Author: Nisha Shrestha

काठमाडौँ – नेपालभर चलचित्र प्रदर्शन भएबापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली(ई-टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ। विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरु नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेका थिए। चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क निर्माता तथा वितरकले थाहा पाउँछन्। यो प्रणाली जडान भएको तीन वर्ष पूरा भइसक्दा पनि यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ। बोर्डले २०७९ सालमा प्रदर्शन भएका १३५ मध्ये १३२ चलचित्रको कूल व्यापार सार्वजनिक गरेपछि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ को सार्वजनिक भएको विवरणलाई लिएर निर्माण समूहले आपत्ति जनाएको छ। गत…

Read More

नवलपरासी – नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन्। बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए । अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेती उपयुक्त हुने देखेपछि यसतर्फ आकर्षित भएको मोक्तानले सुनाए । पछिल्लो समयमा नवलपुरलाई कुरिलो खेतीको केन्द्र बनाउने सोचसहित आफू त्यसतर्फ लागि परेको उनले जनाए । “कुरिलोको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काठमाडाँैलगायत शहरी क्षेत्रमा बढी रहेको छ”, उनले भने। उनले आफूले जस्तै अरूलाई…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौँ प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट वञ्चित हुनुपर्ने बताए । उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै वैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए । प्रधानमन्त्री दाहालले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई धान्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत हो ।’ उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको…

Read More

काठमाडौं– दुई महिनादेखि भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गरेका छन् । गत ३ फागुनमा खाना पकाउने ग्यास लिएर भएर भएको आगलागीमा परेर जलेपछि भारतमा उपचार गराइरहेका सांसद भण्डारीले भिडियो सन्देशमार्फत नयाँ वर्षको सबै नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् । सबैको माया सद्भाव, प्रेम र प्रार्थना कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउँदै उनले चाँडै नेपालमै आएर स्वास्थ्य उपचार गर्ने बताएका छन् ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ७२८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका ७२८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका हुन् राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रबल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले आफ्नो अभिलेखबाट नेता मुकुन्द न्यौपानेको नाम हटाउने निर्णय गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले न्यौपानेको नाम अभिलेखबाट हटाउने निर्णय गरेको हो । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका न्यौपानेले गत चैत २५ गते एकीकृत समाजवादी छोडेको घोषणा गरेका थिए। केन्द्रीय सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ।

Read More

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी अमेरिका प्रस्थान गरेका छन् । मन्त्री मोदी न्यूयोर्कमा आयोजना हुने आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन् । यो सत्र वैशाख ०४ गतेबाट सुरु हुने सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ । सत्र २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने जनाएका छन्। घिमिरेले समाज र राजनीतिक दलभित्र व्याप्त बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने जनाएका हुन्। समाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै नेता घिमिरेले ७७ जिल्लामा अभियानका रूपमा पदयात्रा चलाइने जनाएका छन् । अभियानका क्रममा सबै प्रकारका विसंगतिहरुलाई उजागर गरिने उनको भनाइ छ।

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनलाई उल्टाउन ठुलै कसरत भइरहेको बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया लगायत समग्र मुलुकको परिवर्तनलाई उल्टाउन ठुलै कसरत भइरहेको बताएका हुन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न शुक्रबार पेरिसडाँडामा बसिरहेको पार्टीको बैठकमा प्रचण्डले अहिले माओवादीको नेतृत्व सरकार रहेका कारण परिवर्तनहरू उल्टिन नसक्ने जस्तो लागेपनि स्थिति सहज भने नरहेको बताए । उनले समयमा नै जिम्मेवारी बोध नगर्ने र सङ्घर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्ने धारणा राखेका छन् ।

Read More

काठमाडौँ– पूर्वराष्ट्रपति डा रामवरण यादवले नयाँ वर्ष २०८० मा सम्पूर्ण देशवासीमा राष्ट्रिय एकता कायम रहने प्रेरणा मिलोस् भनी कामना गरेका छन् । नयाँ वर्ष २०८० का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले सम्पूर्ण नेपालीको सुख समृद्धिको कामनासमेत गरेका छन् । पूर्वराष्ट्रपति डा यादवले दशकौँको नेपाली नागरिकको ठूलो त्याग, तपस्या र बलिदानीबाट गणतान्त्रिक लोकतन्त्र स्थापना भएकाले यसको स्थायित्व नै सबैको आजको आवश्यकता भएको बताए । सन्देशमा उनले भनेका छन्, ‘लोकतन्त्र सबैभन्दा उत्तम व्यवस्था हो, यसको उपभोग सबै नेपालीले समान रुपमा गर्न पाऊन्, नयाँ वर्षमा परिवार, समाज र राष्ट्रको प्रगति हुन सकोस् ।’ लोकतन्त्र नै सभ्य समाज निर्माणका लागि सबैभन्दा समुन्नत…

Read More