Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समन्वयमा सबै समस्या समाधान गर्ने गरी काम अघि बढेको बताएका छन्। बैङ्क अफ काठमान्डु र ग्लोबल आइएमई बैङ्कबिच मर्जरपछिको एकीकृत कारोबारको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब डिजिटल र नवप्रवर्द्वनमा सहज गराउने अभियानमा लाग्न आग्रह गरेका छन्। अर्थतन्त्र तत्काल सुधार गर्न पर्ने देखिएकोले सरकार गठन लगत्तै पहिलो निर्णय यसै सम्बन्धी गरिएको उनले बताए। निजी क्षेत्रका चासो र माग सम्बोधन गर्न अर्थ मन्त्रालय र राष्ट्र बैङ्कसँग हालै छलफल गरेको उनले बताए। प्रधानमन्त्रीले मर्जरले ठुला परियोजनामा अब वित्तीय लगानी जुटाउन सहज हुने आशा व्यक्त गरेका छन्। युवालाई रोजगारी र…

Read More

काठमाडौँ – सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न पहल सुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल लिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएका छन् ।

Read More

काठमाडौँ । सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न पहल सुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल लिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएका छन् ।

Read More

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ । ९ पुसदेखि सुरु भएको प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङको चर्चा सुरु भएको थियो । प्रतियोगितामा देखिएका अस्वभाविक नतिजा र केही खेलाडीको अस्वभाविक प्रदर्शनबाट नै फिक्सिङका हल्लाहरू सुरु भएका थिए । गृहमन्त्री रवि लामिछानेले गत मङ्गलवार नेपाल टी-२० लिगमा भइरहेको भनिएको बेटिङ, सम्भावित फिक्सिङ र श्रम स्वीकृति विना विदेशी खेलाडी खेलाएकोबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए । प्रारम्भिक अनुसन्धानअनुसार तीनजना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको पाइएको छ ।…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले तीन प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । सात प्रदेशमध्ये माओवादीले कर्णाली, बाग्मती र सुदूरपश्चिम प्रदेश पाउनुपर्ने दाबी गरेको हो । प्रधानमन्त्री निकट एक नेताका अनुसार कर्णाली प्रदेशबाट माओवादीका राजकुमार शर्मा, बाग्मती प्रदेशबाट सालिकराम जमरकट्टेले र सुदूरपश्चिमबाट खगराज भट्टले दाबी गरेका छन् । यस्तै माओवादीले आलोपालोमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले पाउन सक्ने बताएको छ । यस्तै नेकपा एमालेले प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा पाउने निश्चित भएको छ भने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पनि दाबी गरेको छ । यद्यपि सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा र जनमत पार्टीले…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय सचिवालयको दोस्रो बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय महाराजगन्जमा जारी रहेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने लगायतका अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाएको छ ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा (सुबोध)ले आफ्नो सम्पत्ति विवरण संघीय संसद सचिवालयमा बुझाएका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार आफूले संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएको सांसद सापकोटाले बताए । संसद सचिवालयका अनुसार गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट चुनिएर आएका २७५ प्रतिनिधिसभा सदस्यहरूमध्ये सिन्धुपाल्चोकबाट निर्वाचित सापकोटाले सबैभन्दा पहिले सम्पत्ति विवरण बुझाएका हुन् । सापकोटाले संसद सचिवालयमा बुझाएको विवरण अनुसार उनका बुबा हरिप्रसाद सापकोटाको नाममा सिन्धुपाल्चोकको बलेफीमा १ रोपनी र बुबाकै नाममा सिन्धुपाल्चोककै कुविण्डे र फुल्पिङकट्टीमा ५० रोपनी खेतबारी पैतृक सम्पत्ति छ । श्रीमतीको…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंकिङ तथा वित्तीय संस्थाहरुले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाइ लागू गर्नुपर्ने खाँचो रहेको बताएकी छन्। आइतबार राष्ट्रपति कार्यालयमा भएको बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरु उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न अझै धेरै कामहरु गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले बैंक तथा वित्तिय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयहरुमा विश्वविद्यालयहरु, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरुद्वारा अध्ययन अनुसन्धान गरी नीतिगत सुधारका लागि सम्बन्धित निकायहरुलाई…

Read More

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईवी०ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिनुभयो । उहाँले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गर्नुभएको हो । आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहनुभएकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो । यसअघि गत सोमबार गृहमन्त्री लामिछानेले…

Read More

काठमाडौँ- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने गरी सहमति भएको छ । आइतबार आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष राउत र उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहमति पत्रमा उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको रिहाइ पहलदेखि नागरिकता विधेयक पास गर्न दबाब दिनेसम्मका बुँदा रहेका छन् । साथै, सर्वोच्च अदालतले सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागिता भएका उन्मुक्ति पार्टी र जनमत पार्टीका आस्थाका बन्दीहरूलाई लगाइएको झुट्टा मुद्दा फिर्ता लिन सरकारलाई दबाब दिने लगायत सहमति भएको छ । यस्तै, संघीय संघदेखि प्रदेशसम्मको सरकार गठन…

Read More