ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर छ । यता, १३ उपसुचकहरु मध्ये ६ वटा कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा ओरालो लागेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Read More

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार आईतबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्दै १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको हो । यसअघि सुनको मूल्य २०७८ को साउनमा हालसम्मकै उच्च १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । आजको मूल्यले यसअघिको उच्च मूल्यको रेकर्ड तोडेको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ । आईतबार नेपाली बजारमा चाँदी १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

Read More