काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले आफ्नो अभिलेखबाट नेता मुकुन्द न्यौपानेको नाम हटाउने निर्णय गरेको छ।
शुक्रबार बसेको सचिवालय बैठकले न्यौपानेको नाम अभिलेखबाट हटाउने निर्णय गरेको हो ।
अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका न्यौपानेले गत चैत २५ गते एकीकृत समाजवादी छोडेको घोषणा गरेका थिए।
केन्द्रीय सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ।
Facebook Comments Box